समाज

सिरहामा चिसोले मर्नेको सङ्ख्या बाह्र पुग्यो

सिरहा- अत्यधिक चिसो र बाक्लो हुस्सुका कारण सिरहामा मर्नेको सङ्ख्या १२ पुगेको छ। मर्नेहरुमा एक बालिका, ६ वृद्धा र पाँच वृद्ध छन्। नीयवासीका अनुसार इटारीप्रसाही गाविसमा छ दिनमै एक बालिकासहित छ जना दलित वृद्धाको कठाङ्ग्रिएर मृत्युभएका छन्। आर्थिक अभावले न्यानो कपडाको लगाउन नसक्दा दलित बालिका र वृद्धाहरुको ईटारीप्रसाहीका महिला शिक्षक...

थारूवान

दाङ- थारु विद्यार्थी समाज दाङले महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा अनिश्चितकालिका लागि तालाबन्दी गरेको छ। क्याम्पसमा हालै भएको शिक्षक छनोट प्रक्रियामा निष्पक्ष तरिकालबाट नभएर एकलौटिरुपमा पार्टीगत भागबन्डाबाट प्राध्यापक राख्न खोजेको भन्दै समाज दाङले तालाबन्दी गरेको हो।

थारूवान

काठमाडौं- एक महिलाको हत्याको आरोपमा १५ वर्ष जापानको कारागारमा कैद भुक्तान गरेका इलामका गोविन्द मैनालीले सातलाख ९० हजार अमेरिकी डलर क्षतिपूर्ति उपलब्ध गराउन जापान सरकारसमक्ष आग्रह गरेका छन्। मैनालीलाई त्यहाँको उच्च अदालतले निर्दोष रहेको आदेश जारी गर्दै हालै जेलमुक्त गरेको थियो। अदालतको आदेशपछि उनी हाल नेपालमा बसोवास गर्दै आएका छन्।

थारूवान

नेपालगन्ज- मुक्त कमैया घोषणा भएको १३ वर्ष पुग्दासम्म राज्यबाट आफूहरुले आश्वासन पाएको तर सहयोग नपाएको बाँकेका मुक्त कमैयाहरुले बताएका छन्। मुक्त कमैया घोषणासँगै सरकारले प्रतिकमैया तीन कठ्ठा जग्गा दिने, घरबाँसका लागि १० हजार नगद, घरका निर्माणका लागि काठ, मुक्त कमैया परिचयपत्र वितरण र लालपुर्जा वितरण गर्ने भनेपनि उपलब्ध नभएको...

थारूवान

राजविराज- अत्यधिक चिसोले सप्तरीमा एक सातायता छ जनाको ज्यान गएको छ। ज्यान जानेमा सप्तरी शम्भुनाथ गाविस–६ का ६० वर्षीय कारी सरदार बातर, बभनगामाकट्टी गाविस–५ का ६० वर्षीय परमेश्वर साह तेली, मधेपुरा–८ का ५५ वर्षीया फुलिया देवि, बभनगामाकट्टी ६ का ४५ वर्षीय हननुमानी साफी र दौलतपुर ८ का ४६ वर्षीय...

थारूवान

काठमाडौ- विदेशबाट फर्कँदै गर्दा काठमाडौँ विमानस्थलको अध्यागमनमा रहेकाहरुबाट लुटिएर यौन दुर्व्यवहार समेत सहनुपरेकी सीता (नाम परिवर्तन) राईलाई सरकारले १ लाख ५० हजार रुपियाँ राहत दिने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले अपराधीलाई हदैसम्म कारबाही गर्ने निर्णय पनि गरेको जानकारी सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालले दिए। राईलाई हिजो...

थारूवान

विराटनगर- मोरङको उत्तरीपूर्वि पहाडी गाविस टाँडी-४ मा आमासहित दुई बच्चा मृत अवस्थामा फेला परेका छन्। तीन वर्षकी छोरी र डेढ वर्षका छोरा बिहीबार बिहान झुण्डिरहेको अवस्थामा भेटिएको र आमाको पेटमा छुरा प्रहार गरिएको मोरङ प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी उमाप्रसाद चुर्तवेदीका अनुसार टाँडी-४ मा बस्ने लंका राईका...

थारूवान

बर्दिया- थारु बैडावा गुरुवा समाजले १५ बुँदे घोषणा पत्र जारी गरेको छ। बर्दियामा बसेको दुई दिने भेलाले सो घोषणा पत्र जारी गरेको हो। भेलाले प्रधानमन्त्री बाबुराम भट्टराईलाई ११ बुँदे मागसमेत प्रस्तुत गरेको छ। जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत् उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग पेस गरेका हुन्। 

थारूवान

गौर- रौतहटका केही गाविसमा जङ्गली निलगाईले आतङ्क मच्चाउन थालेको छ। कटहरिया, भसेडवा, फतुवा हर्साह, लक्ष्मिनिया, बडहर्वा, वसन्तपुर, ब्रहमपुरीलगायतका गाविसमा निलगाईका कारण स्थानीय किसानहरू आतङ्कित बनेका छन्। निलगाईले किसानले लगाएको मुसुरो, धनिया, गहुँ नष्ट गर्न थालेका कारण किसानहरू समस्यामा परेका हुन्।

थारूवान

गौशाला- लगातार बढ्दै गएको चिसोको कारण महोत्तरीमा गएराति थप दुईजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मटौलिया–४ बस्ने ६० वर्षीय मिश्री यादव र औरही–३ बस्ने ४० वर्षीय विनोद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

थारूवान
1 82 83 84 85 86 99