प्रचण्डलाई थप्पड हान्ने कुवँर कारागा चलान
काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाललाई हात छोड्ने पदम कुवँरलाई आज कारागार चलान गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा रु २८ हजार धरौटी माग गरिएकोमा निज कुवँरले उक्त रकम बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको हो।
एमाओवादीद्वारा यही मङ्सिर १ गते भृकुटीमण्डपमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष दाहाललाई हात छोडेपछि उनलाई सार्वजनिक अपराध गरेको कसुरमा पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको थियो। रासस
Facebook Comment