समाज
जाडोले दुईको मृत्यु, जनजीवन प्रभावित
गौशाला- दुई दिनदेखि एक्कासी बढेको जाडोका कारण महोत्तरीको जनजीवन प्र्रभावित भएको छ। जाडोकै कारण दुई जनाको ज्यानसमेत गएको छ। जिल्लाको मटिहानी–९ मा एक जना मागी खाने नाम नखुलेका अन्दाजी वर्ष ७५ को वृद्धको मृत्यु भएको छ। त्यसैगरी सदरमुकाम जलेश्वर–१ मा मामा घर आइबसेका भारत सितामढी निवासी रामबाबु साहको ७ वर्षीय...
थारूवानभ्रद्रपुर- झापाको सतासीधाम गाविस–१ बस्ने मानबहादुर नेपालीले गतराति आफ्नै पत्नीलाई कुटपिट गरेर हत्या गरेका छन्। मानबहादुरकी पत्नी ५५ वर्षीया सुकलक्ष्मीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। पारिवारिक विषयमा विवाद भएपछि उक्त घटना भएको प्रहरीले भनाइ छ। पति मानबहादुर फरार भएका र उनको खोजी भइरहेको छ।
थारूवानभक्तपुर- भक्तपुरको दुवाकोट गाविस-१ तल्लो हाइटमा बोल्न नसक्ने एक बहिरा दम्पत्तीले आज आत्महत्या गरेका छन्। दुवाकोटकी सरिता कार्कीको घरमा भाडामा बस्दै आएका दोलखा लाँकुरीडाँडा-४ का २६ वर्षीय सुवास केसी र उनकी स्वास्नी काभ्रे देवभूमि बालुवा-२ की २६ वर्षीया रमा केसीको आज अपराह्न कोठामा शव भटिएको हो।
थारूवानकञ्चनपुर- सशस्त्र प्रहरीको गस्ती टोलीले आज कञ्चनपुरको त्रिभुवनबस्तीमा रहेको आइबिआरडी बजार क्षेत्रबाट भन्सार छली ल्याइएको रु १२ लाख मूल्य बराबरका सामान बरामद गरेको छ। सुराकीका आधारमा पुगेको प्रहरी टोलीले तीनवटा ट्र्याक्टरमा ल्याउँदै गरेको २९२ बोरा सिमेन्ट, ४५० बोरा युरिया मल र हार्डवेयरको सामान हिजो बरामद गरेको हो।
थारूवानपाँचथर- बालविवाह गरेको अभियोगमा शुक्रबार पाँचथरमा विवाहमण्डवबाटै बेहुलाबेहुली र पुरेतसहित विवाहमा सहभागी सातजनालाई प्रहरीले नियन्त्रणमा लिई धरौटीमा रिहा गरेको छ। पाँचथर लुम्फाबुङ ५ का नरेन्द्र घिमिरेकी १५ वर्षीया छोरी सुमित्रा घिमिरे र फिदिम– २ निवासी धनकुमार धमलाका १७ वर्षीय छोरा राजन धमलाको विवाहका लागि बेहुला पक्षले बेहुलीको अभिभावको सहमतिबिना...
थारूवानवीरगन्ज- गृहसचिव नवीनकुमार घिमिरेले कानुनी राज्य र विधिको शासन स्थापना गर्नका लागि मुलुकबाट दण्डहीनता र अराजकताको अन्त्य हुनुपर्ने बताएका छन्। गृह मन्त्रालयद्वारा यहाँ आयोजित “सुरक्षासम्बन्धी क्षेत्रीय सम्मेलन” को समापनका अवसरमा बोल्दै उनले भने, ‘ राजनीतिक आवरणमा गैरराजनीतिक र आपराधिक क्रियाकलापले प्रश्रय पाइरहेको हु”दा त्यसलाई नियन्त्रण गर्नु नै अहिलेको प्रमुख...
थारूवानकालीकोट- महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कालीकोटको रुप्सास्थित एक गाउँमा छोरीलाई छोरा सरह अंश दिइएको छ। अंशबण्डा पाउनेमा रुप्सा गाविस- ३ निवासी अबिसरा सहकारी रहेकी छिन्। एकै आमाबाबुको सन्तान छोरीको पनि बाबुको सम्पत्तिमा बराबर हक लाग्ने भएकाले चार भाइ बहिनीलाई बराबर अंश दिएको बताइएको छ।
थारूवानसप्तरी- सप्तरीको जण्डौल गाविसमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर आत्महत्या गरेकी हुन्। जण्डौल गाविस–८ घोघिदाहास्थित माइतीमा बस्दै आएकी मनिषाले माइतीमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। उनका श्रीमान् सुरेश विगत एक वर्षदेखि वैदेशिक रोजगारका सिलसिलामा विदेशमा...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश