समाज

ऋण काढेर परिचयपत्र लिँदै मुक्त हलिया

कञ्चनपुर- ऋण काढेर कञ्चनपुरका मुक्त हलिया परिचयपत्र लिन भूमिसुधार कार्यालय महेन्द्रनगर पुगेका छन्। दक्षिणी क्षेत्र रैकवारविचवा–४ कलुवापुरका मुक्त हलियाले तीन महिनासम्म कार्यालय धाउँदा पनि परिचयपत्र पाएका छैनन्। कलुवापुरकी धनु दमाईले ऋण निकालेर परिचयपत्र लिन कार्यालय आएको बताइन्। घरायसी कमजोर अवस्था भएकाले गाडी भाडाका लागि ऋण निकालेको उनले बताइन्।

थारूवान

लहान- सिरहाको उत्तरी क्षेत्रमा पर्ने करिब आधादर्जन गाविसमा खानेपानीको हाहाकार भएपछि स्थानीयबासिन्दाले सकस झेल्नु परेको छ। गर्मीयाम सुरु हुनुअगावै चुरेक्षेत्रसँगै जोडिएका जमदह, धनगढी, अयोध्यानगर, चन्द्रलालपुर, चन्द्रोदयपुर, विष्णुपुरकट्टीलगायतका गाविसका विभिन्न गाउँमा इनार, कलजस्ता पानीका स्रोत सुक्न थालेपछि पानीको हाहाकार भएको हो। पानीका स्रोत सुक्न थालेपछि चिन्ताले पिरोलिन थालेका छन्, स्थानीय गाउँलेहरु।...

थारूवान

इटहरी- भारत नेपाल उच्चस्तरीय जलस्रोत बैठकले सुनसरीको बराहक्षेत्रमा रहेको सप्तकोसी उच्चबाँध बहुउद्देश्यीय आयोजना तथा सुनकोसी स्टोरेज, डाइभर्सन आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि दुई वर्ष म्याद थपेकोमा विरोध जनाउँदै नेकपा–माओवादीसम्बद्ध किराँत राष्ट्रिय मुक्ति मोर्चाले त्यसविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। मोर्चाले सुनसरीको इटहरीमा पत्रकार सम्मेलन गरी सप्तकोसी...

थारूवान

गोलबजार- सिरहाको दक्षिणवर्ती गाविस मझौरामा एक नवजात शिशुको शव फेला परेको छ। मझौरा गाविस– ३ स्थित पोखरीको झाँडीमा नवजात शिशुको शव फेला परेको हो। वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक ढकेन्द्र खतिवडाका अनुसार नवजात शिशुको शव हिजो साँझ नै फेला परे पनि कसको हो भनी खुल्न सकेका छैन। शिशु...

थारूवान

सप्तरी- सप्तरी जिल्लामा महिला यौनकर्मीको सङ्ख्या दिनानुदिन वृद्धि हुँदै गएको छ। इन्द्रेणी समाज सेवा सप्तरीले सार्वजनिक गरेको एक तथ्याङ्कअनुसार यहाँ ३२६ यौनकर्मी महिला फेला परेका छन्। यौनकर्मी महिला राजविराज नगरसहित राजमार्गका विभिन्न स्थानमा उल्लेखनीय रुपमा पाइएको इन्द्रेणी समाज सेवाका संयोजक शिवकुमार नायकले बताए। उनका अनुसार महिला यौनकर्मीहरु दिनानुदिन बढ्दै...

थारूवान

बुटवल- बसपार्कमा एक किशोरीमाथि सामूहिक बलात्कारमा संलग्न दोषीलाई कारबाही गर्न अधिकारकर्मीले प्रहरीलाई दबाब दिएका छन्। बलात्कारको घटनालाई अन्तै मोडेर पीडितमाथि उल्टै दोष थोपर्ने प्रयत्न भएकोप्रति चासो व्यक्त गर्दै अधिकारकर्मीले आज इलाका प्रहरी कार्यालय बुटवलमा पुगेर दबाब दिएका हुन्।

थारूवान

काठमाडौं- लुम्बिनी क्षेत्रमा ईशापूर्व करिब एकहजार ३०० वर्ष अघिदेखि नै मानवीय गतिविधि भएको ऐतिहासिक प्रमाण भेटिएको विज्ञहरूको दावी छ। पुरातत्व विभाग र बेलायतको दुरहाम विश्वविद्यालयले तीनवर्षदेखि गर्दै आएको अध्ययन तथा अनुसन्धानको प्रारम्भिक प्रतिवेदनमा यो दावी गरिएको हो। यस अनुसन्धानका पुरातात्विक उत्खनन् टोलीका नेता तथा सो विश्वविद्यालयका उपकुलपति रविन कनिङ्हामले मायादेवी...

थारूवान

इटहरी- सुनसरी जिल्लाको कोसीटप्पु वन्यजन्तु आरक्षसँग जोडिएको हरिपुरका स्थानीयवासीले हात्ती आतङ्क नियन्त्रणमा प्रशासनले काम नगरेको भन्दै बिहीबार बिहानखि सो क्षेत्रमा यातायात अवरुद्ध पारेका छन्। पटक–पटक हात्ती नियन्त्रणका लागि प्रशासन गुहार्दै आएका स्थानीय हात्ती पीडितले हरिपुर–३ की ५५ वर्षीया मौलीदेवी मुखियाको हिजो राति जङ्गली हात्तीले मारेपछि आक्रोशित भएर सडक आन्दोलनमा...

थारूवान

विराटनगर- यसवर्षको अत्यधिक चिसोका कारण पूर्वाञ्चलभरमा ६० जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको पूर्व क्षेत्र प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ। मृत्यु हुनेमा ३४ पुरुष र २४ महिला र २ बच्चा रहेका छन्। प्राप्त जानकारीअनुसार सप्तरीमा ३७, सिराहमा १३, झापामा सात, उदयपुरमा दुई र पाँचथरमा एक जनाको मृत्यु भएको हो।

थारूवान

चौतारा- सिन्धुपाल्चोकको भोटेनाम्लाङ गाविस–१ निवासी ५९ वर्षीय चिनीबहादुर तामाङको बुधबार भतिजाले हत्या गरेका छन्। आफन्तकहाँ छेवर मनाउन गएका उनीहरूबीच सामान्य विवाद भएपछि ३१ वर्षीय भतिजा हर्कबहादुर तामाङले भरुवा बन्दुकको कुन्दाले हानेर चिनीबहादुरको हत्या गरेको इलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ।

थारूवान
1 76 77 78 79 80 99