सिरहाका वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार
सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित गरेर केहीबेर अगाडि गोली प्रहार भएको छ। यादवलाई लक्षित गरेर चार गोली प्रहार भएको हो।प्रहरीका अनुसार, गोली प्रहार भए पनि रामपुरविर्ता गाविस–२ घर भएका वाइसिएल सहइन्चार्ज यादव बाँच्न सफल भएका छन्। गोली प्रहार गरेका रामनगर मिर्चैया–५ का १८ वर्षीय कैलास ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका ठाकुरको साथबाट एक थान कटुवा पेस्तोल, सोमा लाग्ने दुई थान गोली, एक थान नाइन एमएम ब्रोनिङ पेस्तोल र सोमा लाग्ने गोली दुई थान पनि बरामद भएको इप्रका मिर्चैयाका प्रहरी निरीक्षक राजकुमार कार्कीले बताउनुभयो। रासस
Facebook Comment