थारू आयोगका चारैजना पदाधिकारीको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

सर्वोच्च अदालतले विभिन्न संवैधानिक निकायमा कार्यरत संवैधानिक पदाधिकारी विरुद्धको विवादमा आज (बुधबार) आफ्नो निर्णय सुनाउँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त ५२ पदाधिकारीहरुको नियुक्तिको बैधता र प्रक्रियामाथि प्रश्न उठेको थियो ।

सिफारिस हुनासाथ नै प्रश्न उठेपनि सर्वोच्चले करिब साढे ४ वर्ष पुरानो बहुचर्चित विवाद टुंग्याउन लागेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा. कुमार चुडाल र डा. नहकुल सुवेदीको इजलासले १ जेठमा मुद्दाको सबै सुनुवाइ सकेपछि आजका लागि निर्णय सुनाउने मिति तोकेको थियो ।

विवादको विषयवस्तु, त्यसमा जोडिएको संवैधानिक प्रश्न र अहिलेको अवस्था हेर्दा सर्वोच्च अदालतले दिने फैसला मूलतः तीन विकल्पको सेरोफेरोमा केन्द्रित हुने देखिन्छ ।

थारू आयोगका चारैजना पदाधिकारीको नियुक्ति ‘धराप’मा
थारू आयोगका कार्यबाहक अध्यक्ष सुबोधसिंह थारू, सदस्यहरू भोला चौधरी, डा. उमाशंकर प्रसाद चौधरी र अधिवक्ता शान्ती मोदी सोही नियुक्तअन्तर्गत सदस्य बनेका हुन्। तत्कालीन प्रधानमन्त्री ओलीले २०७७ माघ २१ र २०७८ असार १० उनीहरूलाई थारू आयोगको सदस्यमा नियुक्त गरेका थिए। सर्वोच्चमा रिट परेसँगै उनीहरूको पद धरापमा परेको थियो। सर्वोच्च अदालतले निवेदकको मागबमोजिम फैसला सुनाएर चारै जनाको पद जाने पक्का देखिन्छ।

त्यस्तो फैसला आएमा थारू आयोग पदाधिकारीविहीन बन्ने अवस्था आउनसक्छ। अहिले आयोगको अध्यक्ष पद पनि रिक्त रहेको छ। माओवादीबाट अध्यक्ष भएका बर्दियाका विष्णु चौधरीको कार्यकाल सकिएको छ। ज्यष्ठताका आधारमा आयोगका सदस्यसमेत रहेका सुबोध सिंह थारुलाई आयोगको कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको छ।

नेदरल्यान्ड्सविरुद्ध नेपालको रोमाञ्चक जित

नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको छ। आइसीसी लिग २ अन्तर्गत स्कटल्यान्डमा मंगलबार भएको खेलमा नेपालले तेस्रो जित दर्ता गरेको हो।

डुन्डीमा टस हारेर ब्याटिङ गरेको नेपालले २३६ रन बनाएको थियो। तर, पेनाल्टीका कारण १० रन नेदरल्यान्ड्सलाई उपहार दिँदा पनि नेदरल्यान्ड्सले २२७ रनमात्र बनाउनुपर्ने थियो। तर, नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रन बनाउँदै अलआउट भयो।

नेदरल्यान्ड्सका लागि विस्ले वारेसीले सर्वाधिक ३६ रन बनाए। उनले ६० बलमा ३ चौका प्रहार गरे। ३.२ ओभरमा म्याक्सलाई ललित राजवंशीको हातमा क्याच गराउँदै नेपालका लागि डेब्युटेन्ट नन्दन यादवले पहिलो सफलता दिलाएका थिए।

नेदरल्यान्ड्सले ८.३ ओभरमा नेदरल्यान्ड्सले १ विकेटको क्षतिमा ५० रन पूरा गरेको थियो। पावरप्ले सकिँदा डच साइडले १ विकेटको क्षतमिा ६१ रन बनाएको थियो। पावरप्लेमा नेपालभन्दा अगाडी रहेको नेदरल्यान्ड्सले ११.३ ओभरमा सन्दीप लामीछानेले माइकल लेभिटलाई एलबीयडब्ल्यू आउट गरे। नेदरल्यानड्सले ६५ रन बनाउँदा दोस्रो विकेट गुमायो।

२०.२ ओभरमा नेदरल्यान्ड्सका लागि तेस्रो विकेट गयो। नेदरल्यानड्सले ३ विकेटको क्षतिमा ९६ रन बनाएको थियो। ४५.२ ओभरमा नेदरल्यान्ड्सले २०० रन पूरा गर्‍यो। कप्तान स्कट इड्वार्डले ३० रन बनाए। ओपनर मिचेल लेभिटले २७ रन बनाए। तेजा निदामानुरुले १७, नोरा क्रसले २२, केल केलिनले २५ र मान डेरले १६ रन बनाए। अन्य ब्याटरको ब्याट चल्न नसक्दा डच नेपाली टिमको अगाडि कमजोर परेको हो।

नेपालका लागि बलिङतर्फ डेब्यु गरेका नन्दन यादव र अनुभबी लेग स्पिनर सन्दीप लामिछानेले समान ३-३ विकेट लिए। ललित राजवंशीले २ विकेट लिए भने कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २३६ रन बनाएको थियो। नेपालका लागि आरिफ शेखले उत्कृष्ट पारी खेलेका थिए। आरिफले मिडल अर्डर सम्हाल्दै ८४ रनको उत्कृष्ट पारी खेले। उनले ८५ बलमा ७ चौका २ छक्का प्रहार गरे।

पावरप्लेमा नै दुवै ओपनरलाई गुमाउँदै नेपालले ३७ रन बनाएको थियो। तेस्रो विकेटको लागि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ५१ रनको अर्धशतकीय साझेदारी गरे। दुवै ब्याटरले ३५/३५ रन बनाए। दीपेन्द्र सिंह ऐरीले १६ रन बनाए। बसिर अहमद र करण केसीले ११-११ रन बनाए। नेदरल्यान्ड्सका लागि पल भान मिकरानले सर्वाधिक ४ विकेट लिए। मिचेल लेभिटले ३ विकेट र आर्यन दत्तले १ विकेट लिए।

नेपालले पहिलो खेलमा स्कटल्यान्ड्समाथि १ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको थियो। तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। यससँगै नेपालले स्कटल्यान्ड सिरिजको ४ खेलमा ३ जितसहित सुखद अन्त्य गरेको छ।

आमाको नामबाटै नागरिकता जारी गर्ने व्यवस्थासहितको विधेयक समितिबाट पारित

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो।

सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो। समिति सभापति रामहरि खतिवडाले नेपाली नागरिकलाई नागरिकताविहीन हुने अवस्था अन्त्यका लागि सरकारले ल्याएको उक्त विधेयक पारित भएको जानकारी दिए। सबै समिति सदस्यहरूको सहमतिमा सर्वसम्मत रूपले विधेयक पारित भएको उनले बताए।

त्यसअघि बैठकमा गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार गठन भएको ११ महिनामा नीतिगत, कानुनी र संरचनात्मक सुधार गर्ने क्रममा रहेको र त्यसमा नागरिकतासम्बन्धी विषय महत्त्वपूर्ण रहेको बताए। गैर आवासीय नेपालीले प्राप्त गर्ने नागरिकताका विषय संविधानमा नै उल्लेख भएकाले थप छलफल गर्न आवश्यक नरहेको उनले बताए।

उनले गैर आवासीय नेपालीका विषयमा छुट्टै विधेयक ल्याउन लागिएको बताए। विधेयकले थप सहजीकरण गर्ने उनको भनाइ छ।

बाबुको पहिचान नखुलेको अवस्थामा आमाले स्वघोषणा गरे नागरिकता दिने विषय विधेयकमा मुख्यरूपमा समेटिएको उनले बताए। उनले नेपाली आमा र विदेशी बाबुबाट जन्मेका सन्तानले अन्य देशको नागरिकता नलिएको भए अङ्गीकृत नागरिकता प्राप्त गर्ने स्पष्ट पारे। नागरिकता वितरणका कानुनी जटिलता हटाउन भन्दै सरकारले प्रतिनिधि सभामा माघ १५ गते विधेयक दर्ता गरेको थियो।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने भएको छ।

चीनमा कोभिड संकट, तथ्य लुकाउँदै सरकार

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनको आधिकारिक रूपमा सार्वजनिक गरिएको कोभिड–१९ मृतक संख्या अत्यन्तै कम मूल्याङ्कन गरिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। यो संकट विशेषगरी ग्रामीण क्षेत्रमा झनै गहिरिएको देखिन्छ, जहाँ स्वास्थ्य सेवा र चिकित्सकीय स्रोतहरूको ठूलो अभाव छ।

शान्सी प्रान्तबाट प्राप्त रिपोर्टहरूका अनुसार कफिन निर्माताहरू अति व्यस्त छन्, र केही गाउँहरूमा त कफिन नै अभावमा परेका छन्। अन्त्येष्टि स्थलहरू र शवदाह गृहहरूमा अत्यधिक चाप परेकाले मृतकको अन्त्येष्टि गर्न परिवारहरूले दिनौं कुर्नु परेको अवस्था देखिएको छ।

उत्तरी शान्सीको सिन्झाउमा कफिन बनाउने सीपयुक्त शिल्पकारहरूले आफूहरूलाई थाक्न समेत फुर्सद नभएको बताएका छन्। एक गाउँलेले पत्रकारलाई भनेका छन्, “कहिलेकाहीं कफिनहरू पूरै बिक्री भइसकेका हुन्छन्।” अन्त्येष्टि उद्योगमा संलग्न कर्मचारीहरूका अनुसार दफन तथा अन्त्येष्टि सजावटको माग अघिल्ला वर्षहरूको तुलनामा दोब्बर वा तेब्बर भएको छ।

चलिरहेको यो संकटले चीनको आर्थिक समस्यालाई झनै तीव्र बनाएको छ। व्यापक बिरामी र मृत्युका कारण व्यवसायहरू श्रमिक अभावको सामना गरिरहेका छन् भने उपभोक्ता खर्च घटिरहेको छ। तर, यतिबेला अन्त्येष्टि उद्योग भने तीव्र गतिमा फस्टाएको छ, नयाँ शवदाह गृहहरू खोलिँदै छन् र पुरानाहरू क्षमताभन्दा बढी सञ्चालनमा छन्।

साथै, सरकारले पारदर्शिताको कमी देखाएको भन्दै जनताबीच असन्तुष्टि र आक्रोश बढ्दो छ। धेरै नागरिकहरू विश्वास गर्छन् कि बिना पर्याप्त तयारी, एकाएक शून्य–कोभिड नीति अन्त्य गर्ने चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को निर्णयले अहिलेको संकट जन्माएको हो। संकटको वास्तविकता स्वीकार्न सरकार अनिच्छुक देखिनु र तथ्याङ्कहरू दबाइनुले जनताको विश्वासमा गहिरो चोट पुगेको छ। सामाजिक सञ्जालमा नागरिकहरूले आफैंले देखेका वा भोगेका घटनाहरू सार्वजनिक गर्न थालेका छन्।

चीनमा बिग्रँदो कोभिड–१९ संकटले गलत सूचना र कमजोर जनस्वास्थ्य नीति कत्तिको खतरनाक हुन सक्छ भन्ने कुराको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ। अचानक मृत्युको संख्यामा बढोत्तरी, भरिएका अस्पतालहरू, र कफिनको अभावले चिनियाँ जनजीवनमा व्यापक विपद् उत्पन्न भएको चित्र प्रस्तुत गर्छ। सरकारद्वारा तथ्य लुकाइरहँदा महामारीको वास्तविक स्थिति अझै अनिश्चित नै रहेको छ।

आगामी महिनाहरू चीनले यो संकट नियन्त्रणमा लिन सक्छ कि सक्दैन भन्ने कुरा निर्णायक हुनेछ। तर अहिलेका लागि, सामाजिक सञ्जालमा आफ्ना अनुभवहरू बाँडिरहेका नागरिकहरूको आवाजले महामारीको मानवीय मूल्यबारे गहिरो स्मरण गराइरहेको छ।

एथलेटिक्समा अनुजा चौधरीलाई स्वर्ण, लुम्बिनी बन्यो च्याम्पियन

लुम्बिनी प्रदेश यु-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा च्याम्पियन बनेको छ। लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बनेको हो।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो। गण्डकी प्रदेश र मधेश प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा तेस्रो भयो।

१२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले एक एक स्वर्ण जित्यो। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा अन्तिम दिन सामेबार छात्र/छात्रामा तीन तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो। छात्र दुई सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो भए। उनले निर्धारित दूरी २४.९ सेकेन्डमा पूरा गरे। मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो भए।

सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारू चौधरी पहिलो भइन् । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेन्ड समय खर्चिइन्। कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेशकी वर्षा योञ्जन तेस्रो बनिन्।

प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जिते । उनले दुई मिनेट ०७.४ सेकेन्ड समय लगाए। कर्णालीका विवेक बोगटीले रजत तथा कोशी नितेश भट्टराईले कांस्य हात पारे। छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेन्ड समयसाथ शीर्ष स्थानमा रहिन्। कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो भइन्।

छात्र चार गुणा एक सय मिटर रिलेमा मधेश पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रह्यो। छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात रहे।

चन्द्रसिंह चौधरी, जसले दुई विघा जग्गा स्कुललाई दान दिए

अविनाश चौधरी/कैलाली
शैक्षिक गुणस्तर सुधारका लागि भन्दै विद्यालयलाई दुई बिघा जमिन दान गर्ने दाताको नाममा विद्यालयको नाम कायम गरिएको छ। कैलारी गाउँपालिका-७, बसन्तामा रहेको विद्यालयको नाम राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरिएको हो।

बसन्तामा जन्मेर हाल: धनगढी बस्दै आएका समाजसेवी चन्द्रसिंह चौधरीले त्यहाँ रहेको आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति (दुई बिघा जमिन) विद्यालयलाई दान गरेका हुन्।

चौधरीले २०७७ मा विद्यालयलाई जग्गा दान गरे पनि गएको वैशाखमा मात्रै विद्यालयको नाम परिवर्तन गरेर राष्ट्रिय चन्द्र आधारभूत विद्यालय कायम गरेको विद्यालयका प्रधानाध्यापक डम्मर शाहले बताए। गत पुसमा कैलारी गाउँपालिकाको गाउँसभाले विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेपछि दाताको सम्मानस्वरूप उनको नाममा विद्यालयको नाम कायम गरेको उनको भनाइ छ।

नेपाल टेलिकममा कार्यरत चौधरीले ८० लाख रुपियाँ पर्ने आफ्नो जमिन विद्यालयलाई दिएको जनाइएको छ। दाता चौधरीको सुरुवाती अध्ययन पनि सोही विद्यालयमै भएको थियो।

आफूले पहिलो पाइला टेकेको विद्यालयको शैक्षिक सुधारमा कसरी सहयोग गर्न सकिन्छ भन्ने हेतुले पैतृक सम्पत्ति विद्यालयलाई दान गरेको दाता चौधरीले बताए। ‘गाउँघरको विद्यालयलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने सधैं लागिरहन्थ्यो। मेरो आर्थिक हैसियतमा केही सुधार भएपछि विद्यालयको शैक्षिक सुधारका लागि जग्गा दान गरेँ,’ उनले भने।

यसैबीच जग्गादाता चौधरीलाई आज दोसल्ला ओढाएर सम्मान गरिएको छ। विद्यालयमा आयोजित सम्मान कार्यक्रममा कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले उनलाई सम्मान गरे।

तियानमेनपछि चीनद्वारा विद्यार्थी निगरानीमा कडाई

चीन कडाइका साथ नियन्त्रण हुने सेन्सरशिप प्रणालीअन्तर्गत सञ्चालन हुने राष्ट्र हो, जहाँ भित्रबाहिरको सूचना नियन्त्रण, निगरानी, फिल्टरिङ, र राज्यद्वारा अनुमोदित कथावस्तुबाट विचलन हुनेहरूलाई दण्डित गरिन्छ। यस प्रणालीको सबैभन्दा संवेदनशील र कमजोर लक्षित समूह विद्यार्थीहरू हुन्, जो ऐतिहासिक रूपमा राजनीतिक तथा सामाजिक सुधारप्रति समर्पित वैचारिक शक्ति बोक्दछन्।

राष्ट्रपति सी जिनपिङको नेतृत्वमा चीनले विद्यार्थीहरूको स्वतन्त्रताको दमनलाई झन् व्यवस्थित, प्राविधिक र विश्वव्यापी बनाएको छ, यसले देशभित्र मात्र होइन, विदेशमा रहेका चिनियाँ विद्यार्थीहरूलाई समेत समेटेको छ।

डिजिटल प्रविधिमा विकाससहित, चीनले अनलाइन र अफलाइन दुवै तवरबाट विद्यार्थीहरूका विचार, गतिविधि र आवाजहरू नियन्त्रण गर्न सक्षम निगरानी उपकरणहरू विकास गरेको छ। यसको अन्तिम उद्देश्य भनेको—चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को वैचारिक प्रभुत्व कायम राख्नु र चिनियाँ राज्यको नियन्त्रित छवि विश्वभर फैलाउनु हो।

यो नियन्त्रण चिनियाँ कम्युनिस्ट पार्टीको मौलिक विचारधारामा आधारित छ, जसले राजनीतिक रूपमा सचेत युवाहरूलाई आफ्नो एकदलीय शासनका लागि सम्भावित खतरा ठान्दछ। यो सोच नयाँ होइन, ४ जुन १९८९ मा भएको तियान’आनमेन नरसंहार त्यसको स्पष्ट प्रमाण हो, जहाँ आर्थिक न्याय र लोकतान्त्रिक सुधारको माग गर्दै सडकमा उत्रिएका विद्यार्थीहरूलाई निर्मम रूपमा दमन गरियो। यो घटनाले सीपीसीका लागि एकै प्राथमिकता स्थापित गर्यो, पार्टीको अस्तित्व र सत्ताको रक्षा।

आजको समयमा, चीनले आफ्ना विश्वविद्यालयहरूमा व्यापक निगरानी व्यवस्था लागू गरेको छ। यसमा निगरानी क्यामेरा, सूचना दिने विद्यार्थीहरूको नेटवर्क, र वैचारिक कठोरता लागू गर्ने प्रवृत्तिहरू समावेश छन्। विभिन्न रिपोर्टहरू अनुसार, विश्वविद्यालयहरूले “विद्यार्थी सूचना अधिकारीहरू” भर्ना गरी प्राध्यापकहरूको विचारधारात्मक प्रतिबद्धता निगरानी गर्ने प्रणालीलाई संस्थागत बनाएका छन्। यसले शैक्षिक स्वतन्त्रतामा गम्भीर क्षति पुर्‍याउँदै डर र अविश्वासको वातावरण सिर्जना गरेको छ।

त्यस्तै, क्याम्पसहरूमा व्यापक सीसीटीभी निगरानीको जाल बिछाइएको छ। उदाहरणका लागि, वुचाङ युनिभर्सिटी अफ टेक्नोलोजीले क्याम्पसभित्र सम्पूर्ण गतिविधि निगरानी गर्ने प्रणाली लागू गरेको थियो। साथै, विद्यार्थीहरूको सामाजिक सञ्जाल खाता र व्यक्तिगत जानकारीमा पहुँच मागिनु, र इलेक्ट्रोनिक उपकरणहरूको छानबिन गरिनु,यी सबै विद्यार्थीहरूको गोपनीयताको उल्लङ्घन हुन्। गुइलिन युनिभर्सिटी अफ इलेक्ट्रोनिक टेक्नोलोजीले “हानिकारक सामग्री” रोक्न उपकरण जाँच गर्ने प्रस्ताव गर्दा व्यापक आलोचना भोग्नुपरेको थियो, जसले सिनजियाङमा प्रयोग गरिएका कठोर निगरानी उपायहरूको सम्झना दिलाउँछ।

सीपीसीले विश्वविद्यालयहरूमा “सी जिनपिङ विचार” अनिवार्य पाठ्यक्रमको रूपमा लागू गर्न थालेको छ, जहाँ पार्टीका ऐतिहासिक गल्तीहरू वा आलोचनात्मक छलफल निषेध गरिएको छ। असहमत शिक्षक र कर्मचारीहरूलाई बर्खास्त गर्नेसम्मका कदम चालिएका छन्।

चीनले विदेशमा रहेका चिनियाँ विद्यार्थीहरूलाई समेत निगरानी गर्न उस्तै रणनीति अपनाएको छ। एम्नेस्टी इन्टरनेशनलको २०२५ को प्रतिवेदन अनुसार, युरोप र उत्तर अमेरिका जस्ता क्षेत्रहरूमा रहेका चिनियाँ विद्यार्थीहरूले चिनियाँ अधिकारीहरूबाट धम्की र निगरानीको सामना गरिरहेका छन्। उनीहरू तथा चीनमा रहेका उनीहरूका परिवारहरूलाई “संवेदनशील” विषयहरूमा संलग्न हुनबाट रोक्न प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा दबाब दिइन्छ।

धेरै विद्यार्थीहरूले आफ्नो सक्रियताका कारण सामाजिक सञ्जालमा निगरानीमा परेका, तस्बिर खिचिएका, वा चीनमा रहेका आफन्तलाई धम्की दिइएको बताएका छन्। बेलायतमा अध्ययनरत केही चिनियाँ विद्यार्थीहरूले सीपीसीविरुद्ध बोल्दा बेनामी कलहरू, पछ्याइएका घटना, र सामाजिक बहिष्कारको सामना गर्नुपरेको बताएका छन्।

ह्युमन राइट्स वाचको अनुसन्धान अनुसार, चिनियाँ अधिकारीहरू विदेशमा पनि चिनियाँ विद्यार्थीहरूको गतिविधि निगरानी गर्ने, छलफलहरूमा हस्तक्षेप गर्ने, र विद्वानहरूलाई चुप गराउने कार्यमा सक्रिय छन्। यस्ता प्रयासहरू अनौपचारिक, तर व्यवस्थित छन्, जसमा साइबर धम्की, सामाजिक बहिष्कार र कहिलेकाहीँ शारीरिक धम्की प्रयोग गरिन्छ।

यस सन्दर्भमा “चिनियाँ विद्यार्थी तथा विद्वान संघ (सीएसएसए)” एक महत्वपूर्ण उपकरण बनेको छ। सीएसएसए संसारभरका विश्वविद्यालयहरूमा सक्रिय छन् र प्रायः चिनियाँ दूतावासहरूबाट निर्देशन तथा वित्तीय सहयोग प्राप्त गर्छन्। त्यस्तै, “कन्फ्युसियस संस्थानहरू” पनि सीपीसी समर्थक विचारधाराको प्रचार तथा असहमतिलाई दबाउने माध्यमका रूपमा प्रयोग गरिएका छन्।

यी गतिविधिहरूको प्रतिक्रियामा, अमेरिका, बेलायत, अष्ट्रेलिया, र युरोपेली संघका विभिन्न देशहरूले सीपीसी को शैक्षिक हस्तक्षेपलाई राष्ट्रिय सुरक्षा चिन्ताको रूपमा लिन थालेका छन्। केही देशहरूमा कन्फ्युसियस संस्थानहरू बन्द गरिएका छन्, विदेशी कोष तथा साझेदारीहरूमा कडा निगरानी थालिएको छ। अमेरिकी विदेश विभागले कतिपय कन्फ्युसियस संस्थानहरूलाई “विदेशी मिसन” घोषणा गरिसकेको छ।

चिनियाँ राज्यले शैक्षिक क्षेत्रलाई आफ्ना विचारधारात्मक लक्ष्यहरू पूर्ति गर्न प्रयोग गरिरहेको यो रणनीति केवल सेन्सरशिप वा अनुशासनको विषय होइन। यो व्यापक, रणनीतिक, र अन्तर्राष्ट्रिय स्तरमा फैलिएको नियन्त्रणको अभ्यास हो—जसको अन्तिम लक्ष्य भनेको आलोचनालाई दबाउनु, विचार स्वतन्त्रता कुन्ठित गर्नु र चिनियाँ विद्यार्थीहरूलाई पार्टी अनुशासनतर्फ ढाल्नु हो।

आज, बेइजिङका कक्षाकोठाबाट सुरु भएको यो प्रभाव लन्डन, बोस्टन र बर्लिनका व्याख्यान हलहरूमा गुन्जिरहेको छ। यदि यो प्रवृत्तिलाई समयमै थामिएन भने, चीनको सेन्सरशिप मोडेलले अन्तर्राष्ट्रिय शिक्षाको खुलापन र उदार मूल्यहरूलाई गम्भीर संकटमा पार्न सक्छ।

लोकतान्त्रिक देशहरूले यसलाई पृथक शैक्षिक मुद्दा होइन, विचार स्वतन्त्रता र शैक्षिक स्वायत्ततामाथिको रणनीतिक आक्रमणका रूपमा बुझेर तदनुकूल प्रतिक्रिया जनाउन आवश्यक छ।

नेपालमा चिनियाँ लगानीमा बनेका पूर्वाधारप्रति जनआक्रोश बढ्दै

नेपालमा चीनको बढ्दो पूर्वाधार लगानीले एकातिर आर्थिक आशावाद जन्माएको छ भने अर्कोतिर राजनीतिक अस्थिरता र जनआक्रोश पनि बढाएको छ। विमानस्थल, सडक, पुल, बाँध र विद्युत्गृहहरूमा बेइजिङले गरेको लगानीले नेपालको विकासमा उल्लेखनीय योगदान दिए पनि, सार्वभौमिकता, ऋण निर्भरता र कठोर रणनीतिसम्बन्धी चिन्ताहरूले जनस्तरमा विरोध चुलिएको छ। यसले विकास र राष्ट्रिय स्वायत्तताबीचको तनावलाई उजागर गर्दै चीनको संलग्नताको भूराजनीतिक, आर्थिक र सामाजिक असरहरूलाई समीक्षात्मक ढंगले विश्लेषण गर्न जरुरी बनाएको छ।

चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI) अन्तर्गत नेपालमा रणनीतिक रूपमा ठूला पूर्वाधार परियोजनाहरूमा लगानी गर्दै एक प्रमुख साझेदारको रूपमा आफ्नो उपस्थितिलाई सुदृढ गरेको छ। यस्ता परियोजनाहरूले आर्थिक वृद्धिको आशा दिलाए तापनि, चिनियाँ ऋणमा नेपालको बढ्दो निर्भरता र सार्वभौमिकताको सम्भावित क्षयप्रति गम्भीर चिन्ता व्यक्त गरिँदै आएको छ।

सबैभन्दा चर्चित र विवादास्पद परियोजनाहरू मध्ये एक हो – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, जुन चीनको ऋण सहयोगमा निर्माण गरिएको हो। यद्यपि, यो विमानस्थलले अन्तर्राष्ट्रिय उडानहरू आकर्षित गर्न असफल भएको छ र अहिले मुख्यतः आन्तरिक उडानहरूका लागि प्रयोग भइरहेको छ। नेपालको सिमित विमान संख्या र यात्रु ट्राफिकका कारण यो विमानस्थल प्रयोगविहीन र आर्थिक भार बनेको छ। आलोचकहरूले यसलाई चीनको नेपालमाथि प्रभाव विस्तार गर्ने रणनीतिक परियोजना हो भनेर व्याख्या गरेका छन्, न कि नेपालको उड्डयन क्षेत्रको विकासका लागि।

त्यस्तै, चीनको वित्तीय सहयोगमा निर्माण हुने भनिएको काठमाडौँ–तराई द्रुतमार्ग पनि ढिलाइ र विवादका कारण चर्चामा रहेको छ। यसले भौतिक पूर्वाधारमा सुधार ल्याउने अपेक्षा गरिएको भए तापनि, परियोजनाका महत्वपूर्ण खण्डहरूमा चिनियाँ कम्पनीहरूको नियन्त्रणप्रति देखिएको असहजता भूराजनीतिक स्वार्थहरूप्रति आशंका बढाउने कारक बनेको छ। यसैगरी, सुरुमा चीनले निर्माण गर्न लागेको पश्चिम सेती जलविद्युत परियोजना पछि त्यागिएको घटनाले पनि चीनले केवल आफ्ना रणनीतिक स्वार्थअनुसार परियोजना अघि बढाउने र त्याग्ने प्रवृत्तिलाई उजागर गरेको छ।

त्यस्तै, प्रस्तावित चीन–नेपाल सीमापार रेलमार्ग, जसको लागत अनुमानित ८.३ अर्ब अमेरिकी डलर रहेको छ, पनि चिनियाँ विस्तारवादको अर्को दृष्टान्त बनेको छ। यद्यपि यस परियोजनाले व्यापारिक सम्भावनाहरू देखाउँछ, यसले नेपाललाई चिनियाँ ऋणको जालमा पार्नसक्ने जोखिमसमेत बढाएको छ – ठीक त्यस्तै, जस्तै अन्य केही राष्ट्रहरूले भोगिरहेका छन्।

नेपाली जनसमुदाय अब यस्ता लगानीहरूको पछाडि रहेका गुप्त उद्देश्यप्रति सचेत बन्दै गइरहेका छन्। सुरुमा आर्थिक अवसरको रूपमा प्रस्तुत गरिएका परियोजनाहरू अहिले ऋण निर्भरता, पारदर्शिताको कमी र व्यापक भ्रष्टाचारको जालोझैँ देखिन थालेका छन्। विशेषगरी पोखरामा चिनियाँ सैन्य उपस्थितिको आशङ्काले जनआक्रोश चुलिएको छ, प्रदर्शनहरू भइरहेका छन्।

जनगुनासोको मूलमा रहेको अर्को विषय हो – चीनको ऋण पासो कूटनीति। नेपालले तुलनात्मक रूपमा उच्च ब्याजदर भएका चिनियाँ ऋणहरू लिनप्रति चनाखो दृष्टिकोण अपनाउँदै आएको छ र अनुदानलाई प्राथमिकता दिएको छ। तथापि, चीनबाट लिइएका ऋणहरूमार्फत नेपालमा वित्तीय दायित्वको भार बढेको छ। उदाहरणका लागि, पोखरा विमानस्थल निर्माणका लागि लिइएको २१६ मिलियन अमेरिकी डलर ऋण, जुन विमानस्थल प्रयोगविहीन भएको कारणले नेपालका लागि भारस्वरूप देखिएको छ।

त्यसैगरी, अनुदानमा निर्माण भएका परियोजनाहरूमा पनि पारदर्शिता अभाव रहेको जनगुनासोहरू बढिरहेका छन्। अधिकांश सम्झौताहरू अस्पष्ट र गोप्य छन्, जसले चिनियाँ परियोजनाहरूमा रणनीतिक उद्देश्य लुकेको आशंका बढाएको छ। अनेकौं परियोजनाहरूमा लागत फुग्याउने, निर्माण गुणस्तर कमजोर हुने, र अनियमितता देखिनु सामान्यजस्तै बनेको छ। पोखरा विमानस्थलसम्बन्धी अनुसन्धानहरूले यस्ता समस्याहरूको पुष्टिपनि गरेका छन्। यी समग्र अवस्थाहरूले जनस्तरमा असहमति र प्रतिरोध बढाएको छ।

नेपालमा मात्र होइन, चीनको प्रभाव दक्षिण एसियाका अन्य देशहरूमा पनि विस्तार भइसकेको छ। बेइजिङले श्रीलंका, माल्दिभ्स, बङ्गलादेश र पाकिस्तानमा पनि ऋणको माध्यमबाट रणनीतिक नियन्त्रण जमाउँदै गएको देखिन्छ। श्रीलंकाको हम्बनटोटा बन्दरगाह ९९ वर्षका लागि चीनलाई लीजमा दिनु यसको ज्वलन्त उदाहरण हो। यसबाट चीनले आर्थिक लगानीलाई रणनीतिक लाभमा रूपान्तरण गर्ने आफ्नो रणनीति स्पष्ट पारेको छ। यस क्षेत्रमा पारम्परिक रूपमा प्रभाव जमाएको भारत पनि चीनको बढ्दो उपस्थितिबाट सतर्क बनेको छ र आफ्ना रणनीतिहरू पुनर्समीक्षा गरिरहेको छ।

नेपालमा चीनको पूर्वाधार लगानीले आर्थिक प्रगति र आधुनिकीकरणको सम्भावना त ल्याएको छ, तर त्यसको सट्टामा सार्वभौमिकता, ऋण निर्भरता र रणनीतिक नियन्त्रणको खतरा पनि उत्तिकै रहेको छ। चीनविरुद्ध बढ्दो जनप्रतिक्रियाले नेपालले आफ्ना वैदेशिक साझेदारीहरू सोचविचारपूर्वक अघि बढाउनुपर्ने आवश्यकता औँल्याएको छ – विकास राष्ट्रिय स्वायत्तताको मूल्यमा नहोस् भन्ने सुनिश्चित गर्न।

यस विषयले नीति निर्माता, अनुसन्धानकर्ता र विश्लेषकहरूलाई दीर्घकालीन दृष्टिकोणबाट चीनको संलग्नताको असरमाथि आलोचनात्मक मूल्याङ्कन गर्न प्रेरित गर्छ – जसले नेपालले आर्थिक विकास र राजनीतिक सार्वभौमिकताबीचको सन्तुलन कसरी कायम राख्न सक्छ भन्ने प्रश्नको उत्तर खोज्ने दिशामा मार्गदर्शन गर्छ।

माधव नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बित, प्रतिशोध साँधेको आरोप

अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पतञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ। आरोपपत्र दायर भएसँगै नेपालको सांसद पद स्वतः निलम्बन भएको छ।

सो प्रकरणमा सम्बन्धित निकायका व्यक्ति तथा राष्ट्रसेवकले आफ्नो पदीय ओहोदाको दुरुपयोग गरी/गराई आफ्नो जिम्मामा रहेको सरकारी सार्वजनिक सम्पत्तिको सम्बन्धमा निर्णय बदनियत राखी गैरकानुनी निर्णय गरेको देखिएको आयोगले जनाएको छ ।

नेपालसहित तत्कालीन कानुन तथा न्याय मन्त्री संयोजक प्रेमबहादुर सिंह,तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र उनका छोरा सन्तोष श्रेष्ठ,तत्कालीन मुख्य सचिव स्व.माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे,भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त,सहसचिवहरू जीतबहादुर थापा र लिलामणि जोशी,कलानिधी पौडेललगायतलाई प्रतिवादी बनाइ आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। २०६६ माघ १८ मा नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलीलाई आयुर्वेदिक विश्वविद्यालयको नाममा सञ्चालन गर्न काभ्रेमा हदबन्दी छुटमा ८ सय १५ रोपनी जग्गा किन्न स्वीकृति दिएको थियो ।

‘पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनीलाई हदबन्दी छुट दिने सम्बन्धी मन्त्रिपरिषद्,विधेयक समितिको मिति २०६६।१०।१८ गतेको निर्णय कार्यान्वयनको लागि मालपोत कार्यालय, काभ्रेपलाञ्चोकमा मिति २०६६।१२।२४ गते मात्र पत्राचार भएको देखिएकोमा सो भन्दा अघि नै तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको निर्देशानुसार विभागीय मन्त्रालयबाट पेश भएको पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालले गैरकानूनी तवरबाट प्राप्त गरेको हदभन्दा बढी जग्गा भूमि सम्बन्धी ऐन, २०२१ को दफा ११ बमोजिम जफत तथा सरकारी सार्वजनिक कायम हुने जग्गा बेचविखन तथा सट्टापट्टा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा ठाडो प्रस्तावको रुपमा पेश गरे गराएको देखिन्छ। तत्कालीन प्रधानमन्त्रीले उक्त प्रस्तावको सम्बन्धमा मिति २०६६।१२।०६ गतेको मन्त्रिपरिषद्को बैठकबाट पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाललाई उक्त कम्पनीले मिति २०६६।१०।१८ गते भन्दा अघि खरिद गरेको चलालगणेशस्थान, साँगा, महेन्द्रज्योति गा.वि.स.का हदभन्दा बढी जग्गाहरु विक्री तथा सट्टापट्टाको लागि स्वीकृति दिने निर्णय गरे गराएको देखिन्छ। सोही निर्णय बमोजिम तत्कालीन मुख्यसचिव माधव प्रसाद घिमिरेले निर्णय कार्यान्वयनको लागि पत्राचार गरे गराएको देखिन्छ ,’आरोप पत्रमा उल्लेख छ।

कसैसँग एक पैसा लिएको पनि छैन, कुनै मन्त्रीलाई दबाब पनि दिएको छैन : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको भ्रष्टाचारको आरोप बदनियतपूर्ण रहेको आरोप लगाएका छन्। बिहीबार विभिन्न कार्यक्रमका लागि गृह जिल्ला रौतहट आएका नेता नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै उनले आफूले कुनै अनुचित काम नगरेका कारण कानुनी प्रक्रियाको सामना गर्न तयार रहेको बताए।

‘भ्रष्टाचारका निम्ति एक पैसा पनि लिएको छैन। अनुचित लाभ उठाएको पनि छैन। म चुनौतीका साथ भन्छु, राष्ट्रलाई नोक्सान हुने काम गरेको छैन। मैले आजसम्म कुनै पनि मन्त्रीलाई अनुचित गर्ने दबाब त के निर्देशन पनि दिएको छैन। स्वामी रामदेवजस्ता व्यक्ति भएको संस्थामा अनुचित काम हुन्छ भनेर कल्पना पनि गरेको छैन। विधि प्रक्रिया कानुनले हेर्ने कुरा हो। मुख्यसचिवले पनि सबै कुरा हेरे हेरेनन् त्यो कुरा हेर्नुपर्छ,’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने।

अध्यक्ष नेपालले आम नेपाली पतञ्जलीबाट लाभाञ्वित होऊन् भन्ने मनसायले आफूले जग्गा उपलब्ध गराएको बताउँदै आफूविरुद्ध सुरुदेखि नै राजनीतिक जीवन समाप्त पार्ने खेल सुरु गरिएको बताए। उनले सरकारकै निर्देशनमा बदनियत राखेर मुद्दा चलाइएको आरोप लगाए।

नेता नेपालले अहिलेसम्म के भयो आफूलाई जानकारी नरहेकाले राजधानी काठमाडौं गएर कानुन व्यवसायीसँग परामर्श गर्ने बताए। अध्यक्ष नेपाल सिमरा विमानस्थलबाट ४:३० को प्लाइटमर्फत काठमाडौं फर्कने उनका स्वकीय सचिव लक्ष्मण रेग्मीले जानकारी दिए।

नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो

आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्दै शृंखलामा दोस्रो जित दर्ता गरेको हो।

डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपालकाका लागि आरिफ शेखले सर्वाधिक ७८ रन बनाए। उनले ९८ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै नेपालको मिडल अर्डर सम्हालेका थिए।

नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेखले पाँचौं विकेटका लागि ८९ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। यसलाई दीपेन्द्रले गुल्सन झासँग मिल्दै खेल नेपालको पोल्टामा पारेका हुन्।

पहिलो पावरप्लेमा नेपालले १० ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ४१ रन बनायो। पहिलो विकेटका रुपमा ६.२ ओभरमा ओपनर आसिफ शेख भान मिकरेनको बलमा बोल्ड आउट भए । उनले २२ बलमा ३ चौकासहित १९ रन बनाउँदै पेभेलियन फकिर्एका हुन्।

११.२ ओभरमा नेपालले १ विकेटको क्षतिमा ५० रन बनायो। १३.४ ओभरसम्म ओपनर कुशल भुर्तेलको रुपमा नेपालले दोस्रो विकेट गुमायो। उनले २५ रन बनाउँदै पेभेलियन फर्किए। १५.४ ओभरमा तेस्रो विकेटको रूपमा भीम सार्कीको विकेट गयो। नेपालका तीन ब्याटरले पेभेलियनको बाटो निस्कदाँ नेपालले ६८ रन बनाएको थियो।

२६.१ ओभरमा नेपालले ३ विकेट गुमाउँदै १०० रन पूरा गर्‍यो। ३०.२ ओभरमा नेपालका कप्तान रोहित पौडेललाई रन आउटको रुपमा गुमायो। उनले आरिफ शेखसँग ५५ रनको अर्धशतकीय साझेदारी गर्र्दै इनिङ्स सम्हालेका थिए। रोहितले २३ रन बनाउँदै निराशाका साथ मैदानबाट बाहिरिए।

४५.५ ओभरमा २१२ रन बनाउँदा नेपालले पाँचौं विकेटको रूपमा आरिफ शेखलाई गुमायो। दीपेन्द्र ३८ र गुल्सन झा ११ रनमा अविजित रहे। नेदरल्यान्ड्सका लागि बलिङतर्फ मिचेल लेभिटले २ विकेट र पल भान मिकरेन, भिभियन किङ्माले समान १-१ विकेट लिए।

त्यसअघि डुन्डेमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले अलआउट हुँदै २२५ रन बनायो। नेदरल्यान्ड्सको लागि नोच क्रोसले सर्वाधिक ४८ रन बनायो। उनले ५५ बलमा ५ चौका प्रहार गरे। ओपनरद्वय मिचेल लेभिट र म्याक्स ओ डुडले दोहोरो अंकमा रन बनाउन सकेनन्। २ विकेट निकै छिटो गुमाएको नेदरल्यान्ड्का लागि तेस्रो विकेटका लागि कप्तान स्कट इड्वार्डले ४६ रन बनाए। विक्रमजित सिंहले ७२ रनको साझेदारी गर्दै नेदरल्यान्डको पारी सम्हालेका थिए। विक्रमजितले ३८, जाक लियनले २७, तेजा निडामानुरुले १३, भान मेरवेले २१ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २-२ विकेट लिए। नेपालले यही शृंखलाको पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको थियो।