3

सुदूरपश्चिमको बन्द यातायात खुल्यो, बडिमालिका यातायात चल्न नपाउने

सुदूरपश्चिमका आठ वटा बस व्यवसायी समितिले दुई दिनदेखि गरेको यातायात बन्द आज बिहानैदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा गएराति अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा झडपपछि पक्राउ परेका मजदुरको रिहाइ, बडिमालिका यातायातका अध्यक्षसहितका पदाधिकारीलाई एक साताभित्रै धनगढी बोलाएर वार्ता गर्ने सहमति भएपछि बन्द यातायात खुलेको हो ।

थारूवान

मकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का...

थारूवान

एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरु सम्मानित भएका छन्। सन्जय चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो। राजधानीको तमुबौद्धमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

थारूवान

‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए ।

थारूवान

१२ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई सरकारले बिहीबार नगद पुरस्कारबाट सम्मानित गरेको छ। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता खेलाडी, प्रशिक्षक र सम्बन्धित राष्ट्रिय संघलाई गरी झन्डै ४ करोड रुपैयाँ र प्रशंसापत्र वितरण गरे। साग सकिएको करिब ६ महिनापछि सरकारले पदकधारीलाई पुरस्कृत गरेको...

थारूवान

संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ।

थारूवान

दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो। 

थारूवान

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

थारूवान

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ।

थारूवान