सशस्त्र प्रहरीद्वारा १२ लाखको सामान बरामद
कञ्चनपुर- सशस्त्र प्रहरीको गस्ती टोलीले आज कञ्चनपुरको त्रिभुवनबस्तीमा रहेको आइबिआरडी बजार क्षेत्रबाट भन्सार छली ल्याइएको रु १२ लाख मूल्य बराबरका सामान बरामद गरेको छ। सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीनवटा ट्र्याक्टरमा ल्याउँदै गरेको २९२ बोरा सिमेन्ट, ४५० बोरा युरिया मल र हार्डवेयरको सामान हिजो बरामद गरेको हो। भन्सार छलेर निकटवर्ती भारतीय बजारबाट ल्याउँदै गरेका बेला सशस्त्र प्रहरीले अवैध सामान बरामद गरेको जनाएको छ। बरामद सामानसहित ट्र्याक्टरलाई सशस्त्र प्रहरीले राजस्व अनुसन्धान अस्थायी चेकपोष्ट अत्तरियामा बुझाएको छ। रासस
Facebook Comment