6

गच्छदार नेतृत्व कार्यदलको सिफारिसमा बिराटनगर र विरगञ्जलाई महानगर बनाउने घोषणा, २३ स्थानीय तह पनि थपियो

सरकारले बिराटनगर र वीरगञ्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ। सरकारले तराई मधेसका १२ जिल्लामा २२ स्थानीय तह थप गरेको छ भने २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती पनि गरेको छ।

थारूवान

चितवनको खैरहनी नगरपालिकामा मेयर-उपमेयरसहित नेकपा एमालेले बहुमत वडामा आफ्नो बर्चश्व कायम गरेको छ। मेयरमा नेकपा एमालेका पूर्वसभासद लालमणी चौधरी १० हजार ७१७ मत मत प्राप्त गरी बिजयी भएका छन्। उपप्रमुखमा पनि एमालेकै सुनिता थपलिया १० हजार ७५१ मतका साथ बिजयी भएकी छन्।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमले स्थानीय निकायलाई भौतिक सुविधासम्पन्न, आत्मनिर्भर र उच्च प्रविधियुक्त बनाउने अवधारणा ल्याएको छ । स्थानीय तह निर्वाचन–२०७४ को घोषणापत्र आज सार्वजनिक गर्दै लोकतान्त्रिक फोरमले गाउँपालिका, नगरपालिका र जिल्ला समन्वय समितिलाई शासनमुखी नभई सेवामुखी बनाउने प्रतिबद्धता जनाएको हो ।

थारूवान

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार जिताउन केन्द्रीय सदस्यलाई जिल्लाजिल्ला खटाएको छ । पार्टी नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन समितिको बिहीबारको बैठकले वैशाख ३१ गते हुने निर्वाचनका लागि केन्द्रीय सदस्य खटाउने निर्णय गरेको हो ।

थारूवान

तत्कालीन सद्‍भावना पार्टीसँग पार्टी एकीकरण गरेको राजकुमार लेखीलाई नागरिक समाजवादी पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। लेखीको निष्काशनसँगै पार्टीको संयोजक प्रवक्ता राज थारुले बनेका छन्। यद्यपि एकीकरण समारोहमा राज थारुले पनि सद्‍भावनाका अध्यक्ष राजेन्द्र महतोसँग फूलमाला र टीका लगाएर एकीकरणको घोषणा गरेका थिए। सिराहाको लहानमा शनिबार बसेको बैठकले...

थारूवान

थारु भाषाको संरक्षण र सम्बर्द्धनमा पत्रपत्रिकाको भूमिकाबारे राजधानीमा बुद्धिजीबी र पत्रकारबीच छलफल भएको छ। इजोत मासिक पत्रिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा थारु अगुवाहरुले थारु भाषा साहित्य र मानकताबारे गहन छलफल गरेका थिए। कार्यक्रममा लेखक तथा साहित्यकार कृष्णराज सर्वहारीले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा थारु भाषाका पत्रपत्रिकाको नियमित प्रकाशन हुन नसकेको...

थारूवान

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष्य गोविन्द चौधरी राष्ट्रिय जनता पार्टीमा प्रवेश गरेका छन् । उनीसहित फोरमका केन्द्रीय सदस्यद्वय रामआश्रय चौधरी र सन्तलाल चौधरी पनि राजपामा प्रवेश गरेका छन् । मधेस केन्द्रित पाँच दल मिलेर बनेको राजपाको एकता घोषणा भने आज दिउँसो काठमाडौंमा हुँदैछ ।

थारूवान

राजकुमार लेखीले एक्लौटी निर्णय गरेर मधेसी पार्टीसँग एकता गरेको भन्दै जिल्ला नेता र कार्यकर्तालाई तीब्र असन्तुष्टि देखिएको छ। उनीहरुले लेखीको एक्लो निर्णयको बन्दी आफूहरु नहुने र कुनै हालतमा मधेसी पार्टीमा नजाने बताएका छन्। मंगलबार राजेन्द्र महतो नेतृत्वको सद्‍भावना पार्टीसँग एकीकरण गरेलगत्तै सिरहाका रामचन्द्र चौधरी र खड्गनारायण चौधरी माओवादी केन्द्रमा...

थारूवान

थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीले संघीय गठबन्धनको आन्दोलन कार्यक्रमलाई एक्यबद्धता जनाउँदै अन्य कार्यक्रम पनि सार्वजनिक गरेको छ। समितिको कैलालीमा बसेको बैठकले टीकापुर घटनामा कैदी बनाइएका परिवारले पनि आन्दोलन थाल्ने जनाएको छ। उनीहरुले विभिन्न राजनीतिक दललाई ज्ञापन पत्र बुझाउनुको साथै आन्दोलनमा हम्मिने समितिका प्रवक्ता माधव थारुले जानकारी दिए।

थारूवान

नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय निर्वाचनको विरोध गरेर मधेसवादी दलहरुले गल्ती गरिरहेको वताएका छन् । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन अपरिहार्य रहेको भन्दै उनले स्थानीय निर्वाचन सवैले उपयोग गर्न आवश्य रहेको वताए ।

थारूवान
1 19 20 21 22 23 36