काठमाडौं, मंसिर ३० (नागरिक)- नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले राष्ट्रपति रामवरण यादव पनि प्रतिगमनकारीतिर उन्मुख हुन थालेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री भट्टराईले भनेजस्तो वैशाखमा चुनाव हुनै नसक्ने भन्दै दलहरुबीच सहमति नहुने दाबी गरे। Continue reading “राष्ट्रपति पनि प्रतिगमनतिर उन्मुख हुँदैछन् : लेखी”
Author: admin
११ बुँदै तत्काल कार्यान्वयन नगरे सुदूरपश्चिम ठप्प पार्ने कमैयाको चेतावनी
काठमाडौं- मुक्त कमैयाले नेपाल सरकारले आफूहरुसँग गरेको ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्ने चेतावनी दिएका छन्। कमैया मुक्तिको घोषणा र पुनःस्थापना सुरुको भएको १२ वर्ष वितिसक्दा पनि मुक्त कमैयाहरुको पुनःस्थापना हुन नसकेको, पूर्जा प्राप्त नभएको, जग्गा चिन्न परिचय पत्र, घर बनाउन अनुदान रकम र काठ पाउन नसकेको भन्दै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लाका मुक्त कमैयाहरुले आन्दोलन गर्ने चेतावनी दिएका हुन्। Continue reading “११ बुँदै तत्काल कार्यान्वयन नगरे सुदूरपश्चिम ठप्प पार्ने कमैयाको चेतावनी”
कलश यात्रा
कञ्चनपुरका सुकुम्बासी
सहमतीय सरकारको नेतृत्व मधेसी दलले पनि गर्नसक्छ : गच्छदार
जनकपुरधाम- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले दुई तीन दिनभित्रै विद्यमान राजनीतिक अवरोधको अन्त्य हुने विश्वास व्यक्त गरेका छन्। रिपोर्टर्स क्लब अफ जनकपुरद्वारा आयोजित कार्यक्रममा उनले सहमतिको सरकार निर्माण गर्न राष्ट्रपतिद्वारा दिइएको चौँथोपटकको समयसीमाभित्रै सहमति जुटाउन सबै दलको अग्रसरतामाथि जोड दिए। Continue reading “सहमतीय सरकारको नेतृत्व मधेसी दलले पनि गर्नसक्छ : गच्छदार”
सशस्त्र प्रहरीद्वारा १२ लाखको सामान बरामद
कञ्चनपुर- सशस्त्र प्रहरीको गस्ती टोलीले आज कञ्चनपुरको त्रिभुवनबस्तीमा रहेको आइबिआरडी बजार क्षेत्रबाट भन्सार छली ल्याइएको रु १२ लाख मूल्य बराबरका सामान बरामद गरेको छ। सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीनवटा ट्र्याक्टरमा ल्याउँदै गरेको २९२ बोरा सिमेन्ट, ४५० बोरा युरिया मल र हार्डवेयरको सामान हिजो बरामद गरेको हो। Continue reading “सशस्त्र प्रहरीद्वारा १२ लाखको सामान बरामद”
अमेरिकामा भएको गोली प्रहारमा २० बालबालिकासहित २७ मारिए
एजेन्सी – एक युवकले अमेरिकाको न्युटाउनस्थित एक स्कुलमा जथाभावी गोली चलाउँदा २० स्कुले केटाकेटीसहित २७ जनाको मृत्यु भएको छ। दुई सेमी अटोमेटिक पेस्तोल चलाएर २६ जनाको ज्यान लिएपछि युवकले आफूलाई पनि गोली ठोकेका थिए। प्रहरीले गोली चलाउने २० वर्षीय एडम लेन्ज रहेको जनाएको छ। उनले स्यान्डी हुक इलिमेन्टरी स्कुलमा गोली चलाएका थिए। दुईवटा कक्षामा गएर अन्धधुन्ध गोली हानेका थिए। Continue reading “अमेरिकामा भएको गोली प्रहारमा २० बालबालिकासहित २७ मारिए”
दाहाल-कोइरालाबीच समझदारी गर्ने सहमति
काठमाडौं- वर्तमान राजनीतिक सङ्कटको निकासका लागि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ। एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा राष्ट्रिय सहमतिको सरकार गठन, निर्वाचनका लागि आवश्यक पर्ने ऐन कानुन, संविधानलगायतका विषयमा एकमुष्ट सहमति जुटाएर अगाडि बढ्ने विषयमा कुराकानी भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले जानकारी दिए। Continue reading “दाहाल-कोइरालाबीच समझदारी गर्ने सहमति”
मण्डपबाटै बेहुला-बेहुलीसहित सात जना पक्राउ
पाँचथर- बालविवाह गरेको अभियोगमा शुक्रबार पाँचथरमा विवाहमण्डवबाटै बेहुलाबेहुली र पुरेतसहित विवाहमा सहभागी सातजनालाई प्रहरीले नियन्त्रणमा लिई धरौटीमा रिहा गरेको छ। पाँचथर लुम्फाबुङ ५ का नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रा घिमिरे र फिदिम– २ निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमलाको विवाहका लागि बेहुला पक्षले बेहुलीको अभिभावको सहमतिबिना जग्गेमा राखेको भन्दै जिल्ला बाल क्लव सञ्जालले सो विवाह रोक्न प्रहरीमा उजुरी दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। Continue reading “मण्डपबाटै बेहुला-बेहुलीसहित सात जना पक्राउ”
दुर्घटनामा एसपीसहित चारको मृत्यु, बर्दिवास शोकमा
जनकपुरधाम- धनुषा जिल्लाको नकटाझिंझमा गएराति भएको सवारी दुर्घटनामा चारजना सुरक्षाकर्मीको मृत्यु भएको छ। सशस्त्र प्रहरी बर्दिवासको बा.१झ ५९८७ नं को भ्यान र ना.२ख ५९४० नंको श्रीराम उच्च मावि जनकपुरको शैक्षिक भ्रमणमाको बस एक अपासमा जुद्धा सो दुर्घटना भएको हो। Continue reading “दुर्घटनामा एसपीसहित चारको मृत्यु, बर्दिवास शोकमा”

