थारूको दसैं, जहाँ मादल बजाएर देउता जगाइन्छ

शत्रुघन चौधरी/अन्नपूर्णपोस्ट्

थारू समुदायको पृथक भाषा, संस्कृति र चालचलन रहेको छ। थारूहरूले आफ्ना चाडपर्वहरू पनि पृथक तरिकाले मनाउने गर्छन्। दसैं अर्थात् डश्यामा गरिने विधि प्रक्रियाले पनि थारूहरूको संस्कृतिमा कति मौलिकता छन् भन्ने प्रस्ट हुन्छ।

दसैंको आगमनसँगै थारु गाउँमा लिपपोत, सरसफाइ गरिन्छ। घर पोत्नकै लागि धौरा वा किचली माटो ल्याइन्छ। घर पोतेर टलक्क टल्काइन्छ। वनबाट दाउरा ल्याउनु, पात टिप्नु, डुना टपरी गाँस्नु, धान कुटाउनु, चामलको पिठो पिसाउनु सामान्य कुरा भइहाले, विशेषतः देउतालाई चढाउनका लागि घर–घरमा रक्सी बनाइन्छ। घरको मूल देउताका लागि तौला अर्थात् एकपाने रक्सी अनिवार्य चाहिन्छ।

अन्य समुदायमा घटस्थापनकै दिन जमरा राख्ने चलन भए पनि थारूहरूले त्यसको भोलिपल्ट अर्थात् असोज महिनाको शुक्लपक्षमा दुतियाको दिन नुहाई धुवाई गरेर जमरा राख्छन्। जमरा राख्दा डेहुरार (थारूहरूको मूल देवता रहेको स्थान)मा मौलिक तरिकाले पूजापाठ गरी जमरा राखिन्छ। थारूहरूले मकैको जमरा राख्ने चलन छ। त्यस्तै दसैंमा पूजाका लागि पहेँलो जमरा र बेबरी (बाबरी)को आवश्यकता पर्छ। हरेक घरको आँगनमा बेबरी अनिवार्य रोपिएको हुन्छ। दसैंको पूजामा थारू समुदायमा मात्र बेबरीको प्रयोग हुँदै आएको देखिन्छ।

पञ्चमीको दिन दहित थरका थारूहरू श्राद्ध दिने गर्छन्। श्राद्धका लागि दहितहरूलाई गाउँलेहरूको करेसाबारीबाट तरकारी चोरी ल्याउने प्रचलन छ। यसलाई एउटा परम्पराको रूपमा लिएकाले गाउँलेहरू त्यो दिन तरकारी चोरी गर्ने कार्यलाई सामान्यरूपमा लिने गर्छन्।

थारू समुदायमा देउतालाई चढाउनका लागि वानधुप बनाउने गरिन्छ। वानधुप विशेष प्रकारको धुप हो। धानले जिब्रोमा कोरेर निकालेको रगत र त्यसमा धानको फुला साथै सातवटा वस्तुको समिश्रण गरेर बनाइएको विशेष प्रकारको पूजा सामग्री हो। सप्तमीको दिन दसैंमा पकाउने विशेष प्रकारको ढिक्रीका लागि ढकिया सरसफाइ गरिन्छ, यसलाई पैनस टोपी धुने भनिन्छ। पैनस टोपी धुने दिन अन्य सामग्रीहरू पनि सरसफाइ गरिन्छ।

ढिक्रहवा
अष्टमीको दिनलाई थारूहरूले ढिक्रहवा भन्ने गर्छन्। यो दिन दिउँसो गुरुवालाई वरैनहरू भुखौरी खुवाउने प्रचलन छ। गुरुवाबाट सेवा लिएवापत सम्मानस्वरुप गाउँलेहरूले फलफूल, अम्बा, केरा, उखुँ र एक बोटल रक्सी र दक्षिणा स्वरुप पैसा दिएर भुखौरी खुवाउने गरिन्छ। उक्त दिन बेलुकी विशेष पूजा हुन्छ। घरमुली वा जेठो छोराबाट पूजा गर्ने प्रचलन छ। पूजामा महिला–पुरुषको समान सहभागिता रहने गर्छ। पुरुषलाई पुजेरुवा र महिलालाई पुजिहिन्या भनिन्छ। यो दिन दुवै जना ब्रत बसेका हुन्छन्।

डेहुरारको मुख्य देउतासहित घरका विभिन्न देउताको स्थानमा बत्ती बाली गोलो आकारको ढिक्री, जमरा, बेबरी, रक्सी (तौला र बजारी) र पानी चढाएर पूजा गरिन्छ। पूजामा दहितको घरबाट ल्याइएको वानधुप चढाउँछन्। यसरी पूजा गर्दा घरमा बैबर्कट आउने, रोगव्याधी नाश हुने, घरमा कुनै दुःखकष्ट नहुने विश्वास रहँदै आएको छ।

पूजा गर्ने बेला मादल अनिवार्य बजाउनुपर्छ। मादलको विशेष ताल त्रासन ठोक्ने गरिन्छ। त्रासनको ताल (झवाङ्ग झवाङ्गनक झवाङ्ग झवाङ्गनक) मा बजाउने गरिन्छ। यो तालले एक किसिमको झन्झनाहट उत्पन्न हुने गर्छ। यसरी त्रासन ठोकेर देउता जगाउने काम गरिन्छ।

भेँडाको प्रतीकको रूपमा डेहुरार पूजाकोठामा चार वटा खुट्टा बनाएर कुभिन्डो राखिएको हुन्छ। यो दिन विशेष गरेर थारूहरूको देउता अखरिया, खेख्रीमैयाँ, धमराज, धुरखम्बा, मैसासुर, कोल्हुमसानको पूजा गरिन्छ। थारूहरूको थरअनुसार अन्य नामले पनि पुजिन्छ।

उक्त दिन रातभरि देउता जगाउने गरिन्छ, जसलाई डिया जगैना भनिन्छ। परम्परागत सख्या नाच, झुमरा नाच, लाठी नाचमा रम्ने गरिन्छ। पूजा गरेर बर्की मार गीत पनि गाइन्छ। त्यसरात गाउँमा सबैभन्दा बढी रौनकता छाउँछ। गाउँभरि विभिन्न समूहमा परम्परागत नाच नाचिन्छ। बर्दिवाको बगाल, घसकटुवाको बगाल, गरढुरिया बगाल, त्यस्तै झलारी बगालको झुमरा नाच, महिलाहरूको संख्या नाच, युवाहरूको लाठी नाचले गाउँ नै गुन्जायमान हुन्छ। सबै समूह घरघर गएर नाच गर्छन्। रातभरि नाचेपछि विहान सबेरै सबै समूह गाउँको चौराहामा भेला हुन्छन्। घरबाट देउतालाई चढाइएको रक्सी करैमा बोकेर ल्याउँछन्। अनि, सबैले प्रसादको रूपमा खान्छन्। यसलाई भेरुवाक डारु पनि भनिन्छ।

पित्रहवा
नवमीको दिन एक बिहानै पुजेरुवा हसिया र लोटा लिएर नदी तथा जलासयमा नुहाउन जान्छन्। नुहाइधुवाई गरी खेतमा गएर चुर्कीको बढ्नी अर्थात् काँसको कुचो काटेर ल्याउँन्। हरेक वर्ष पूजाकोठामा नयाँ बढनी फेर्ने प्रचलन हुन्छ। अघिल्लो दिनजस्तै पुजिहिन्याद्वारा घरमा सबै देउताको स्थानमा बत्ती बाल्ने र पूजाको सामग्री तयार गर्ने काम गरिन्छ। पुजेरुवा परम्परागत विधिअनुसार अघिल्लो दिनजस्तै डौना बेबरी फूल, जमरा, धुप, अक्षता चढाइ अगरबत्ती बाली पूजापाठ गर्छन्। उक्त दिन पूजा गर्दा मादल बजाइँदैन। यस दिन अघिल्लो दिन तयार गरिएको कुभिन्डो काटेर देउतालाई चढाइन्छ। कुनै ठाउँमा ल्वांग पनि चढाउने प्रचलन छ।

देउताअनुसार भाले, बंगुरको पाठा काट्ने प्रचलन पनि छ। पूजा गरेर सेतो टीका लगाउने प्रचलन छ। दसैंमा थारुहरू पितृ पूजा पनि गर्ने गर्छन्। नवमीको दिनलाई पित्रहवा पनि भनिन्छ। पूजा सकेपछि दिउँसो प्रत्येक घरबाट पूजा गरेको सामग्रीहरू ढकियामा उठाएर पुजिहन्यिाहरू मौलिक पहिरनमा सजिएर लाम लागेर टाउकोमा ढकिया र ढकियामा पित्तर राखी नजिकको खोलामा पित्तर सेलाउन जान्छन्, जसलाई पित्तर अस्रइना भनिन्छ। पित्तर अस्राइसकेपछि नुहाइ धुवाई गरी महिलाहरू घरतिर फर्किन्छन्। यसरी महिलाहरू घर फर्किँदा हार्षोल्लासका साथ नाचगान गरिन्छ।

टीका
दशमीको दिन गाउँमा साझा टीका लगाउने प्रचलन छ। यसलाई राज टीका पनि भनिन्छ। गाउँको महटाँवा ककन्डार, वरघरको घरमा वा भुँइहार थानमा पहिले टीका लगाइन्छ। गाउँलेहरू एक ठाँउमा जम्मा भई अगुवा मान्यजनको हातबाट टीका लगाउने प्रचलन छ। टीकामा सेतो टीका जमरा, डौना, बेबरीसमेत हुने गर्छ। साँझ टीका लगाइसकेपछि घरघरमा आ–आफ्नो मान्यजनको हातबाट टीका र आशिर्वाद लिने गरिन्छ। टीकाको दिन बरैनहरू एक बोटल रक्सी, जमरा, बेबरी लिई गुरुवाको घरमा टीका लगाउन जाने चलन छ। गुरुवालाई पनि थारू समुदायले सम्मानित स्थान दिएको हुन्छ।

गुरुवाको घरमा गएर बरैनहरू गुरुवाको हातबाट टीका थाप्ने र आशिष लिन्छन्। यहाँ पनि अक्सर सेतो टीका नै लगाइन्छ। सेतो टीका शान्तिको प्रतीक मानिन्छ। सेतो टीकाले सबैतिर शान्तिको कामना गरिएको बुझिन्छ। थारूहरूमा सेतो टीका लगाउने प्रचलन रहे पनि पछिल्लो समय रातो टीका लगाउन थालिएको छ।

टीका लगाइसकेपछि बेलुकी महटाँवा, बरघरको घरमा सख्या नाच नाचिन्छ। थारू युवा युवती (ठँरिया, बठिनिया) मिलेर सामूहिकरूपमा नाचिने नाच उक्त दिन विशेष हुन्छ। उसो त दसैंभरि नै विशेष हुन्छ। त्यसदिन युवतीहरू मौलिक पहिरन, लहँगा, कुरथाँ, चोलिया, गोन्या, गरगहनासहित नव दुलहीजस्तै सिंगारिएर नाच गर्न आएका हुन्छन्। त्यस्तै युवाहरू मादल बजाउँछन्, उनीहरू पनि मौलिक भेषभुषामा सजिएका हुन्छन्।

पुरुषहरू कुर्ता, धोती, सर्त, अगुच्छा, लगाएर घाँटीमा डौना बेबरीको माला लगाएर सिंगारिएको मादलसहित उपस्थित हुन्छन्। महटाँवाको आँगनमा रौनक छाउँछ। अघि–अघि मन्डरिया पछि–पछि नचनियाहरूको लाम हुन्छ। यसमा आवश्यकताअनुसार दुई लाइन, चार लाइन गरी नाच्ने गरिन्छ। लाइनमा पैयाँ लाग्ने र पछि घेरा बनाएर नाच्ने र सख्या गीत गाउने प्रचलन छ। सख्या गीत गाउन एक जना मोरह्निया हुन्छन्, जसले गीत उठाउँछिन र अरु पछि–पछि गाउँछन्, नृत्य पनि गर्छन्। मादलको तालमा जिउ डाल चलाउने, मन्जिरा बजाउने कलात्मक शैली अत्यन्त मनमोहक देखिन्छ।

अन्त्यमा
परम्परागत दसैंमा आदिवासी ज्ञान, संस्कार संस्कृतिका विभिन्न कुराहरू जोडिएका छन्। यसले आदिवासी थारूहरूको संस्कृतिको जगेर्ना गर्न र पुस्तान्तरण गर्न सघाउ पुर्‍याउँछ। समय परिवर्तनसँगै अहिले थारू समुदाय पनि आधुनिकीकरण, सामेलीकरणसँग अछुतो छैन। विश्व भुमण्डलीकरण, आधुनिकीकरणको प्रभाव थारू समुदायमा पनि पर्दै गएको छ। जसका कारण पुराना मौलिक संस्कृति विस्तारै लोप हुँदै गएका छन्। आजकल थारू समुदायमा यी सबै विधि प्रक्रिया निकै कम देख्न पाइन्छ।

थारूको दसैं, जहाँ बकुल्लाको वाहन बनाइ पितृहरू स्वर्ग जाने मान्यता छ

लखन चौधरी/रातोपाटी

हिन्दुधर्मलम्वीहरुको घर आँगनमा यतिबेला दसैँको उल्लास छ । उही तिथिमा पश्चिम नेपालका थारु समुदाय आफ्नै मौलिक विधि, प्रक्रिया र संस्कार अनुसार ‘डसिया’को उल्लास छ । थारु संस्कृतिका जानकार छविलाल चौधरी ‘कोपिला’ भन्छन्–‘दसैँ र डसिया पर्व लगभग उही तिथि, उही मितिमा पर्ने हुनाले एउटै लाग्नु स्वभाविक हो । तर सामाजिक मूल्य मान्यता, विधि प्रक्रिया र यससँग जोडिएको मिथक हेर्दा भिन्न, भिन्नै रहेको छ ।’

आम हिन्दु धर्मावलम्बीहरुले देवता र दानवहरु बीचको लडाईमा देवताहरुले विजय प्राप्त गरेको हुनाले बिजय उल्लासको साथ मान्यजनहरुबाट रातो टीका लगाउने र दुर्गा भवानीको पूजा गरी मनाउँछन् । तर उही तिथिमा थारु समुदायले आफ्नो पूर्खाहरुको दिवंगत आत्मले शान्ति पाओस् भनी पूर्खाहरुको सम्झनामा डसिया मनाउने प्रचलन रहँदै आएको कोपिला बताउँछन् ।

थारु समुदायमा असोज महिनाको औंसीको दोस्रो दिन डुटिया (चन्द्रमा) हेरेर तेस्रो दिन जमरा राखी डसियाको शुभारम्भ भएको छ । जमरा कोरा मल्सी (प्रयोग न गरिएइको माटोको भाँडा)मा राख्ने प्रचलन छ । मल्सी नभए डेहुरारको पाटा (पूजा कोठा) माथि भुईमा पनि राख्ने चलन छ । यो समुदायले आफ्नो कुलदेवतालाई डसियामा जमरा र बाबरी मात्रै चढाउँछन् । फूल चढाउने प्रचलन छैन । उसो त थारू समुदायमा कुनै पनि पूजामा फूल चढाउने प्रचलन नै नभएको पनि कोपिलाको भनाइ छ । जुन संस्कार नै थारू जातिको मौलिक विशेषता भएको उनी अगाडि थप्छन् ।

‘थारु समुदायमा देउता नुहाउने काम तथा मर्नि–कर्नि (मृत्यु संस्कार) मा छूट मान्ने चलन अनुसार डसियामा पनि पूर्खाहरुको मृत्युको कारण छूट मानिने भएकोले देउता नुहाउने काम हुन्छ । छिनोनी पानी (धातुपानी अथवा सुनपानी) छर्केर चोखो पार्ने । काज–क्रियामा जिटा मार्ने चलन अनुसार जिटा पुज्ने । देउता अनुसार जल, रक्सीको छाँकी चढाउने, पिट्टर (पिण्ड) दिने गरिन्छ’, डसियाको पूजा विधिवारे प्रकाश पार्दै कोपिला भन्छन्–‘भित्तामा बकुल्ला बनाउने । दिवंगत आत्मले शान्ति पाओस् र यिनै बकुल्ला माथि चढेर सवार गरी सुखै–सुख स्वर्ग जाऊन् भनी बकुल्ला बनाउन चलन छ । देउता पठाएको भन्ने चलन पनि छ । गुर्वाहरु (तान्त्रिक)को वर्षभरिको सेवा र सम्मानको लागि घरगुर्वालाई टीका लगाउने चलनबाट पनि पुष्टि हुन्छ कि थारू आफ्नो पूर्खाहरुको सम्झनामा अथवा शोकमा डसिया मनाउँछन् ।’

रक्त मिसाइ बनाएको बानढुप चढाइने
थारु समुदाय डसियामा आफ्ना कुलदेवतालाई चढाउनको लागि बनाइने ‘बानढुप’लाई पनि महत्वपूर्ण मानिन्छ । बानढूप भनेको गुर्वाहरुले आफ्नो जिब्रो, छाती र गोडा (जाँघ) को रगत र धान लगायत सात किसिमको फूला लोर्हके (फूल टिपेर) बनाएको विशेष धूप हो । जुन डसियामा मात्रै आफ्नो देउतालाई चढाइन्छ । यो बानढुप पनि धेरै जसो थारूहरु दहित थर भएकाहरुकै चलाउँछन् । अन्य थरको गुर्वाहरुले पनि चलाउँछन् । तर अब बानढुपको नाउँमा बजारको अगरबत्ती सल्काउने चलन आएकोमा बताइएको छ ।

५-७ पुस्ताका पितृ पूजा
यसैबीच थारु समुदायभित्र पिट्टर (पिण्ड) दिने प्रचलन रहदै आएको छ । थारुभित्रको दहित गोत्र भएका थारुहरुले पञ्चमीको दिन (२२ गते) र आम थारुहरुले नवमीका दिन पुर्खाहरुलाई सम्मान गर्दै श्राद्ध तथा पिट्टर दिने कार्य गर्छन् ।

थारु बुुद्धिजीवी महावीर दहितको अनुसार श्राद्धको लागि पुईको साग, मसुर या मासको भुजा, माछाको सुकुटी, दहिलगायत खाद्य सामग्री जोहो गरिन्छ । उनी भन्छन्–‘डेहुरार ‘पिट्टर’ दिने चलन अनुसार पुस्तान्तर अनुसार खानेकुरा राख्ने गरिन्छ । जस्तो कि, सात पुस्ताको पितृलाई सम्झिदा सात वटा टपरीमा र पाँच पुस्ताको पितृलाई पाँच टपरीमा खानेकुरा राखिन्छ । तर दहितथारु भित्र नौ टपरीमा खानेकुरा राखिने र टपरीको अगाडि १८ वटा दुुनाहरुमध्ये नौ/नौ वटा लहरै राखिन्छ । पहिलो लहरमा जल र अर्कोमा मिठाइ वा रक्सी चढाइन्छ ।’

थारूको दसैं, सखियाको ‘पैंयाँ’ले गुन्जियो गाउँबस्ती

अविनाश चौधरी/गोरखापत्र
धनगढी उपमहानगरपालिका-५. जाईगाउँकी दीपिका चौधरी कक्षा ८ मा पढ्नुहुन्छ। दोस्रो त्रैमासिक परीक्षा सकिएलगत्तै स्कुलको पोसाक छोडेर उहाँ आफ्नो थारू समुदायको मौलिक पोसाक गोन्या, चोल्यामा सजिएर सखिया नाचको ‘पैंयाँ मा सामेल हुनुभएको छ। “सखिया नाच नाच्दा मलाई धेरै राम्रो लाग्छ,” उहाँले भन्नुभयो, “किनभने यो हाम्रो समुदायको संस्कृति हो । यसलाई हामी युवापुस्ताले जोगाउनु पर्छ ।”

सोही गाउँकी गरिमा पनि कक्षा ७ को परीक्षा सकेर सखिया नाच्ने कार्यमा सहभागी हुनुभएको छ । सानैबाट सखिया नृत्य सिकेको जनाउँदै उहाँले २०/२५ खोट नाच्ने गरेको उल्लेख गर्नुभयो । जाईगाउँका दीपिका र गरिमाको जस्तै थारू समुदायका धेरै महिला अहिले सखियाको पैंयाँमा सामेल भएका छन्। दसैंको रमझमसँगै थारू बस्तीमा मौलिक सखिया नाचको रौनक बढेको हो । थारू समुदायको बसोबास रहेको कतिपय गाउँ अहिले सखिया नाचले गुल्जार बनेको छ । सखियाको पैंयाँ लाग्ने मादल र मजिराको आवाजले बस्ती गुञ्जिएका छन् । हरेक वर्ष दसैँमा सखिया नाच नाच्ने गरेको देउमती चौधरीले बताउनुभयो । उहाँले थारू समुदायमा खास गरेर अवारी पर्वपछि सखिया नाच्ने चलन रहे पनि कार्यव्यस्ततालगायत विभिन्न कारणले अचेल दसैंको बेला मात्रै नाचिने गरेको उल्लेख गर्नुभयो ।

महिलाले गीत गाउँदै मादलको तालमा सखिया नाच नाच्ने गर्दछन् । सखी सखी (साथी साथी) मिलेर सामूहिक रूपमा नाच्ने गरेका कारण यो नाचलाई सखिया भनिएको देउमतीको भनाइ छ । सखिया नाच्दा गाउँ चम्पन हुने गरेको उहाँले उल्लेख गर्नुभयो ।

कृष्णलीलामा आधारित गीत गाएर सखिया नाच नाच्ने गरेको महिलाले बताएका छन् । आफ्नो मौलिक संस्कृति जोगाउन र नयाँ पुस्तालाई सिकाउनका लागि आफूहरूले सखिया नाच्ने गरेको जाईकी दिलमाया चौधरीले बताउनुभयो । “यसो गर्दा रमाइलो पनि हुन्छ र नयाँ पुस्तामा संस्कृति हस्तान्तरण पनि,” उहाँले थप्नुभयो, “हामी जानेकाले नै नयाँ पुस्तालाई सिकाउने हो । त्यो काम हामीले गरिरहेका छौं।”

नयाँ पुस्तालाई सखिया नाच सिकाउनका लागि वयस्क किशोरी बालिका सबै मिलेर एकसाथ नाच्ने गरेका छन् । यो नाचमा सुरुमा गीत गाउने र त्यसपछि पैंयाँ लाग्ने गरेको २०४८ सालदेखि सखिया नाचमा मादल बजाउँदै आएका रामप्रसाद दहितले बताउनुभयो । उहाँले सखिया नाचको धेरै ‘खोत’ रहने गरे पनि जाने जतिमा मात्रै आफूहरूले नचाउने गरेको उल्लेख गर्नुभयो ।

थारूको दसैं, जसले ‘रगतको धूप’ दिएर पितृको सम्झना गर्छन्

विमला चौधरी/बीबीसी नेपाली सेवा

पश्चिम नेपालका थारूहरूले आफ्नै किसिमले दशैँ मनाउने गरेका छन्। दशैँमा उनीहरूले आफ्ना कुलदेवता र पितृको सम्झना गर्ने गर्छन्।

थारूले दशैँलाई ‘डस्या’ भन्छन्। दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली कञ्चनपुर र सुर्खेतका थारू समुदायका लागि माघी र अट्वारीपछि दशैँ तेस्रो ठूलो पर्व हो।

थारू समुदायमा दशैँमा आफ्ना पितृको आत्माले शान्ति पाऊन् भनेर सम्झना गर्ने चलन छ।

थारू संस्कृतिका जानकार एवं साहित्यकार छविलाल कोपिलाका अनुसार यो समुदायभित्र रहेका फरक थर र गोत्र अनुसार कुलदेवता पनि भिन्नभिन्न छन्।

त्यसैले कुलदेवताअनुसार दशैँमा पूजा गर्ने चलन पनि फरकफरक रहेको उनको भनाइ छ।

उनले आफ्ना कुलदेवताबारे जानकारी दिँदै भने, ‘‘मेरो थर ‘भगोरिया’ हो। हाम्रो एउटा देवतालाई दशैँमा जाँड चढाएर पूजा गर्ने चलन छ।’’

यो समुदायमा विशेषगरी फूलपातिदेखि नवमीसम्म तीन दिनमात्र दशैँ मनाउने चलन छ।

दशैँका गतिविधि
थारू समुदायका मानिसले फूलपातीदेखि पूजा सामग्री जुटाउन थाल्छन्। त्यस दिन घरमूली महिलाले पूजाका लागि परिकार बनाउने र पूजा सामग्री जोहो गर्ने गर्छन्। पूजामा प्रयोग हुने भाँडाकुँडालाई नजिकैको जलाशयमा लगेर सफा गरिन्छ।

थारू संस्कृतिका अर्का जानकार एकराज चौधरीका अनुसार उक्त समुदायले आफ्ना कुलदेवतालाई पूजा गर्दा बजारमा पाइने अगरबत्ती बाल्दैनन्।

उनी भन्छन्, ‘‘हामी आफ्ना कुलदेवताको पूजा गर्दा धूप बाल्छौँ तर आफ्नै पुरोहित, ‘देशबन्ध्या गुर्बा’ र ‘घरगुर्बा’ले बनाएको धूप प्रयोग गर्छौँ।’’

थारू समुदायको बसोबास भएको गाउँमा स्थापित ‘भूइँह्यार थान’का मुख्य पुजारीलाई ‘देशबन्ध्या गुर्बा’ भन्ने गरिन्छ।

विभिन्न सातथरी फूलसहित ‘गुर्बा’ले आफ्नै शरीरका सात अङ्ग चिरेर निकालेको रगतमा मुछेर बनाइएको विशेष धूपले पूजा गर्ने चलन रहेको उनी बताउँछन्।

‘‘दशैँमा आफ्ना देवता र पितृलाई आफ्नो शरीर चिरेर रगतसमेत चढाउँछौँ भने योभन्दा ठूलो सम्मान के हुन सक्छ?’’ एकराजले भने।

त्यो धूप फूलपातीका दिन ‘घरगुर्बा’कहाँ गएर ल्याउने चलन छ। धूप लिन जाँदा कोसेली र भेटी लैजाने गरिन्छ।

महाअष्टमीलाई थारूहरूले ‘ढिक्रह्वा’ भन्ने गर्छन्। त्यस दिन आफ्ना कुलदेवतालाई उक्त समुदायको मुख्य परिकार ढिक्रीले पूजा गरिने भएकाले ‘ढिक्रह्वा’ भनिएको उनको भनाइ छ।

महाअष्टमीको बेलुकीपख आफ्ना कुलदेवतालाई ढिक्री, बाबरीको फूल र जमराले पूजा गर्ने चलन यो समुदायमा छ। पूजा गर्ने बेला मादल पनि बजाइन्छ।

मादलको धुनसँगै ढिक्री, जमरा र बाबरी फूलले कुलदेवताको पूजा गरेपछि जमरा लगाउन पाइन्छ।

अष्टमीको रात पछल्डङ्ग्या थरका थारूले आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने गर्छन्।

अन्य थरका थारूले भने महानवमीको बिहान आफ्ना कुलदेवतालाई भाले, बोका र सुँगुर चढाउने थारू संस्कृतिका जानकार एवं ‘गुर्बा’ एकराज चौधरीले बताए।

थरअनुसार पितृलाई सम्झने तिथि पनि फरक
थारूहरूको घरको सबैभन्दा पूर्वउत्तर कोठामा देवताको थान हुन्छ। उक्त कोठालाई थारू समुदायले ‘डेउह्रार कोन्टी’ भन्छन्। ‘डेउह्रार कोन्टी’मा थरअनुसार फरकफरक देउताको प्रतिष्ठा गरिएको हुन्छ।

परिवारका कुनै सदस्यको मृत्यु भएमा अन्तिम संस्कार नगर्दासम्म ‘डेउह्रार कोन्टी’मा लगेर शव राख्ने चलन छ।

त्यसलाई ‘पाटम बैठिना’ भन्ने गरिन्छ। थारू ‘गुर्बा’ एकराजका अनुसार मृत्यु भएका पितृलाई उक्त समुदायले देवताकै दर्जा दिएर सम्मान र पूजा गर्ने गरेको छ।

उनी भन्छन्, ‘‘पाँचदेखि सात पुस्तासम्म र कसैले १२ पुस्तासम्मलाई दशैँमा स्मरण गरेर पूजा गर्ने गरेका छन्।’’

दशैँमा पितृको पूजा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ। त्यसैले महानवमीको बिहान देउता बनाएका धेरैजसो थारूले आफ्नो पितृको पूजा गर्छन्। यसलाई थारू समुदायले ‘पिट्टर डेना’ भन्छन्।

थारू इतिहासकार तथा संस्कृति विज्ञ गोपाल दहितका अनुसार टेर्रा र दहित थरबाहेक अधिकांश थारूले नवमीको दिन पितृलाई सम्झेर पूजा गर्ने चलन रहेको छ।

दशैँमा नै पितृलाई सम्झिनु पर्ने खास कारण नरहे पनि पुर्खाले गर्दै आएको संस्कारलाई हालसम्म अधिकांश थारूले अनुसरण गर्दै आएको उनको भनाइ छ।

‘‘अन्य समुदायले कुन समय र तिथिमा पितृलाई सम्झिन्छन् त्यो हामीलाई थाहा भएन तर हाम्रो आफ्नै रीतिरिवाज र परम्परा छ। त्यसअनुसार हामी वर्षमा एक पटक एकैसाथ दशैँमा पितृपूजा गर्छौँ।’’

पितृलाई कसरी सम्झन्छन्?
थारू समुदायले पितृको सम्मानमा चोखो र मिठो परिकार बनाएर चढाउने गर्छन्।

पितृहरूको सम्मानमा दशैँमा विशेष खालको चोखो मदिरा बनाउने गरिएको एकराज बताउँछन्।

नवमीको दिन पितृलाई माछा, मासको दाल, तोरी लगायतका परिकार र भात अर्पण गर्ने चलन रहेको उनले बताए।

‘‘पाँचवटा टपरीमा भात राखिन्छ भने तीन, पाँच वा सात प्रकारका तरकारी पनि दिइन्छ। तरकारीमा माछा अनिवार्य हुनुपर्ने धार्मिक मान्यता छ,’’ एकराजले भने।

‘पिट्टर’ दिएको भात घरका पुरुष र कन्याले खाने प्रचलन छ। पाँचवटा टपरीको भातमध्ये सबैभन्दा उत्तरतर्फ राखिएको भात खान मिल्दैन।

उक्त भात पितृका लागि भएकोले खान नमिल्ने मान्यता छ। त्यसमा सिन्का पनि राखिएको हुन्छ। त्यहाँ देब्रे हातले एकपटक मात्र पस्केर भात राखिन्छ।

‘‘पितृले भोजन गरेपछि दाँत कोट्याउनका लागि सिन्का राखिन्छ,’’ एकराजले भने, ‘‘पिट्टरको भात खाने बेला टपरीको भात यताउति सारेर खान मिल्दैन र खाई सकेपछि हात त्यो टपरीमा नै चुठेर भात ढाकेको पातले फेरि ढाकेर उठ्नु पर्छ।’’

पितृलाई ‘पिट्टर’ दिएपछि ‘डिउह्रार’ कोठालाई एकछिन सुनसान बनाउनु पर्छ। कोठा सुनसान बनाएपछि पितृहरू ‘पिट्टर’ खान आउँछन् भन्ने धार्मिक मान्यता छ।

‘‘पितृलाई भोजन गर्न सजिलो होस् भन्ने मान्यताका साथ झ्यालढोका बन्द गरेर एकछिन ‘डिउह्रार कोन्टी’ सुनसान बनाउनु पर्छ,’’ उनले भने।

पितृलाई दिएको ‘पिट्टर’लाई पछि नजिकको जलाशयमा लगेर विसर्जन गरिन्छ। त्यस बेला घरका महिलाहरू गीत गाउँदै जाने गर्छन् र नुहाएर शुद्ध भई नाचगान गर्दै फर्कन्छन्।

भारतले दियो ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा

भारत सरकारले ३८ करोड बराबरको दसवटा प्रिफ्याब्रिकेटेड स्टील ब्रिज (पुल)का पार्टपुर्जा नेपाललाई हस्तान्तरण गरेको छ। बाढी पहिरोले प्रभावित पारेको क्षेत्रका लागि भारत सरकारले पहिलो खेपमा उक्त पार्टपुर्जा हस्तान्तरण गरेको भारतीय दूतावासले जनाएको छ।

सरकारको आग्रहपछि नेपालको सडक कनेक्टिभिटीलाई पुनःस्थापना गर्न भारतले अनुदानस्वरुप उक्त पार्टपूर्जा हस्तान्तरण गरेको जानकारी दिएको छ। वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले बुधबार पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई उक्त सामान हस्तान्तरण गरेका थिए।

प्रिफ्याब्रिकेटेड स्टील ब्रिजका बाँकी खेपहरू आगामी दिनमा नेपाल सरकारलाई उपलब्ध गराइने भारतीय दूतावासले जानकारी दिएको छ।

त्यस्तै बाढी र पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पछिल्लो दुई दिनमा भारतले अत्यावश्यक सरसफाई सामाग्री, औषधी, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको २५ टनभन्दा बढीको राहत सामाग्री उपलब्ध गराइसकेको छ।

बाढी पहिरो पीडितलाई भारत सरकारले दियो २१.५ टन राहत सामग्री

भारत सरकारले बाढी पहिरो प्रभावित क्षेत्रका लागि २१.५ टन राहत सामग्री सहयोग गरेको छ। भारतले दोस्रो खेपमा अत्यावश्यक सरसफाइ सामग्री, औषधिलगायतका सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।

भारत सरकारको तर्फबाट द्वितीय सचिव नारायण सिंहले बुधबार बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई राहत सामाग्री हस्तान्तरण गरेका थिए। भारतीय दूतावासका अनुसार सरसफाइ सामाग्री, औषधी, झुल, लाइफ ज्याकेट, स्लीपिङ्ग म्याट, खाद्यवस्तु, गम बुट, इन्फ्लेटेबल रबर बोट र मोटर सहितको २१.५ टनको उक्त मानवीय सहायताको खेप भारतबाट स्थल मार्ग हुँदै नेपालगन्ज पुर्‍याइएको हो।

राहत सामग्रीको थप खेप आगामी दिनमा आउने दूतावासले जाएको छ। यसअघि भारत सरकारले ४.२ टनको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। जसमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ।

म्यानमारमा चिनियाँ स्वार्थ जोगाउन बेइजिङको नीति भयो फेल

म्यानमारमा चीनले खरायोसँग दौडने र शिकारी कुकुरसँग सिकार गर्ने निन्दनीय नीति अपनाएको छ । यसको उद्देश्य सैन्य जन्टा र धेरै विद्रोही समूहहरू बीचको लडाइँबाट ग्रस्त देशमा शान्ति र स्थिरताको पुनर्स्थापनामा मद्दत गर्नु होइन, तर बेइजिङको आर्थिक र रणनीतिक हितको रक्षा गर्नु हो।

सन् २०२१ को फेब्रुअरीमा म्यानमारमा भएको सैनिक विद्रोहपछि चीनले सैनिक शासकलाई हतियार र आर्थिक सहयोग गर्दै आएको छ। यसको गठन पछि तुरुन्तै, म्यानमारमा सैन्य शासक – नेतृत्वको सरकारले चाइना एक्सपोर्ट-इम्पोर्ट बैंकसँग ऋण-पुनर्तालिका सम्झौतामा हस्ताक्षर गर्‍यो जसले लगभग $१३० मिलियनको धेरै पहिले अनुबंधित ऋणहरू समेटेको थियो, एडडेटाको अध्ययनले बताउँछ; संयुक्त राज्य अमेरिकामा आधारित अनुसन्धान प्रयोगशाला, यस वर्षको अगस्टमा, चीनका विदेश मन्त्री वाङ यीले म्यानमारका सैन्य जन्टा प्रमुख मिन आङ ह्लाङलाई भेटेका थिए र म्यानमारमा आधारित पोर्टल बर्मा न्युले $ 3 बिलियन लाइफलाइनको वाचा गरेको थियो।

चीनले म्यानमारको सेना टाटमाडाउलाई पनि सैन्य उपकरणको सहयोग गरेको छ। सैन्य विद्रोहको लगत्तै, म्यानमार वायुसेनाले चीनबाट धेरै FTC-2000G मिडरेन्ज लडाकु विमानहरू अर्डर गरेको थियो। लगभग 20 पाइलट, प्राविधिक र हतियार कार्यालयहरू जुन 2022 मा विमान उडान र बोर्डमा हतियार प्लेटफर्म सञ्चालन गर्न तालिम लिन चीन गए। म्यानमारको अखबार इरावदीले समाचार तोडेको थियो । ‘माउन्टेन ईगल’ भनेर चिनिने यी मध्ये छवटा जेटहरू नोभेम्बर २०२२ मा पठाइएका थिए। जातीय सेनाहरूबाट हराएको शहरहरूमा सैन्य जन्टाको बढ्दो हवाई बमबारीको बीचमा थप छ वटा अगस्ट २०२४ मा आइपुग्यो, इरावदीले गत सेप्टेम्बर ३० मा भने, एपीले जनवरीमा रिपोर्ट गरेको थियो। २०२३ मा म्यानमार सेना विद्रोही सेनाको नियन्त्रणमा रहेका गाउँहरूमा बम प्रहार गर्न र भत्काउनका लागि चीनले उपलब्ध गराएको विमान र हेलिकप्टर गनशिपमा निर्भर थियो। यो त्यो अवधि पनि थियो जब म्यानमारमा चिनियाँ नागरिक र व्यवसायमाथि ठूलो मात्रामा आक्रमण भएको थियो।

विद्रोही सेनाहरूले प्राप्त गरेको लाभको सामना गर्दै, चीनले सैन्य जन्टालाई मद्दत गर्ने आफ्नो रणनीतिमा पुनर्विचार गर्नुपर्‍यो। म्यानमारमा चीनका केही महत्वपूर्ण बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाहरू विद्रोहीको नियन्त्रणमा रहेका क्षेत्रहरूमा गएका थिए। चीनले निर्माण गरिरहेको कयाउकफुउमा गहिरो समुद्री बन्दरगाह अराकान सेनाको नियन्त्रणमा गएको छ। त्यसै गरी यसको पाइपलाइन वरपरको विशेष आर्थिक क्षेत्र पनि। चीन म्यानमार सीमानाका क्षेत्रहरू पनि विद्रोही समूहहरूको नियन्त्रणमा गएका थिए, जसले चीन म्यानमार आर्थिक करिडोरमा अवरोध पुर्‍यायो र म्यानमारको बन्दरगाहमा सीएमईसी मार्फत चिनियाँ व्यापारको मार्गलाई धम्की दियो। आफ्नो अत्यावश्यक आर्थिक र व्यावसायिक हितहरू सुरक्षित गर्न, चीनले सैन्य जन्टालाई सबै आउट समर्थन गर्ने आफ्नो पहिलेको नीतिमा पुनर्विचार गर्नुपर्‍यो। बेइजिङले विद्रोही सेनाहरूलाई चिनियाँ हितको रक्षा गर्ने सर्तमा मद्दत गर्नुपरेको थियो।

चीन र म्यानमारको सीमावर्ती क्षेत्रहरूमा स्थायित्व सुनिश्चित गर्न ताकि व्यापार मार्गहरू खुला रहोस् र सैन्य जुंटाको संरक्षणमा चलिरहेको घोटाला सिन्डिकेटका यी क्षेत्रहरूलाई हटाउन बेइजिङले अपरेशन 1027 लाई मौन स्वीकृति विस्तार गर्यो, जसको कोड नाम हो। सन् २०२३ को उत्तरार्धमा म्यानमारको सेना विरुद्ध विद्रोही समूहहरूले संयुक्त आक्रमण सुरु गरेका थिए।

Covid-19 महामारीको कारण, चीनले आफ्नो सिमाना बन्द गर्‍यो र मकाउ जस्ता ठाउँहरूबाट चिनियाँ सिन्डिकेटहरूद्वारा विदेशी अनलाइन जुवामाथि क्र्याकडाउन सुरु गर्‍यो। सुरक्षित आश्रयको खोजीमा, यी सिन्डिकेटहरू चीनसँग सीमा जोडिएको म्यानमारको शान राज्यमा अवस्थित मन्डारिन भाषा बोल्ने कोकाङ क्षेत्रमा सरेका छन् र धेरैजसो जातीय चिनियाँहरूको बसोबास छ।

युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिसको अध्ययन अनुसार, सैन्य शासक नेताहरूको सहयोगमा म्यानमारमा चीनको सिमाना नजिकका क्षेत्रहरूमा क्यान्सरजस्तै घोटाला फैलिएको छ। “चिनियाँ सिन्डिकेटहरूले म्यानमार भित्र बढ्दो संख्यामा स्वायत्त एन्क्लेभहरूबाट जटिल धोखाधडी योजनाहरूमा संलग्न हुन सेनासँग काम गरिरहेका थिए। चिनियाँ नागरिकहरूको सुरक्षाको लागि बढ्दो खतराले चिनियाँ सरकारले मे २०२३ मा यो घोटाला केन्द्रहरूलाई उन्मूलन गर्न अनुरोध गर्न नेतृत्व गर्यो। जन्टा त्यसो गर्न इच्छुक नभएकोले, चीनले विद्रोही समूहहरूलाई अपरेशन 1027 सुरु गर्न मौन स्वीकृति दियो। कोकाङ क्षेत्रमा सक्रिय रहेको थ्री ब्रदरहुड एलायन्सले साइबर अपराध केन्द्रहरूको उन्मूलन आक्रमण सुरु गर्नुको मुख्य कारण भएको बताए।

दुर्भाग्यवश बेइजिङको लागि, तथापि, विद्रोहीहरूलाई समर्थन गर्ने र सैन्य जन्टालाई हटाउने नीति फेरि उल्टो भयो। म्यानमारका जातीय सशस्त्र सङ्गठनहरू र अन्य विद्रोही समूहहरू लगायतका २५ भन्दा बढी सशस्त्र समूहहरूको सैन्य जन्टासँग लड्ने साझा लक्ष्य भए पनि उनीहरूले राष्ट्रिय एकता सरकार (एनयूजी) को ब्यानरमा आउन कुनै चासो देखाएनन्। म्यानमारमा प्रजातान्त्रिक शक्तिहरूले गठन गरेको थियो। यसरी आफ्नो आर्थिक स्वार्थ प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको म्यानमारमा राजनीतिक स्थायित्व प्रवर्द्धन गर्ने बेइजिङको उद्देश्य सफल हुन सकेन ।

बरु म्यानमारका विभिन्न बाहिरी क्षेत्र विभिन्न विद्रोही समूहको नियन्त्रणमा आएपछि बेइजिङले नयाँ समस्याको सामना गर्न थालेको छ । यस वर्षको अगस्टको सुरुमा, NUG को पिपुल्स डिफेन्स फोर्स (PDF) ले मण्डले नजिकैको तागाउङ ताउङ निकल खानी कब्जा गर्यो; चिनियाँ खानी कम्पनी वानबाओ माइनिङद्वारा सञ्चालित म्यानमारमा चीनको सबैभन्दा ठूलो विदेशी लगानी मध्ये एक हो। यसअघि यो खानीबाट सैनिक जन्टाले भाडामा वार्षिक १२ करोड डलर आम्दानी गर्ने गरेको थियो । अब पीडीएफले सुरक्षा दिन र भाडा उठाउन थालेको छ। अगस्टमा पनि, पीडीएफले चीनको तेल र ग्यास पाइपलाइनहरूबाट पम्पिङ र अफ-टेक स्टेशन कब्जा गर्यो। चीनबाट भाडा उठाउन हताश, सैन्य जन्टाका सेनाहरूले सुविधा फिर्ता लिएका छन्।

प्रभावकारी क्षेत्रीय नियन्त्रणको अभावमा, चीन – म्यानमार सीमानाका 18 मध्ये 11 टाउनशिपहरू पूर्ण रूपमा प्रतिरोधको नियन्त्रणमा छन्, र चिनियाँ परियोजनाहरूबाट राजस्व गुमाउँदा, सैन्य शासक सरकार लगभग दिवालियापनको अवस्थामा धकेलिएको छ। यद्यपि, म्यानमारको महत्वपूर्ण पूर्वाधारमा भने जन्टाले अझै नियन्त्रण कायम राखेको छ; जस्तै अन्तर्राष्ट्रिय विमानस्थल, बन्दरगाह र आर्थिक रूपमा महत्त्वपूर्ण क्षेत्रहरू जस्तै व्यापारिक राजधानी याङ्गुन जहाँ अधिकांश विदेशी दूतावासहरू अवस्थित छन्।

यसरी बेइजिङले म्यानमारमा रहेको सैन्य जन्टालाई पूर्णरूपमा छाड्न सक्ने अवस्था छैन। यसले चीनका विदेशमन्त्री वाङ यीले जनरल मिन आङ ह्लाङलाई भेट्ने र ३ अर्ब डलरको बेलआउट प्याकेज प्रस्ताव गर्ने पछिल्लो कदमको व्याख्या गर्छ; र सैन्य हार्डवेयरको आपूर्ति पुन: सुरु गर्न।

बेइजिङको लागि सबैभन्दा नराम्रो रब भनेको NUG ले चेतावनी जारी गरेको छ कि म्यानमारमा सैन्य शासकको शासनको अन्त्य पछि बनेको कुनै पनि सरकारले जंटाले गरेको ऋण र दायित्वलाई सम्मान गर्दैन। “वैदेशिक ऋण उठाउने बहानामा गैरकानुनी सैनिक परिषद्लाई स्वदेशी तथा विदेशी ऋणदाताबाट ऋण लिन अनुमती छैन,” NUG ले भनेको छ ।

बाढी पहिरो पीडितका लागि भारतले दियो ४.२ टनको आपतकालीन राहत

बाढी पीडितका लागि भारत सरकारले आपतकालीन राहत प्रदान गरेको छ। भारत सरकारले ४.२ टनको राहत सामग्री सोमबार नेपालगन्ज पुर्‍याएको हो। भारतले एक समारोहबीच उक्त राहत सामग्री बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेको भारतीय दूतावासले जानकारी दिएको छ। हस्तान्तरण कार्यक्रममा भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंह सहभागी थिए।

राहत सामग्रीमा टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेको भारतीय दूतावासले जनाएको छ। दूतावासका अनुसार भारत सरकारले पहिलो खेपमार्फत उक्त राहत सामग्री हस्तान्तरण गरेको हो। अर्को खेमा अत्यावश्यक सरसफाइ सामाग्री र औषधी रहने जनाएको छ।

नेपालमा विपत्ति आउँदा भारतले ‘छिमिकी फर्स्ट’अभियान अन्तर्गत सहयोग गर्दै आएको छ। उसले २०७२ को भूकम्पपछि पनि नेपाललाई सबैभन्दा सुरुमा तत्परता देखाएको थियो। त्यस्तै २०८० साल कात्तिकमा जाजरकोटमा भूकम्प गएपछि पनि राहत सामाग्री उपलब्ध गराएको थियो।

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन्। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। असोज १६ गते संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि संवैधानिक परिषदको सिफारिसमा आइतबार राष्ट्रपति पौडेलले संविधानको धारा १२९ को उपधारा २ बमोजिम राउतलाई प्रधानन्यायाधीश पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

चीनको नयाँ उत्पादनमा अमेरिकाले लगायो प्रतिबन्ध

जबर्जस्ती श्रम विरुद्धको लडाइलाई लागू गर्न संयुक्त राज्य अमेरिकाले एउटा साहसी कदम चालेको छ, पहिलो पटक चिनियाँ स्टिल निर्माता र एक स्वीटनर निर्मातालाई जबरजस्ती श्रम ऐन अन्तर्गत आफ्ना उत्पादनहरू अमेरिकामा निर्यात गर्न प्रतिबन्ध लगाएको छ।

यो अभूतपूर्व कदमले नैतिक श्रम अभ्यासहरूमा बढ्दो विश्वव्यापी जोडलाई रेखांकित गर्दछ र मौलिक मानव अधिकारहरूलाई कायम राख्न असफल भएका व्यवसायहरूले महत्त्वपूर्ण परिणामहरूको सामना गर्नुपर्नेछ भन्ने सङ्केत गर्दछ।

यस हप्ताको सुरुमा, यूएस डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (DHS) ले दुई चिनियाँ कम्पनीहरूलाई संयुक्त राज्यमा आफ्ना उत्पादनहरू निर्यात गर्न प्रतिबन्धित फर्महरूको सूचीमा थप्यो।

यो कारबाही चीनको सिनजियाङ क्षेत्रमा जबरजस्ती श्रम अभ्याससँग जोडिएका उत्पादनहरूबाट अमेरिकी आपूर्ति शृङ्खलाहरू सुरक्षित गर्ने ठूलो पहलको हिस्सा हो।

“आजका कार्यहरूले अमेरिकी आपूर्ति शृङ्खलाहरूबाट जबरजस्ती श्रम हटाउने र सबैका लागि हाम्रो मानवअधिकारको मूल्यहरूलाई समर्थन गर्ने हाम्रो प्रतिबद्धतालाई पुन: पुष्टि गर्दछ,” नीतिका लागि DHS उपसचिव रोबर्ट सिल्भर्सले अक्टोबर २ मा एक विज्ञप्तिमा भने।

सिल्भर, जसले संस्थाको सूची सिर्जना गर्न जिम्मेवार संघीय कार्यदलको नेतृत्व गर्दछ, थपे, “कुनै पनि क्षेत्रको सीमा छैन। हामी उद्योगहरूमा संस्थाहरूको पहिचान गर्न जारी राख्नेछौं र शोषण र दुरुपयोगबाट लाभ लिन खोज्नेहरूलाई जवाफदेही बनाउँछौं।”

लक्षित कम्पनीहरूमध्ये सिन्जियाङ बेई आइरन एण्ड स्टिल कं, लिमिटेड, विश्वको सबैभन्दा ठूलो स्टिल उत्पादक चाइना बाउउ स्टिल ग्रुप कर्पोरेशनको सहायक कम्पनी हो।

डीएचएसले आरोप लगाएको छ कि कम्पनी सिनजियाङबाट जातीय अल्पसंख्यकहरूको व्यवस्थित स्थानान्तरण र शोषणमा संलग्न भएको छ, जहाँ चिनियाँ सरकारले उइघुर र अन्य मुस्लिम अल्पसंख्यकहरूलाई व्यापक निगरानीमा सामूहिक नजरबन्द शिविरहरूमा थुनेको छ।

सूचीमा थपिएको दोस्रो कम्पनी चाङ्झाउ गुआङ्हुई फूड इन्ग्रेडियन्ट्स कं, लिमिटेड, जियाङ्सु प्रान्तमा रहेको कृत्रिम मिठाई उत्पादक हो।

अमेरिकी अधिकारीहरूले निर्धारण गरे कि कम्पनीले एस्पार्टम, एक लोकप्रिय गैर-पोषक मिठाई र अन्य कच्चा पदार्थहरू सिन्जियाङबाट प्राप्त गर्यो, जसले यसको आपूर्ति श्रृंखलामा जबरजस्ती श्रमको संलग्नताको बारेमा चिन्ता बढायो।

यो कदमले पहिलो पटक एक स्टिल निर्माता र एक मिठाई उत्पादकलाई जबरजस्ती श्रमसँग सम्बन्धित संस्थाहरूको सूचीमा राखेको छ, विशेष गरी चीनको उइघुरहरूको राज्य-प्रायोजित शोषणको सन्दर्भमा।

यसअघि अमेरिकाले खानी, आल्मुनियम उत्पादन, जुत्ता उत्पादन, समुद्री खाना प्रशोधन र इलेक्ट्रोनिक्स जस्ता उद्योगहरूमा कम्पनीहरूलाई लक्षित गरेको थियो।

यी थपिएसँगै, २०२१ को उइघुर जबरजस्ती श्रम रोकथाम ऐन (UFLPA) अन्तर्गत DHS सूचीमा समावेश चिनियाँ कम्पनीहरूको कुल संख्या 75 पुगेको छ।

UFLPA चीनको सिनजियाङ क्षेत्रमा जबरजस्ती श्रम अभ्यासहरू बारे चिन्ताहरू सम्बोधन गर्न लागू गरिएको थियो, जहाँ १० लाख भन्दा बढी उइगर मुस्लिमहरूलाई हिरासतमा राखिएको छ जसलाई मानव अधिकार समूह र सरकारहरूले नजरबन्द शिविरहरूको फराकिलो नेटवर्कको रूपमा वर्णन गरेका छन्।

बाइडेन र ट्रम्प प्रशासन दुबैले चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) द्वारा गरिएको व्यापक मानवअधिकार उल्लङ्घनलाई उद्धृत गर्दै सिन्जियांगको अवस्थालाई “नरसंहार” भनेर वर्णन गरेका छन्।

यी दुर्व्यवहारहरूमा जबरजस्ती श्रम, जबरजस्ती नसबंदी, राजनीतिक प्रलोभन, र शोषणका अन्य रूपहरू समावेश छन्।

सेनेटर जेम्स रिच (R-Idaho), सिनेट विदेश सम्बन्ध समितिका सदस्य, DHS निर्णयको प्रशंसा गरे।

सोशल मिडिया प्लेटफर्म X (पहिले ट्विटर) मा एक पोष्टमा, उनले जोड दिए कि संयुक्त राज्यले चीनलाई यसको “भयानक मानवअधिकार हनन” को लागी जवाफदेही बनाउनेछ।

त्यसैगरी, उइघुर अमेरिकन एसोसिएसन, वाशिंगटनमा रहेको वकालत गर्ने समूहले अक्टोबर २ पोष्टमा दुई चिनियाँ कम्पनीलाई प्रतिबन्धित सूचीमा समावेश गरेकोमा अमेरिकी सरकारप्रति कृतज्ञता व्यक्त गरेको छ।

2022 मा, संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले रिपोर्ट गर्यो कि चीनले उइघुरहरूलाई “मानवता विरुद्धको अपराध” मान्न सक्छ, थप अन्तर्राष्ट्रिय अनुसन्धानको वारेन्टी दिन्छ।

संयुक्त राष्ट्र संघले यो पनि भनेको छ कि, विश्वव्यापी निन्दाको बाबजुद पनि चिनियाँ सरकारले सिनजियाङमा उइघुरहरूमाथि जारी दमनलाई सक्षम बनाउने नीतिहरू लागू गर्न जारी राखेको छ।

उइघुर संस्कृति जोगाउन र मुस्लिम अल्पसंख्यक समूहको अधिकारको वकालत गर्ने प्रयासको लागि चीनमा एथनोग्राफर राहिल दाउत र अर्थशास्त्री इल्हाम तोह्तीलगायत प्रख्यात उइघुर व्यक्तित्वहरूलाई आजीवन कारावासको सजाय सुनाइएको छ।

सिनजियाङका चिनियाँ कम्युनिष्ट पार्टीका नीतिहरूका पीडितहरूले हिरासतमा रहँदा जबरजस्ती श्रम, राजनैतिक शिक्षा, जबरजस्ती गर्भपतन, नसबंदी र अन्य दुर्व्यवहारको पीडादायी अनुभवहरू सुनाएका छन्।

बेइजिङले लगातार यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ, बरु सिन्जियाङमा आफ्नो नीतिहरू आतंकवाद र चरमपन्थ विरुद्ध लड्ने अभियानको हिस्सा हो भनी जोड दिँदै आएको छ।

यसबाहेक, चिनियाँ अधिकारीहरूले अमेरिका र अन्य विदेशी कम्पनीहरू विरुद्ध प्रतिबन्धको धम्की दिएर बदला लिएका छन् जसले सिनजियाङ-उत्पादित सामानहरूमा आफ्नो निर्भरता कम गर्न खोज्छन्।

बेइजिङको प्रतिक्रियाको सबैभन्दा भर्खरको लक्ष्यहरू मध्ये एक PVH समूह हो, जसले केल्भिन क्लेन र टमी हिलफिगर जस्ता लोकप्रिय कपडा ब्रान्डहरूको स्वामित्व राख्छ।

//

सेप्टेम्बरमा, चीनको वाणिज्य मन्त्रालयले PVH समूहमा अनुसन्धान सुरु गर्‍यो, अमेरिकी खुद्रा विशाल कम्पनीले सिनजियाङबाट कपास र अन्य सामग्रीहरू खरिद गर्न बेवास्ता गरेको आरोप लगाउँदै।

अनुसन्धान चीनको “अविश्वसनीय संस्थाहरूको सूची” अन्तर्गत गरिएको थियो, जसले कम्पनीहरूलाई देशको व्यापार नीतिहरू उल्लङ्घन गरेको पाइएमा चीनमा व्यापार गर्नबाट रोक्न सक्ने संयन्त्र हो।

PVH समूहले “सबै देश र क्षेत्रहरूमा सबै सान्दर्भिक कानून र नियमहरूको कडा अनुपालन” को पालना गर्दछ भनी अनुसन्धानमा प्रतिक्रिया दियो जहाँ यो सञ्चालन हुन्छ।

कम्पनीले यस सम्बन्धमा चीनको वाणिज्य मन्त्रालयसँग जारी कुराकानीको पुष्टि गरेको छ।

मानव अधिकार र व्यापार अभ्यासहरू मा अमेरिका र चीन बीच जारी तनाव आर्थिक र राजनीतिक टकराव को एक श्रृंखला को नेतृत्व गरेको छ, विशेष गरी वैश्विक आपूर्ति श्रृंखला मा सिनजियांग को भूमिका को बारे मा।

धेरै कम्पनीहरूले यस क्षेत्रमा जबरजस्ती श्रमसँगको आफ्नो सम्बन्धको लागि छानबिनको सामना गर्नु पर्ने हुनाले, व्यवसायहरूका लागि पारदर्शिता र नैतिक मापदण्डहरूको अनुपालन सुनिश्चित गर्न यो बढ्दो महत्त्वपूर्ण हुँदै गइरहेको छ।

स्टिल उत्पादक र मिठाई उत्पादकलाई यसको प्रतिबन्धित संस्थाको सूचीमा थप्ने DHS को निर्णयले जबरजस्ती श्रम र मानव अधिकार हनन विरुद्ध लड्न अमेरिकी सरकारको प्रयासमा नयाँ चरण चिन्ह लगाउँछ।

परम्परागत रूपमा त्यस्ता मुद्दाहरूसँग सम्बन्धित नभएका उद्योगहरूमा कार्यान्वयन विस्तार गरेर, संयुक्त राज्यले सबै क्षेत्रहरू शोषण रोक्न र मानव अधिकारको संरक्षणमा सतर्क हुनुपर्छ भन्ने बलियो सङ्केत पठाउँदैछ।

आपूर्ति शृङ्खलाहरूमा जबरजस्ती श्रम अभ्यासहरूको विश्वव्यापी जागरूकता बढ्दै जाँदा, विश्वव्यापी रूपमा कम्पनीहरूले उनीहरूको सञ्चालनहरू श्रम दुरुपयोगबाट मुक्त छन् भनेर सुनिश्चित गर्न बढ्दो दबाबको सामना गर्नुपर्ने सम्भावना हुन्छ, विशेष गरी राज्य-प्रायोजित शोषणसँग जोडिएका क्षेत्रहरूसँग व्यापार गर्दा।

संयुक्त राज्यका लागि, यो विश्वव्यापी रूपमा जबरजस्ती श्रमलाई सम्बोधन गर्ने आफ्नो फराकिलो अभियानको अर्को चरण हो, सिनजियाङ यसको प्रयासको केन्द्रबिन्दु बनेको छ।

चिनियाँ विज्ञहरूका अनुसार जबर्जस्ती श्रम ऐन अन्तर्गत चिनियाँ स्टिल निर्माता र एक मिठाई निर्मातालाई उनीहरूको सामान अमेरिकामा निर्यात गर्न प्रतिबन्ध लगाउने निर्णयले सबै उद्योगहरूमा नैतिक श्रम अभ्यासहरू कायम हुनुपर्छ भन्ने उदाहरण सेट गर्दछ।

यसले मानवअधिकार हननमा कुनै पनि क्षेत्र छानबिनबाट छुट छैन भन्ने कुरामा जोड दिन्छ, र भारी उत्पादन र खाद्य उत्पादन जस्ता विभिन्न उद्योगहरूमा संलग्न कम्पनीहरूले उनीहरूको आपूर्ति शृङ्खलाहरू जबरजस्ती श्रमबाट मुक्त भएको सुनिश्चित गर्न सतर्क हुनुपर्छ।