झालाई दूरसञ्चारको अध्यक्षमा नियुक्त नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका दिगम्बर झाको नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। झाको नियुक्ति गैरकानुनी भन्दै परेको रिटमाथि सर्वोच्चले सोमबार सो फैसला सुनाएको हो। नियमविपरीत मन्त्रिपरिषद्ले झालाई सिफारिस गरेको भन्दै जिएमका दाबेदार विश्वनाथ गोयल र जगन्ननाथ मिश्रले छुट्टा छुट्टै रिट दायर गरेका थिए।
त्यसको सामूहिक सुनुवाइ गर्दै न्यायधिशद्वय कल्याण श्रेष्ठ र सुशीला कार्कीको संयुक्त इजालशले मन्त्रिपरिषद्को झालाई जिएममा सिफरिस गर्ने निर्णय तत्काल कार्यन्वयन नगर्न सरकारालई आदेश दिएको हो।
Facebook Comment