4

म्यादी प्रहरीमा भर्ती हुन आएका बाँकेका टोलबहादुर चौधरीको मृत्यु

म्यादी प्रहरी हुन आएका बाँके बैजापुरका टोलबहादुर थारुको मृत्यु भएको छ । एक किलोमिटर दौड सकेर पुसअफ गर्ने क्रममा थारु बेहोस भएका थिए । उनलाई प्रहरीले अस्पताल पुर्याएपनि बचाउन सकेनन् । बाँकेका एसपी टेकप्रसाद राईका अनुसार, एक किलोमिटरको दौड सकेर केहीबेरको आराम पछि सेटअफ, पुसअफमा लगिएको थियो ।

थारूवान

सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमति अनुसार सरकारले केही दिनमा संविधानको धारा २७४ संशोधन गर्ने गरी अर्को संविधान संशोधन प्रस्ताव अघि बढाउने छ । सहमति कार्यान्वयन भए मधेसी मोर्चा पनि अब हुने स्थानीय चुनावमा सहभागी...

थारूवान

एसईई दिएर बसेका विद्यार्थीलाई संगीतकार विकास चौधरीले निःशुल्क संगीत तथा गायनको प्रशिक्षण दिने भएका छन्। परीक्षाफल प्रकाशित नभएसम्म संगीतमा रुचि राख्ने विद्यार्थीलाई उनले निःशुल्क प्रशिक्षण दिनेछन्।

थारूवान

सन्तोष दहित/दाङ। थारु भाषा, साहित्यिको पहिलो पत्रिकाको जन्मदाता एवं भाषाको योद्धा लालबहादुर चौधरी अस्पताल भर्ना भएका छन्। २०२८ सालमा प्रकाशन सुरु भएको थारु भाषाको गोचाली पत्रिकाका सम्पादक मण्डलका सदस्यसमेत रहेका चौधरी लामो समयदेखि प्रेसरको बिरामी थिए। गत हप्ता दायाँ हात, खुट्टा एक्कासी नचलेपछि उनलाई नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको छ।

थारूवान

स्थानीयलाई थाहै नदिई नियम विपरित जैतापुरमा रहेको मनहर्वा स्वास्थ्य चौकीको कार्यालय सखुईमा सारिएपछि जैतापुर आसपासका स्थानीय आक्रोसित बनेका छन् । आक्रोसित स्थानीयले स्वास्थ्य संस्था सार्न नहुने र सारिएको कार्यालय पुरानै स्थानमा फिर्ता गरि संचालनको माग गरेका छन् । मनहर्वाका स्वास्थ्य चौकी इन्चार्ज रामएकवालप्रसाद यादवले मनोमानी ढंगबाट कार्यालय सार्ने प्रयास...

थारूवान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको चौमाला कुचैनी सडकखण्डमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षीय प्रकाश चौधरी, सोही ठाउँका ३० वर्षकै हरिनारायण चौधरी र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

थारूवान

लखन चौधरी/धनगढी। थारु समुदायको महिलाहरुले मनाउँदै आइएको चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गरिएको छ। नारी स्वतन्त्रको प्रतीकको रुपमा लिने चिरै भजहर कार्यक्रममा स्थानीय विदाको माग गर्दै थारु महिलाहरुले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको ध्यानाकर्षण गराएका छन्। संखी सञ्जाल कैलालीले प्रमुख जिल्ला अधिकारी रिजाललाई मागपत्र बुझाउँदै स्थानीय विदाको माग गरेको...

थारूवान

नवलपरासीको कावासोतीमा रहेको राष्ट्रिय थारु संग्रहालय अध्ययन केन्द्रको मुख्य गेटको बिहीबार शिलान्यास गरिएको छ। संग्रहालयका अध्यक्ष कुलचन्द्र महतो, थारु कल्याणकारिणी सभा नवलपरासीका सभापति गणेशमान महतो, राष्ट्रिय थारु संग्रहालय संरक्षण अभियानका संयोजक नेत्र नारायण थनेत र राष्ट्रिय थारु संग्रहालयका संस्थापक अध्यक्ष तथा पूर्वसांसद मझिलाल थारु थनेतले संयुक्तरुपमा शिलान्यास गरेका हुन्।

थारूवान

थारु सीपलाई प्रवर्द्धन र महिलालाई उद्यमी बनाउने उद्देश्यका साथ दाङको सिसहनियामा तालिम आयोजना भएको छ। सांसद गंगा थारुको संसदीय कोषबाट १२ दिने सिपमुलक तालिम आयोजना भएको हो।

थारूवान

थारु लेखक संघले आयोजना गर्ने थारु साहित्य मेलाको दोस्रो संस्करण कैलालीमा हुने भएको छ । चैत १९ र २० गते हुने मेलामा भाषाविद् पद्म राई र मदन पुरस्कार विजेता तथा ऐनाका लेखक रामलाल जोशी मुख्य वक्ताका रुपमा सहभागी हुनेछन् । भाषाविद् राईसँग थारु मानक भाषा र लेखक जोशीसँग गजल...

थारूवान
1 37 38 39 40 41 75