सलिमा

दस सहरमा हुँदै मिस्टर एण्ड मिस थारुको अडिसन, यसरी दिन सकिन्छ आवेदन

चौथो संस्करणको मिस्टर एण्ड मिस थारु २०२२ को अडिसनको तयारी पूरा भएको छ। आयोजक जहइन्टरटेनमेन्टले पत्रकार सम्मेलन गरी अडिसनको तयारी पूरा भएको जानकारी दिएको हो। जह इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुरेश कुमार चौधरीले यही साउन २१ गतेदेखि सुरु हुने अडिसनको तयारी पूरा भएको बताए।

थारुवान संबाददाता

अन्नु चौधरी र नरेश जोगीले गाएको थारु गीत ‘दिन गिन गिन’ करोड क्लबमा प्रवेश गरेको छ। योसँगै ‘मन लागेन’पछि करोड क्लबमा पुग्ने दोस्रो थारु गीत बनेको छ। यसअघि अन्नु चौधरी र आरके थारुको गीतले इतिहास रच्दै करोड क्लबमा पुग्न सफल भएको थियो।

थारुवान संबाददाता

काठमाडौं : गायक नरेश जोगीले राष्ट्रिय थारु कलाकार प्रतिष्ठान सबैको साझा चौतारी भएको बताएका छन्। प्रतिष्ठानले थारु कलाकारहरुको हक हितका लागि काम गर्ने उनले बताए। ‘यो संस्था कुनै व्यक्तिको होइन। यो थारु कलाकारहरुको साझा चौतारी हो। यस संस्थामा पूर्वदेखि पश्चिमसम्मका थारु कलाकारहरुको आबद्धता रहेको छ। यस संस्थाले राज्यबाट पाउने...

थारुवान संबाददाता

गायक नरेश जोगगीको नेतृत्वमा राष्ट्रिय थारु कलाकार प्रतिष्ठान गठन गरिएको छ। शनिबार राजधानीमा बसेको बैठकले १३ सदस्यीय तदर्थ कमिटी गठन गरेको छ। नरेश जोगी अध्यक्ष रहेको कमिटीमा उपाध्यक्षमा चन्द्र चौधरी, महासचिवमा विजय चौधरी, सचिविमा आरके थारु, कोषाध्यक्षमा अन्नु चौधरी र सहकोषाध्यक्षमा गणेश चौधरी रहेका छन्।

थारुवान संबाददाता

आसन्न स्थानीय तह निर्वाचनमा थारु कलाकारहरु पनि होमिएका छन्। चम्पन साँस्कृतिक समूहमार्फत् थारु कला क्षेत्रमा योगदान पुर्‍याउँदै आएका नन्दुराज चौधरी दाङको राप्ति गाउँपालिका वडा ४ मा अध्यक्षको उम्मेदवारी दिएका छन्। उनले नेकपा एमालेबाट वडाध्यक्षका आकांक्षी बनेका हुन्।

थारुवान संबाददाता

बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

थारुवान संबाददाता

रेकर्डका हिसाबले भन्ने हो भने थारू गीत संगीतको इतिहास धेरै लामो छैन। तीन दशकअघि थारू संगीत ‘कमर्सियल’ बन्दै गर्दा थारू भाषामा संगीत भर्ने र स्वर दिने सबै नेपाली सांगीतिक क्षेत्रका सर्जकहरू थिए। विसं २०४७ सालमा बनेको थारू फिल्म ‘करम’मा डम्बर गुरुङले संगीत भरे, जसमा लोचन भट्टराई, विमला राईलगायतको स्वर...

मदन चौधरी

नेपाली फिल्म इतिहासमा पहिलोपटक थारु भाषाको गीतमार्फत् ‘प्रमोशन’ गरिएको छ। सुदर्शन थापा निर्देशित, पल शाह र पूजा शर्मा अभिनित ‘म यस्तो गीत गाउँछु २’ फिल्मलाई थारु गीतमार्फत् प्रमोशन गरिएको हो। चितवनको थारु गाउँमा सुटिङ गरिएको प्रमोशन गीतको प्रिमियर बुधबार सिटिसी मलमा आयोजना गरिएको थियो।

थारुवान संबाददाता

भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ। उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए।

थारूवान

गीत, संगीत, कला, साहित्यजस्ता विषय वस्तुको कुनै परिधि र सीमा हुँदैन। यी विषयवस्तुलाई जात, धर्म, राष्ट्रियताजस्ता तत्वहरुले छेक्दैन। हाम्रो मुलुकमा मात्र हेर्ने हो भने पनि थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका गीत संगीतहरुले बेला बेलामा बजार ओगटेको देखिन्छ।

विनय वैद्य