2
दोस्रो चरणको निर्वाचन कार्यक्रम सार्वजनिक, असार २ गते उम्मेदवार मनोनयन
दोस्रो चरणको स्थानीय तह निर्वाचनको मितिमाथि बहस चलिरहँदा निर्वाचन आयोगले दोस्रो चरणको कार्यतालिका सार्वजनिक गरेको छ। संयोग नै मान्नुपर्छ दोस्रो चरणको कार्यतालिका सार्वजनिक हुँदा चुनावविरुद्ध उभिएको राष्ट्रिय जनता दलले बन्दका कार्यक्रम फिर्ता लिएको छ।
थारूवानराष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजकुमार लेखीले आफूहरुको माग सम्बोधन नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन्। थारु पत्रकार संघ नेपालको चितवन शाखाद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महासचिव लेखीले थारु, मधेसी र समग्र आदिवासी जनजाति समुदायको माग नै आफूहरुको माग भएको दाबी गरे। अहिलेको निर्वाचन प्राप्त अधिकारलाई पनि समाप्तपार्ने...
थारूवानभदौ ८ गतेको टीकापुर घटनामा रेशम चौधरीपछि बढी क्षति शिवनारायण चौधरीको भएको थियो। निरु ट्रेडर्सका सञ्चालक चौधरीको करोडौंको इलेक्ट्रोनिक्स सामान र तीन तल्ले घरमा आगजनी गरिएको थियो। भदौ ८ गतेको साँझ उनको घरमा करिब ४० जनाको संख्यामा आएको समूहले उनको घरमा तोडफोड तथा आगजनी गरेको थियो। समूहमा अखण्ड पक्षधरमात्र...
थारूवाननेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनमा तालमेल गरेर जाने अन्तिम तयारी गरेका छन्।उपप्रधानमन्त्री समेत रहेका लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार र संघीय समाजवादी फोरमका अध्यक्ष यादवबीच निर्वाचनमा तालमेल गर्नेबारे पटक–पटक छलफल समेत भइसकेको छ।
थारूवानराष्ट्रिय जनता पार्टी नेपाल सहितको संघीय गठवन्धनले दोस्रो चरणको चुनावमा अवरोध गर्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । उसले स्थानीय तहको संख्या बृद्धि सहमति अनुसार नभएको भन्दै अस्वीकार भएको बताएको छ र, यथास्थितिमा चुनावमा नजाने बताएको छ । राजपा नेपाललाई चुनावमा सहभागी गराउन भन्दै सरकारले हालै मात्र २२ स्थानीय...
थारूवानआगामी जेठ ३१ गते हुन गइरहेको स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र दाङले जनाएको छ। जिल्लाका सयवटै वडामा पनि उम्मेदवार टुंगो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका...
थारूवानराष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ। बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो। प्रधानमन्त्री दाहालले बुधबार राजीनामा दिइसकेका छन् र अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश