विजेता क्रिकेट खेलाडीलाई नगरपरिक्रमा (फोटो फिचर र भिडियोसहित)

काठमाडौं- युएईमा भएको एसीसी एलिटकप ट्रफीको उपाधि जितेर स्वदेश फर्किएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले सम्मान स्वरूप सोमबार नगर परिक्रमा गराएको छ। काठमाडौंको नक्सालमा रहेको होटल क्राउन प्लाजाबाट जय नेपाल हल, नारायणहिटी, रत्नपार्क, बागबजार, पुतलीसडक, भृकुटी मण्डप, भद्रकाली, शहिदगेट हुँदै त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदमा पुगेर समापन भएको थियो।

Continue reading “विजेता क्रिकेट खेलाडीलाई नगरपरिक्रमा (फोटो फिचर र भिडियोसहित)”

खेलाडीलाई नगरपरिक्रमा

एसीसी इलाइट ट्रफीको संयुक्त विजेता बनेर

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एसीसी इलाइट ट्रफीको संयुक्त विजेता बनेर आएका नेपाली क्रिकेट टोलीलाई सोमबार नगर परिक्रम गराइँदै।

काठमाडौँको सतुङ्गलस्थित सिजी इलेक्ट्रोनिक्समा लागेको आगो निभाउने प्रयास गरिँदै। तस्बिरः बिचेन्द्र प्रधान

नमूना थारू ग्राम

सन्तोष दहित- घोराही नगरपालिकादेखि ६ किलोमिटर पश्चिम दक्षिण सौडियार गाविस –९ सिसहनियामा ठूलो बस्ती छ। दुई सय भन्दा धेरै घरधुरी रहेको सिसहनिया गाँउमा दुईचार घर बाहेक सबै थारू समुदायको बसोबास छ। त्यही गाँउको दक्षिणतिर खोलाछेउमा नमुना थारू ग्राम छ। परम्परागत शैलीमा पाँच वटा ‘बाँरा’ घर निर्माण गरिएको छ। घरको उत्तरतिर दुईवटा पोखरी छन्। जसमा माछा पालन गरिएको छ। Continue reading “नमूना थारू ग्राम”

थारू इतिहासको उत्खनन

सागर गैरे- थारूहरूको बसोबास तराई र भित्री मधेशमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अविच्छिन्न कायम छ। भारतको उत्तर प्रदेशका केहि भू–भागलाई अपवाद मानिदिने हो भने यिनीहरूले न नेपाल भारत सीमाको दश गजा नाघेका छन्, न चुरे उक्लिएरै पहाडी क्षेत्रमा बसोबास गरेका छन्। प्राचिनकालदेखि वर्तमानसम्म तराईको सबैभन्दा पुरानो बासिन्दा मात्रै नभएर ठूलो झुण्ड भएको जाति पनि हो। Continue reading “थारू इतिहासको उत्खनन”

भारतीय नोटको कालोबजारी तीव्र

प्रभाषचन्द्र झा, भद्रपुर- नेपालीहरूको महान पर्व दसैँ नजकिँदै गइरहेको बेला भारतीय नोटको कालोबजारी अत्यधिक बढेको छ। सीमावर्ती जिल्ला भएका कारण अधिकांश झापाली भारतीय बजार गलगलिया, पानीट्याङ्की, नक्सलबारी र सिलिगुडीको बजारमा किनमेल गर्न जाने गरेकाले भारतीय नोटको माग अत्यधिक बढेको हो। Continue reading “भारतीय नोटको कालोबजारी तीव्र”

दसैँमा सातामा १८ घन्टामात्रै लोडसेडिङ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले नेपालीहरुको महान चाड बडादसैँको अवधिभर विद्युत कटौतीको समय घटाउने निर्णय गरेको छ। बडादसैँलाई ध्यानमा राखेर आगामी कात्तिक ५ देखि १३ गतेसम्म लोडसेडिङको समय घटाउने निर्णय गरेको प्राधिकरणका कार्यकारी निर्देशक अष्टरत्न शाक्यले जानकारी दिए। Continue reading “दसैँमा सातामा १८ घन्टामात्रै लोडसेडिङ”

मुसहर वस्तीमा बास बसेका प्रधानमन्त्रीले घोंघी खाए

प्रधानमन्त्रीका लागि खाना तयारी गर्दै मुसहर महिला। तस्बिर : सन्तोष सिंह/नागरिक

वीरेन्द्र कर्ण- फुलकहा- शनिबार साँझ महोत्तरी जिल्लाको फुलकहा गाविस–६ मनहरवाको मुसहर वस्तीमा प्रधानमन्त्री डा बाबुराम भट्टराई पुग्दा ६३ वर्षीय विसुनी सदा मुसहरलाई भ्याइनभ्याइ भएको थियो। रुखोसुखो जीवनयापन गर्दै आएका विसुनीले प्रधानमन्त्री भट्टराईको आतिथ्य सत्कार गर्न गाउँकै साहुबाट व्याजमा रु छ हजार ऋण लिएर विशेष प्रकारको खाना बनाएका थिए। Continue reading “मुसहर वस्तीमा बास बसेका प्रधानमन्त्रीले घोंघी खाए”

प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन गच्छदारको आग्रह

काठमाडौं- उपप्रधानमन्त्री विजयकुमार गच्छदार ले आर्थिक अनुशासन विपरीतका क्रियाकलाप, गैरव्यावसायिक चरित्र, आपराधिक सञ्जालसँगको हिमचिमलगायत अन्य अनैतिक व्यावहारिक विरुद्ध गृह मन्त्रालयले शून्य सहनशीलताको नीति अख्तियार गरिरहेको बताएका छन् । Continue reading “प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन गच्छदारको आग्रह”