6

उपप्रधानमन्त्री गच्छदारलाई आयोगले सोध्यो २४ घन्टे स्पष्टीकरण

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजय गच्छदारसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ। शनिबार बसेको आयोगको बैठकले उपप्रधानमन्त्री गच्छदारसँग आचारसंहिता उल्लंघन गरेकाले किन कारबाही नगर्ने भन्दै २४ घण्टाभित्रमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

थारूवान

व्यवस्थापिका संसदको विधायन समितिकी सभापति गंगा चौधरी सत्गौंवाले हालै केही सांसद र पत्रकारहरुको भेलामा प्रश्न गरिन्- मैले फुपूको छोरासँग बिहे गर्न पाउने कि नपाउने? कानुनविद समेत रहेका माओवादी सांसद रामनारायण विडारीले हाडनाताभित्र विहे गर्ने प्रथालाई विकृतिको संज्ञा दिएपछि गंगा चौधरी प्रतिवादमा उत्रिइन्।

थारूवान

काठमाडौं- भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले पुनःस्थापना हुन बाँकी सबै मुक्त कमैयाको यसै आर्थिक वर्षभित्र उचित व्यवस्थापन गरिसक्ने बताएका छन्। राष्ट्रिय मुक्त हलिया समाज महासङ्घलगायत सङ्घसंस्थाले आयोजना गरेको नागरिक सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री दहितले मुक्त घोषित कमैया, हलिया, हरुवाचरुवा र कमलरीको मुक्ति अभियानमा आफू साथ रहेको विश्वास दिलाए।

थारूवान

जिल्ला समन्वय समितिको सभापतिमा माओवादी केन्द्रका शंकर चौधरी र उपसभापतिमा एमालेका मान वहादुर विष्ट विजयी भएका छन्। सदस्यमा माओवादी केन्द्रका शान्ति चौधरी, कल्पना चौधरी, भक्तिराम अधिकारी र सूर्यबहादुर सुनार निवाचित भएका छन्।

थारूवान

भूमीसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितले नवलपरासीको सरावल गाउँपालिकाले पेस गरेको नीति तथा कार्यक्रम एकदमै राम्रो भएको बताएका छन्। सरावल गाउँपालिकाको प्रथम गाउँसभाको उद्‍घाटन गर्दै मन्त्री दहितले २० वर्षको गुरुयोजना बनाई अगाडि बढ्न सुझाव पनि दिएका छन्।

थारूवान

नेकपा एमालेका सांसद वैजनाथ चौधरीले संशोधनको विषय अरु नै केही भएको बताएका छन्। संविधान संशोधन विधेयकको छलफलमा आइतबार संसदमा बोल्नै उनले यो संशोधन विधेयकको औचित्य नभएको बताए।

थारूवान

नेपाल लोकतान्त्रिक फोरम नेपालका सांसद योगेन्द्र चौधरीले एमालेका सांसद भीम रावलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संकीर्ण मानसिकताबाट आएको बताएका छन्। उनले बाढीपीडितका लागि सबैले सहयोग गर्नुपर्छ, सबै दलहरु एक ठाउँमा उभिनुपर्छ। तर यो प्रस्तावले संसद नै विभाजित भएको उनले आरोप लगाए।

थारूवान

अविरल वर्षापछि आएको बाढीमा परेर बाँकेमा ४ जनाको ज्यान गएको छ । बाढीले गावर खोला र गढौली नाकाको पुलसमेत बगाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले दिएको जानकारी अनुसार, बाँकेको राप्ती सोनारी–४ लालपुरमा बाढीको पानी पसेर घर भत्किँदा एकै परिवारका ३ बालबालिकाको मृत्यु भएको छ ।...

थारूवान

नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विश्व आदिवासी तथा जनजाति दिवसका दिन सार्वजनिक बिदा दिन माग गरेका छन्। संसदको विशेष समयमा बुधबार बोल्दै उनले आदिवासी जनजातिसम्बन्धी विभिन्न सन्धी सम्झौताहरुमा नेपालले सस्ताक्षर गरेपनि यसलाई व्यवहारमा उतारेर आदिवासीहरुलाई कुनै किसिमको अधिकार दिन नसकेको भन्दै सरकारको आलोचना गरे।

थारूवान

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)की अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले टीकापुर घटनामा थारु मधेसीलाई कारबाही गर्ने सरकारले झापा विद्रोह र जनयुद्धकालका नेतृत्वकर्ताहरुलाई पनि कठघरामा उभ्याउन माग गरेकी छन्। संसदमा बोल्दै सांसद चौधरीले झापा विद्रोहमा केपी ओली र जनयुद्धमाकालमा प्रचण्डले धेरैको ज्यान लिएको भन्दै उनीहरुलाई पनि कारबाहीको माग गरे।

थारूवान
1 16 17 18 19 20 36