पत्‍नीको हत्या गरी फरार

भ्रद्रपुर- झापाको सतासीधाम गाविस–१ बस्ने मानबहादुर नेपालीले गतराति आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेका छन्। मानबहादुरकी पत्नी ५५ वर्षीया सुकलक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पारिवारिक विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरीले भनाइ छ। पति मानबहादुर फरार भएका र उनको खोजी भइरहेको छ। Continue reading “पत्‍नीको हत्या गरी फरार”

भट्टराई पक्षधरका ३ सय मजदुर वैद्य माओवादीमा प्रवेश

काठमाडौं- एकीकृत नेकपा (माओवादी) आबद्ध तीन सयभन्दा बढी मजदुरले सो सङ्गठन परित्याग गरी नेकपा–माओवादी सम्बद्ध मजदुर सङ्गठनमा प्रवेश गरेका छन्। माओवादी सचिव नेत्रविक्रम चन्दले ललितपुरको कुपण्डोलमा आज एक कार्यक्रमबीच ती मजदुरहरुलाई टीका लगाई अखिल नेपाल क्रान्तिकारी टे्रड युनियन महासङ्घमा प्रवेश गराए।  Continue reading “भट्टराई पक्षधरका ३ सय मजदुर वैद्य माओवादीमा प्रवेश”

विश्वकै सबभन्दा ठूलो विवाह जनकपुरमा

वीरेन्द्र कर्ण, जनकपुरधाम- मिथिला परम्परा र संस्कारअनुसार राम–सीताको विवाहोत्सवको रुपमा मनाइने विवाहपञ्चमी विश्वकै सबभन्दा ठूलो विवाहका रुपमा रहेको छ। करिब नौं लाख वर्ष पूर्व त्रेतायुगको मार्गशीर्ष शुक्ल पञ्चमी तिथिमा भगवान श्री राम–सीताको विवाह सम्पन्न भएको थियो। सोही विवाहलाई जीवन्तता दिन मिथिलावासीद्वारा प्रत्येक वर्ष विवाह पञ्चमी मनाइने गरिन्छ। Continue reading “विश्वकै सबभन्दा ठूलो विवाह जनकपुरमा”

भोलिसम्म राजनीतिक सहमति जुट्ने : दाहाल

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दलहरूबीच छिट्टै राजनीतिक सहमति हुने बताएका छन्। राष्ट्रपति रामवरण यादवसँग आज बिहान राष्ट्र्रपति भवन शीतल निवासमा भएको छलफलपछि अध्यक्ष दाहालले सोमबार बेलुकासम्म राजनीतिक सहमति जुट्ने बताए।  Continue reading “भोलिसम्म राजनीतिक सहमति जुट्ने : दाहाल”

कञ्चनपुरका प्राकृतिक तालहरू पुरिँदै

कञ्चनपुर- संरक्षण र संवर्द्धनको पर्खाइमा रहेका कञ्चनपुरका दर्जनौँ प्राकृतिक तालहरू पुरिँदै जान थालेका छन्। जलकुम्भी, वेसरम, नरकटलगायतका वनस्पति र माटोका कारण तालहरूको प्राकृतिक सौन्दर्य गुम्दै जान थालेको हो। शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्रका ताराताल, बाउन्नेताल, सलगौडी ताल, सिकारी ताल, रानीताललगायतको जलस्तर प्रतिवर्ष घट्दै जान थालेकाले आरक्षका संरक्षित जनावरलाई पानी पिउन समस्या परेको छ। Continue reading “कञ्चनपुरका प्राकृतिक तालहरू पुरिँदै”

हात्तीको आक्राणबाट चितवनमा एक दम्पत्ति ठहरै

रत्ननगर- दक्षिण चितवनको माडीमा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक दम्पतीको ज्यान गएको छ। आफ्नै घरमा सुतिरहेका बेला माडीको गर्दी गाविस ९ द्रोपदी नगरका ६५ वर्षीय वुद्धिराम बोट र उनकी ५५ वर्षीया श्रीमती जरिया बोटको हात्तीको आक्रमणबाट ज्यान गएको माडी प्रहरीले जानकारी दिएको छ।  Continue reading “हात्तीको आक्राणबाट चितवनमा एक दम्पत्ति ठहरै”

राष्ट्रपति-गच्छदारबीच के कुरा भयो?

काठमाडौं- राष्ट्रपति रामवरण यादवसँग संयुक्त मधेसी मोर्चाका संयोजक एवं उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आज बिहान राष्ट्रपति भवन सितल निवासमा वर्तमान राजनीति गतिरोधको निकासबारे भेटवार्ता गरेका छन्। सो अवसरमा राष्ट्रपतिले मधेसी मोर्चाको तर्फबाट राष्ट्रिय सहमतिको सरकार निर्माणमा सहयोग गर्न आफूलाई आग्रह गर्नुभएको भेटपछि संयोजक गच्छदारले राससलाई बताए। Continue reading “राष्ट्रपति-गच्छदारबीच के कुरा भयो?”

दम्पत्तीले गरे आत्महत्या

भक्तपुर- भक्तपुरको दुवाकोट गाविस-१ तल्लो हाइटमा बोल्न नसक्ने एक बहिरा दम्पत्तीले आज आत्महत्या गरेका छन्। दुवाकोटकी सरिता कार्कीको घरमा भाडामा बस्दै आएका दोलखा लाँकुरीडाँडा-४ का २६ वर्षीय सुवास केसी र उनकी स्वास्नी काभ्रे देवभूमि बालुवा-२ की २६ वर्षीया रमा केसीको आज अपराह्‍न कोठामा शव भटिएको हो। Continue reading “दम्पत्तीले गरे आत्महत्या”