2
प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा
व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् । राष्ट्रपतिसमक्ष राजीनामा पेश गरिसकेको प्रधानमन्त्री ओलीले सदनलाई जानकारी दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओली गत असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।
थारूवानसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको मुद्दा सम्बोधन नभएसम्म मुलुकमा कुनै निर्वाचन गर्न नदिने घोषणा गरेका छन्। उनले संविधानमा मधेसीको अधिकार सुरक्षित गर्दै सीमाङ्कनको टुङ्गो नलगाएसम्म स्थानीय निकाय वा अन्य निर्वाचन कुनै पनि हालतमा गर्न नदिने दाबी गरे।
थारूवानउपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)ले सरकारबाट हटने निर्णय गरेको छ । पार्टीका नेताहरूले यसलाई तत्कालै सार्वजनिक नगर्ने निर्णय गरेकाले विज्ञप्ति जारी नगरिएको नाम नखुलाउने सर्तमा बैठकमा सहभागी एक नेताले जनाएका छन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश