वीरगन्ज- दसैँको उल्लास सुरु भएसँगै मध्य तराईका बारा, पर्सा रौतहटका ग्रामीण क्षेत्रमा झिझिया नृत्यको रौनक छाउन थालेको छ। यस क्षेत्रको ग्रामीण भेगमा प्वाल पारिएका माटाका रङ्गीन घैला शिरमा सजाएका महिलाका नृत्यरत झुण्ड देखिन थालेको छ। Continue reading “तराईका गाउँमा झिझिया रौनक”
Author: admin
काठमाडौं-तराई द्रूत मार्गसहित राष्ट्रिय गौरवका आयोजनाका काम सन्तोषजनक
काठमाडौं- राजनीतिक सङ्क्रमण गहिरिँदै गएपनि आर्थिक वर्ष २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका विभिन्न १७ वटा आयोजनाको प्रगति सन्तोषजनकरुपमा अगाडि बढिरहेको जनाएको छ। Continue reading “काठमाडौं-तराई द्रूत मार्गसहित राष्ट्रिय गौरवका आयोजनाका काम सन्तोषजनक”
एमाले नेता ओली अमेरिकाको अस्पतालमा भर्ना
एमाले नेता केपी ओली बिरामी भएर अमेरिकाको न्युयोर्कस्थित नर्थ शोर अस्पतालमा भर्ना भएका छन्। एक्कासी उच्च ज्वरोले पीडित भएपछि उनलाई अस्पतालको इमर्जेन्सीमा भर्ना गरिएको थियो। उनको शरीरमा हेमोग्लोबिनको कमि भएको चिकित्सकहरुले जनाएका छन्। Continue reading “एमाले नेता ओली अमेरिकाको अस्पतालमा भर्ना”
अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)
एजेन्सी- भारत भ्रमणमा रहेकी अस्ट्रेलियाली प्रधानमन्त्री जुलिया गिलार्ड नयाँ दिल्लीको राजघाटस्थित गान्धी मेमोरियलबाट फर्कने क्रममा चिप्लिएर लड्न पुगेकी छिन्। स्कर्ट र हिल जुत्ता लगाएर भिजेको घाँसमा हिँडिरहेकी जुलिया चिप्लिएर अकस्मात् लडेपछि सँगै रहेका पुरुषले उठाउनुपरेको थियो। उनी हातले टेक्ने गरी भूँइमा लडेकी थिइन्। Continue reading “अस्ट्रेलियाकी प्रधानमन्त्री भारतमा चिप्लिइन् (भिडियोसहित)”
Samad- 45 episode
सैफ-करिना विवाह बन्धनमा बाँधिए (फोटो फिचर)
एजेन्सी- बलिउड कलाकार जोडी सैफ अलि खान र करिना कपुर वैवाहिक बन्धनमा बाँधिएका छन्। आजै दुईको विवाह दर्ता भएको छ। सैफको बान्द्रास्थित अपार्टमेन्टमा विवाह दर्ता भएको म्यारिज रजिस्ट्रार सुरेखा रमेशले भारतीय समाचार एजेन्सी पिटिआईलाई बताए। विवाह दर्ताका लागि चाहिने तीन साक्षीमा करिनाका पिता रणधिर कपुर, उनकी आमा बबिता र सैफकी आमा शर्मिला बसेकी छन्। Continue reading “सैफ-करिना विवाह बन्धनमा बाँधिए (फोटो फिचर)”
मिथिलाञ्चलमा झिझिया नृत्यको रमझम
जनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन गरिन्छ। लोक विश्वास र व्यवहारबाट उत्प्रेरित भएर गाउँका ठूलाबडा र धामी–झाँक्रीहरूको विचार र मन्थनबाट बोक्सीको जादु–टुनाको प्रतिकार स्वरूप यो नृत्य विकसित गरिएको बताइन्छ। Continue reading “मिथिलाञ्चलमा झिझिया नृत्यको रमझम”
राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार प्रमलाई छैन : पौडेल
स्याङ्जा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सङ्कटका बेलामा अभिभावकीय भूमिकामा रहेका राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नभएको बताएका छन्। Continue reading “राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार प्रमलाई छैन : पौडेल”
खसीबोकाको बिक्री सुरु
काठमाडौं- नेपाल खाद्य संस्थानले दसैँको लागि आजदेखि खसीबोकाको बिक्री वितरण सुरु गरेको छ। संस्थानले थापाथलीस्थित अञ्चल कार्यालयबाट सर्वसाधारणलाई खसीबोका बिक्री वितरण सुरु गरेको हो। Continue reading “खसीबोकाको बिक्री सुरु”
नेपाल प्रहरी फेसबुकमा
काठमाडौं- नेपाल प्रहरीले आपराधिक गतिविधि नियन्त्रण गर्न तथा सर्वसाधारणलाई प्रहरीप्रतिको गुनासोबारे जानकारी दिन लिन सामाजिक सञ्जाल फेसबुक सञ्चालन गरेको छ। सन्ताउन्नौं प्रहरी दिवसमा पारेर नेपाल प्रहरीले आजदेखि फेसबुक सञ्चालन गरेको हो। Continue reading “नेपाल प्रहरी फेसबुकमा”