अत्याधिक चिसोले सप्तरीमा ६ को ज्यान गयो
राजविराज- अत्यधिक चिसोले सप्तरीमा एक सातायता छ जनाको ज्यान गएको छ। ज्यान जानेमा सप्तरी शम्भुनाथ गाविस–६ का ६० वर्षीय कारी सरदार बातर, बभनगामाकट्टी गाविस–५ का ६० वर्षीय परमेश्वर साह तेली, मधेपुरा–८ का ५५ वर्षीया फुलिया देवि, बभनगामाकट्टी ६ का ४५ वर्षीय हननुमानी साफी र दौलतपुर ८ का ४६ वर्षीय झल्लु राम रहेको प्रहरीले जनाएको छ।
यता अत्यधिक चिसोका कारण बालबालिका तथा वृद्धवृद्धाहरु धमाधम विरामी समेत पर्न थालेका छन्। सगरमाथा अञ्चल अस्पतालका अनुसार चिसोका कारण विरामी भएर दैनिक ३० देखि ३५ विरामीहरु अस्पतालमा भर्ना हुने गरेका छन्। जसमध्यै अधिकांश बालबालिका छन्।
पछिल्लो दुई सातादेखि सितलहरसँगै वढदै गएको चिसोका कारण सप्तरीको समग्र जनजिवन कष्टकर बन्दै गएको हो। गत वर्ष सप्तरीमा पुसको तेस्रो सातादेखि सितलहर बढेको थियो चिसोका कारण गतवर्ष सप्तरीमा करिब चार दर्जन भन्दा बढी मानिसको मृत्यु भएको थियो।
Facebook Comment