काठमाडौंमा यस वर्षकै बढी चिसो
काठमाडौं- काठमाडौं उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको छ। काठमाडौँमा हिजो ०.७ तापक्रम रहेकामा आज ०.२ पुगेको छ। उपत्यकामा आज यसवर्षकै बढी चिसो भएको र तत्कालै पानी पर्ने सम्भावना नरहेकाले चिसो अझै बढ्ने मौसमविद् राजेन्द्र श्रेष्ठले बताए। उनले देशका तराईका जिल्लाबाहेक सबै स्थानमा जाडो बढेको पनि बताए।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँको आजको न्यूनतम् तापक्रम ०.२ डिग्री सेल्सियस र अधिकतम् तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म छ। रासस
Facebook Comment