4

सांसदहरूको भत्तामा भारी वृद्धि हुँदै, ५४ हजारबाट बढाएर ८० हजार बनाइँदै

सरकारले साउन १ देखि नै लागू हुने गरी सांसदहरूको घरभाडा तथा पत्रपत्रिकालगायत सुविधाबापतको भत्तामा भारी वृद्धि गर्ने भएको छ । मासिक ५४ हजार २ सय (बैठक भत्ता र ट्याक्सी भाडाबाहेक) पाउँदै आएका सांसदले भत्ता वृद्धि भएपछि मासिक ८० हजार ५ सय रुपैयाँ पाउने संसद् सचिवालय स्रोतले जानकारी दिएको छ ।

थारूवान

कैलाली घटनाका आरोपीको मुद्दा फिर्ता लिने विषयलाई लिएर संसदको राज्य व्यवस्था समितिमा नेकपा एमाले र मधेस केन्द्रित दलका सांसदबीच जुहारी चलेको छ ।

थारूवान

राज्य पुनर्संरचना प्राविधिक समिति मोरङले थारु बाहुल्य क्षेत्रलाई स्वायत्त वा विशेष संरक्षीत क्षेत्रका रुपमा नराखेको भन्दै मोरङका थारुहरूले असन्तुष्ट भएका छन् । शुक्रबार विराटनगरमा थारु महिला साभा, थारु महिला समाजलगायतका विभिन्न संघसंस्थाले आयोजना गरेको जितीया महोत्सवका बक्ताहरूले पुनर्संरचनामा थारु बाहुल्य क्षेत्रलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि राखेका हुन् ।

थारूवान

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बामदेव गौतमले कैलालीको टिकापुरमा प्रहरी सुरक्षाकर्मी र नाबालकको हत्या गर्नेहरुको मुद्दा फिर्ता लिइए राज्य असफल बन्ने चेतावनी दिएका छन् । सरकारले हत्यामा संलग्नहरुको मुद्दा फिर्ता लिने नाममा दण्डहीनता बढाउने र सुरक्षकर्मीको मनोबल गिराए राज्यलाई ध्वस्त बनाउने प्रयास गरिरहेको आरोप गौतमले लगाएका छन् ।

थारूवान

भूमिसुधार तथा ब्यवस्था मन्त्री विक्रम पाण्डेले थारुहरुको सबैभन्दा ठूलो चाड जितियमा राष्ट्रिय विदा हुनुपर्ने बताएका छन्। माडी नगरपालिकाको बसन्तपुरमा थारुहरुको जितिया पर्वको झम्टा नृत्य प्रतियोगिता कार्यक्रममा बोल्दै पाण्डेले यस्तो बताएका हुन्। 

थारूवान

विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र रुक्मिणी चौधरीको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आवद्ध अधिकांश नेता तथा कार्यकर्ता थरुहट तराई पार्टीमा प्रवेश गरेका छन्। बिहीवार धनगढीको जाईमा आयोजित एक कार्यक्रमकाबीच उनीहरुलाई थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम चौधरीले फूलमाला लगाएर पार्टी प्रवेश गराए।

थारूवान

एमाले केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलपछि टोली नेता चयन भएका छन् । सात प्रदेश र केन्द्रका बिभाग तथा फाँटमा आबद्ध केन्द्रीय सदस्य समेत जोडेर ९ टोलीका नौ जना नेता चयन भएका हुन् । अध्यक्ष ओलीको प्रतिवेदनमाथि समूहगत छलफल भएको थियो । त्यसपछि निष्कर्ष सुनाउन...

थारूवान

कारी महतो थारु/चितवन। थारु समुदायको चाडपर्वहरुमा थारु समुदायहरुले स्थनीय विदा हुनुपर्ने माग राखेका छन्। थारुहरुको चाड जितिया र यमोसा (पितृऔंसी) मा विदाको सवाल उठाएपनि निजि विद्यालयहरुले सोही चाडपर्वमै दोश्रो त्रैमासिक परीक्षा सञ्चालन गर्न गैरहेकोले यसप्रति थारु कल्याणकारिणी सभा (थाकस) को ध्यानाकार्षण भएको जनाइएको छ। थाकस क्षेत्रीय सभापति नारायण प्रसाद...

थारूवान

अविनाश चौधरी/धनगढी। नेपाल-भारत सीमा गौरीफन्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनु पर्ने माग उठिरहेका बेला भारतले मैलानीदेखि गौरीफन्टासम्म पुनः रेल सेवा सुचारु गर्ने भएको छ । भारतको डीआरएम पूर्वोत्तर रेल्वेले बन्द रेल सेवालाई २२ वर्षपछि पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

थारूवान

भारत भ्रमणका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को एक कार्यक्रममा कैलाली घटनाका एक आरोपी रेशम चौधरी सहभागी भएको विषयमा प्रधानमन्त्रीको निजी सचिवालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भारतीय व्यवसायीले आयोजना गरेको सार्वजनिक कार्यक्रममा उपस्थित भएका चौधरीले प्रधानमन्त्रीसँग हात मिलाएका थिए ।

थारूवान
1 56 57 58 59 60 75