देश

एमाओवादीको जिल्ला प्रतिनिधि छनौटमा कुर्सी हानाहान

इटहरी- एमाओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित गोप्य जिल्ला भेलामा आपसमै कुर्सी हानाहान भएको छ। दुई दिनसम्म अति गोप्य ढङ्गले भएको जिल्ला भेलाको दोस्रो दिन प्रतिनिधि छनौटका क्रममा आपसमा हात हालाहालको स्थिति पैदा भएपछि प्रहरी नै बोलाउनु परेको थियो।

थारूवान

वीरगन्ज- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन्। वर्तमान सरकारले सबै दलहरुको विश्वास गुमाएको तथा राजनीतिक संस्कार र चरित्रसमेत अङ्गाल्न नसकेका कारण मुलुकमा राजनीतिक सहमति हुन सकेको छैन्, प्रेस चौतारी नेपाल पर्साद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्–...

थारूवान

सप्तरी- सामुदायिक प्रहरी सेवा मञ्च एवम् राप्रपा नेपालका सप्तरी अध्यक्ष श्रीराम शर्माको निधन भएको छ। अत्यन्तै मिलनसार नेताका रुपमा परिचित शर्माको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। बिहीबार राति दुईपटक उल्टी भएपछि तत्कालै उहाँलाई उपचारका लागि सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो, तर त्यहाँ उपचार हुन नसकी उहाँलाई...

थारूवान

कैलाली- कैलाली जिल्ला सम्मेलन उद्‍घाटन गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी दलका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी कालो झण्डा देखाएका छन्। नेविसंघले धनगढी बन्दको आह्वान गरेको छ। कैलाली जिल्ला सम्मेलन उद्‌घाटन गर्न प्रधानमन्त्री भट्टराई र अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताहरु हेलिकोप्टरबाट कैलाली आएका छन्। प्रधानमन्त्री आगमनको विरोधमा नेविसंघले २...

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादवले कानुन विषय (लिगल इस्यु) सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्‍घाटन गरे। नेपाल बार एसोसिएसन र ल एसियाद्वारा संयुक्त रूपमा आयोजित सो सम्मेलनमा नेपालसहित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) देशसहित कोरिया, मलेसिया, जापानका कानुन विज्ञहरूको सहभागिता रहेको छ। 

थारूवान

बागलुङ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। लामो समय वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि कुनै निकास निस्कन नसकेपछि आन्दोलननै प्रमुख एजेण्डाको रूपमा अघि आएको अध्यक्ष खनालको भनाइ थियो।

थारूवान

बर्दिया- एनेकपा माओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। ‘पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको सविधानको पक्षमा हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ सम्पन्न सम्मेलनले २८ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि, तीनजना पर्यवेक्षक, सातजना स्वयम्सेवक र १ सय ११ जना थारुवान राज्य सम्मेलन प्रतिनिधि चयन गरेको छ। 

थारूवान

काठमाडौं- प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले २६ डिएसपीको बढुवा गरेको छ। डिआइजीमा बढुवा विवादित भएपछि अन्तिम तयारीमा रहेको डिएसपी बढुवा रोकिएको थियो। बिहीबार अजय भट्टराई, प्रकाश अधिकारी, उत्तम सुवेदी, धीरजप्रताप सिंह र वसन्त लामा लगायत २६ जना बढुवामा परे। डिएसपीको बढुवा गर्दा उनीहरुको वरिष्ठताक्रममा व्यापक हेरफेरसमेत गरिएको छ। एसपीको...

थारूवान

विराटनगर- राहत दरबन्दीमा कार्यरत शिक्षकहरूले उमेरको हद खारेज गर्नुपर्ने माग गर्दै जनआन्दोलन चोक विराटनगरमा शिक्षामन्त्री दीनानाथ शर्माको पुत्ला दहन गरेका छन्। शिक्षा आयोगले भर्खरै निकालेको विज्ञापनमा विद्यालयमा कार्यरत अधिकांश राहत, पिसिएफ दरबन्दीका शिक्षकहरूले आफ्नो उमेरको हद नाघेको भन्दै विरोधमा उत्रिएका छन्।

थारूवान

ताप्लेजुङ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आउँदो महाधिवेशनले पार्टी र नेता दुवैलाई भ्याक्सिन लगाएर नयाँपन दिने बताएका छन्। उनले शान्ति प्रक्रियामा आउँदा विभिन्न विचार भएका शक्तिसँग साइनो गासेकोले आफूहरुको व्यवहार पनि यदाकदा बिग्रिको भन्दै महाधिबेशनले यि सबै व्यवहार सच्याउने बताए।

थारूवान