6

न्यायाधीश खुशीप्रसाद थारु सम्मानित

जनकपुर उच्च अदालतका माननीय न्यायाधीश खुशीप्रसाद थारुलाई गृह जिल्ला कैलालीमा सम्मान बधाई तथा सम्मान गरिएको छ। थारु नागरिक समाज कैलालीको समन्वयमा चौधरीलाई धनगढीमा सम्मान गरिएको हो।

थारूवान

बर्दियाका ६ नगरपालिका र २ गाउँपालिकामा प्रमुख–उपप्रमुखका आकांक्षीले टिकट हात पार्न दौडधुप थालेका छन्। गुलरिया, राजापुर, मधुवन, बाह्रबर्दिया, बाँसगढी र ठाकुरबाबा नगरपालिका तथा गेरुवा र बढैया गाउँपालिकाको नेतृत्व हात पार्न दलहरूले तयारी तीव्र पारेका छन्। ती नगरपालिका र गाउँपालिकामा प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्दबीच त्रिपक्षीय...

थारूवान

पार्टी एकीकरणको अन्तिम गृहकार्य गर्न विजय गच्छदार नेतृत्वको नेपाल लोकतन्त्रिक फोरम र भानुराम चौधरी नेतृत्वको थरुहट तराई पार्टी नेपालबीच बैठक बस्दैछ। बैठकमा दुबै पार्टीका अध्यक्षसहित शीर्ष नेताहरु सहभागी हुने बताइएको छ।

थारूवान

सन्तोष दहित/दाङ। १९ वर्षपछि हुन लागेको  स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दाङमा उपमहानगरपालिकाको मेयरदेखि गाउँपालिकाको अध्यक्ष पदमा दर्जनभन्दा बढी थारु नेताहरुको चर्चा हु नथालेको छ। थारु बहुल्य रहेको गाउँपालिका, नगरपालिकामा थारु नेताहरुको नाम आउनु स्भाविक भएको नेताहरुले बताउँछन्। दाङको कुल जनसंख्याको ३३ प्रतिशत थारु समुदायको बसोबास छ। त्यसैले पनि...

थारूवान

थरुहट तराई पार्टी नेपालले पार्टीको विधान र पार्टीले उठाउँदै आएका माग मुद्दा मिल्ने पार्टीसँग एकीकरणमा जाने निर्णय गरेको छ। राजधानीमा आयोजित केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। पार्टी एकीकरणका लागि समितिले वरिष्ठ नेता एवं सांसद डा. गोपाल दहितको नेतृत्वमा पाँच सदस्यीय वार्ता तथा सम्बाद कार्यदल बनाएको छ।

थारूवान

नवगठित नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले स्थानीय तहको चुनावमा सबै सहभागी भएमात्रै सार्थक र परिणाममुखी हुने बताएका छन् । 

थारूवान

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)नेपाल,राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाति पार्टीबीच आज एकीकरण भएको छ । बुधबार आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, जनमुक्तिका अध्यक्ष शिवलाल थापा र दलित जनजातिका अध्यक्ष यशोदाकुमारी लामाले संयुक्त रुपमा पार्टी एकीकरण भएको घोषणा गरेका हुन्।

थारूवान

काठमाडौं- माओवादी केन्द्रको भातृसंगठन थारु राष्ट्रिय मुक्ति मोर्चाले थारु बाहुल्य क्षेत्रमा मेयरको उम्मेदवार थारु बनाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग माग गरेको छ। मोर्चाका अध्यक्ष सन्तकुमार थारु नेतृत्वको टोलीले शनिबार ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो।

थारूवान

निर्वाचन आयोग घेराउ गर्न पुगेका पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई प्रहरीले पक्राउ गरेको छन् । प्रहरीले भट्टराईसँगै हिसिला यमी, परशुराम तामाङ, गंगा चौधरीका साथै बैद्य माओवादीका नेता सीपी गजुरेल लगायतलाई पनि पक्राउ गरेको छ ।

थारूवान

थरुहट तराई पार्टी नेपालको कैलालीमा हुने भनिएको महाधिवेशन स्थगित भएको छ। चैत २३, २४ र २५ गते घोषित महाधिवेशन विशेष कारणले स्थगित भएको महासचिव मिनराज चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। थरुहटले यो दोस्रोपटक महाधिवेशन स्थगित गरेको हो।

थारूवान
1 20 21 22 23 24 36