समाज
सिरहाका वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार
सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित गरेर केहीबेर अगाडि गोली प्रहार भएको छ। यादवलाई लक्षित गरेर चार गोली प्रहार भएको हो।प्रहरीका अनुसार, गोली प्रहार भए पनि रामपुरविर्ता गाविस–२ घर भएका वाइसिएल सहइन्चार्ज यादव बाँच्न सफल भएका छन्। गोली...
थारूवानसिरहा- सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका महिलाले यसलाई पेसाका रुपमा अपनाएको देखिएको छ। इन्द्रे नी सेवा समाज गोलबजारले गरेको अध्ययनअनुसार सिरहामा २०८ जना महिला यौनकर्मी सक्रिय यौन पेसामा लागेका छन्। समाजले आज लहानमा पत्रकार सम्मेलन गरी यौनकर्मी महिलाको तथ्याङ्क सार्वजनिक गरेको हो।
थारूवानरत्ननगर- सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयको टोलीद्वारा पूर्वलडाकुहरु बसेको चितवनको पदमपुरस्थित २०० बिघा क्षेत्रमा आज अनुगमन गरेको छ। पूर्वलडाकुहरु अहिले कसरी बसेका छन्, विगतमा अवकाशवापत् दिएको रकम केमा प्रयोग गरेका छन् र अब भावी योजना के छ भन्ने बारेमा उनीहरुको घरमै पुगेर जानकारी लिएको सचिवालयले जनाएको छ।
थारूवानकाठमाडौं, कात्तिक २४- राज्यले युवाहरुलाई रोजगारी दिनुपर्नेर नभए बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र ट्रेड युनियनहरुद्वारा आज यहाँ आयोजित ‘ट्रडे युनियन, युवा र आइएलओ मापदण्ड’ विषयक गोष्ठीमा सरोकारवाला युवाहरुले सरकारले युवाहरुलाई क्षमताअनुसारको रोजगारी दिन नसकेकाले नेपालका शिक्षित युवाहरु विदेश पलायन हुन परेको...
थारूवानकाठमाडौं- नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को सदस्यमा निर्वाचित भएको छ। राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को चयन गरेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ। तीन वर्षका लागि परिषद् सदस्यमा निर्वाचित नेपालले आगामी पुस १७ गतेदेखि कार्यभार सम्हाल्ने छ।
थारूवानजनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले कर्मचारीको स्वेच्छाचारी प्रवृत्तिको सामना गर्नुपरिरहेको छ। स्थानीय सञ्चारकर्मी धु्रवकुमार झा आफूले आवश्यक परेको सूचना लिन एक महिनाअघि जिल्ला प्रशासन कार्यालयमा दर्ता गराएको निवेदनको कुनै प्रतिक्रिया नआएको बताए।
थारूवानइटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक बङ्गलादेशी नागरिक रहेका छन्। उनीहरु डकैती, ज्यान मुद्दा, अपहरण, खोटा नोट चलन र नक्कली नागरिकतालगायतका आपराधिक कार्यमा संलग्न भएको अभियोगमा लामो समयदेखि कारागार जीवन बिताउँदै आएका...
थारूवानविश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो दिन कात्तिक २६ गते बिहान १० बजेर १८ मिनेटबाट त्रयोदशी तिथि आरम्भ हुन्छ। त्यसकारण यो साँझ दैलोमा यमराजलाई स्मरण गरी आह्वान स्वरुप दीपदान गरिन्छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश