2

थ्रेस होल्डले साना दल थर्कमान, प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

कृष्णराज सर्वहारी/काठमाडौं। साना दलका नेताहरु चुनावमा थ्रेसहोल्ड लगाउनु पर्ने ठूला दलको संशोधन प्रस्तावले थर्कमान भएका छन्। बुधबार संघीय समाजवादी फोरमको संसदीय दलको कार्यालयमा बसेको साना दलको बैठकले थ्रेसहोल्ड लगाउने ठूला दलको संशोधन प्रस्ताव फिर्ता गराउन ४ ठूला दलका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने भएका छन्।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन फेरि सरेको छ । यसअघि तीन पटक मिति तोकिँदै रोकिएको महाधिवेशन यसपटक भने एक साता पछि सर्नुमा जातीय संगठनहरुको आग्रह हो भनेर नेतृत्वले प्रष्टिकरण दिएको छ । महासंघको महाधिवेशन मंसिर २५ देखि २७ सम्म चितवनमा तोकिएको थियो । तर अब पुस २ देखि ४ सम्म...

थारूवान

कृष्णराज सर्वहारी/काठमाडौं सांसदहरु आफ्नो सुविधा बढाउने ध्याउन्नमा मात्र लागे। यसबारे तपाईको प्रतिक्रिया के छ? भनी सोध्दा सुन्धारामा नाङ्ले पसल थापेर बस्नु भएकी रीता श्रेष्ठले आक्रोश पोख्दै भन्नु भयो– यस्ता प्रश्न हामी गरीपलाई किन सोध्छौ पत्रकार भाइ, जाउ न उही सांसदका श्रीमती, छोराछोरीलाई सोध। देश दुनो गाईझैं दुहने उनीहरु, प्रश्नको...

थारूवान

आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागबमोजिम सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावमा प्रमुख तीन दलबीच सहमति जुट्न सकेन। संविधान संशोधन प्रस्तावलाई अन्तिम रुप दिन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्षस्थ नेतासहितको बैठकमा एमालेले राष्ट्रिय हितविपरित संविधान संशोधन हुन...

थारूवान

भारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो।

थारूवान

पूर्पपक्षका लागि कैलाली कारागारमा राखिएका टीकापुर घटनाका अभियुक्तहरुलाई बलाङ्केट प्रदान गरिएको छ। सभासद डा. गोपाल दहित र थरुहट/थारुवान संयुक्त संघर्ष समिति बर्दियाको सहयोगमा २५ थान ब्ल्याङ्केट प्रदान गरिएको हो। कारागारमा रहेका थरुहट आन्दोलनकारी कैदीहरुलाई जाडो छल्न सजिलो होस भनेर बलाङ्केट उपलब्ध गराइएको हो।

थारूवान

एसडी मुनी नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु युनिभर्सिटि (जेएनयु) का राजनीति शास्त्रका प्राध्यापक एसडी मुनी नेपालबारे राम्रो जानकार मानिन्छन् । विभिन्न देशका लागि भारतका राजदुत समेत भइसकेका उनी आइडिसएमा पनि अध्ययन अनुसन्धान गराउनमा संलग्न छन् । तात्कालिन माओवादी द्वन्द्वका बारेमा उनी जानकार मात्र छैनन् कि सो द्वन्द्व चलाउने मध्येका केही...

थारूवान

थारु विद्यार्थी समाजको केन्द्रीय समिति बैठकले सल्लाहकार र केन्द्रीय समिति मनोनयन गरेको छ। राजधानीमा बसेको बैठकले ७ जना सल्लाहकार र चार जना केन्द्रीय सदस्य मनोनीत गरेको हो।

थारूवान

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका धेरै विषयमा दलहरुबीच सहमति भइसकेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आइतबार बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले छिट्टै संविधान संशोधन हुने र स्थानीय तहको चुनाव हुने बताए ।

थारूवान

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिले हल्ला भए जस्तो गरी संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गराइए त्यो कुनै हालतमा आफूहरुले नमान्ने बताएका छन्।

थारूवान
1 92 93 94 95 96 131