समाज

गोली हानी बीस लाख लुटियो

गौशाला- महोत्तरीको पडौला बजारमा आज दिउँसो एक हतियारधारी समूहले गोली प्रहार गरी एक व्यक्तिबाट रु २० लाख लुटेको छ। जनकपुरबाट पैसा लिएर बेलबा सरपल्लो जाँदै गरेका राजदेव चौधरीलाई आज दिउँसो २ बजे बीच बाटोमा पर्ने पडौला बजारमा अपरिचित व्यक्तिहरुले गोली हानी रु २० लाख लुटेर भागेको जिल्ला प्रहरी कार्यालय...

थारूवान

दाङ- थारु पत्रकार संघ दाङले आफ्नो स्थापना दिवसको अवसर विविधका कार्यक्रम घोषणाअनुसार मंगलबार एक कार्यक्रम गरी उद्‍घाटन गरिएको छ। नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष केएल पीडित मान्दल वजाएर र थारु पत्रकार संघ दाङ शाखाका अध्यक्ष सन्तोष दहितले झाली बजाएर मघौटा नाचको संयुक्त उद्‍घाटन गरेका थिए।

थारूवान

नारायण न्यौपाने, काठमाडौं- गोरखाको उत्तरी भेगबाट बरामद गरिएको दुर्लभ जनावर चिरुका एक हजार १५० किलोग्राम रौँ (साहतुस) सार्वजनिक गरिएको छ। सो परिमाणको रौँको अन्तर्राष्ट्रिय मूल्य करिब रु तीन अर्ब ६० लाख रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गोरखा जिल्ला थुमी गाविसका क्योरपानी र सोतीबाट सो रौं बरामद गरेको हो।...

थारूवान

काठमाडौं- गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले नेपाली सेनाका कर्णेल कुमार लामालाई मानवअधिकारको उल्लघंन गरेको अभियोगमा बेलायती प्रहरीले गिरफ्तार गरी मुद्दा चलाइएकोप्रति कडा आपत्ति जनाएको छ। आइतबार प्रेस विज्ञप्ती जारी गर्दै गेसोले बेलायतसामु पाँच प्रश्न‍नको जवाफ दिनसमेत माग गरेको छ।

थारूवान

इटहरी- पूर्वी नेपालमा नै सबैभन्दा बढी होटल लज तथा रेस्टुरेन्ट सञ्चालन भइरहेको सुनसरी जिल्लाको इटहरीमा पछिल्लो समयमा घरघरमा नै कोठीसमेत सञ्चालन हुन थालेको तथ्य फेला परेको छ। अवैध यौनधन्दामा संलग्न महिला शोभा दाहाल नेतृत्वको महिला टोलीले इटहरी–५ मा रहेको अफ्नै घरमा कोठी चलाइरहेको प्रहरीले फेला पारेको छ।

थारूवान

रुकुम- रोल्पाको मिझिङ गाविस–८ बर्जिबाङमा बाघको टोकाइबाट दुई मानिससहित तीन पशु चौपाया घाइते भएका छन्। आज बिहान करिब ५ बजे गाउँमै आएर बाघले उनीहरुलाई टोकेको हो। बाघले टोकेर घाइते हुनेहरुमा मिझिङ–८ निवासी १४ वर्षीया सिता महरा र शिवलाल सुवेदी छन्। बाघले झम्टने बित्तिकै उनीहरुले घरभित्र पसेर ज्यान जोगाएको स्थानीय...

थारूवान

परासी–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको डण्डामा शनिबार राति भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा९च ४०३९ नम्बरको कारमा बा३३प १४४० र लु११प २८१९ नम्बरको मोटरसाइल एकआपसमा ठोक्किएर सो दुर्घटना भएको थियो। 

थारूवान

सन्तोष यादव, सिरहा- सिरहाको लक्ष्मीपुरपतारी गाविस–१ स्थित प्राथमिक विद्यालय धनछवारका प्रधानाध्यापक शिवनारायण मण्डलले रु २० लाखभन्दा बढी भ्रष्टाचार गरेको अभिभावकहरुले आरोप लगाएका छन्। जिल्ला शिक्षा कार्यालयले शौचालय, भवन, छात्रवृत्ति र दिवा खाजा शीर्षकमा दिएको बजेटबाट रु २० लाखभन्दा बढी प्रअ मण्डलले भ्रष्टाचार गरेको स्थानीयवासीको आरोप छ। भ्रष्टाचारको आरोप लागेका...

थारूवान

काठमाडौं- काठमाडौं उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको छ। काठमाडौँमा हिजो ०.७ तापक्रम रहेकामा आज ०.२ पुगेको छ। उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको र तत्कालै पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्ने मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। उनले देशका तराईका जिल्लाबाहेक सबै स्थानमा जाडो बढेको पनि बताए। 

थारूवान

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको ३८औँ दीक्षान्त समारोहबाट पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुने भएका छन्। यही पुस २५ गते काठमाडौँको दशरथ रङ्गशालामा हुने भनिएको दीक्षान्त समारोहमा पाँच हजार ४८६ विद्यार्थी दीक्षित हुन लागेको विश्वविद्यालयका सह परीक्षा नियन्त्रक कृष्णप्रसाद आचार्यले जानकारी गराए। 

थारूवान
1 80 81 82 83 84 99