6

उपेन्द्र यादव भने- ‘अब चुनाव होइन, महाभारत हुन्छ’

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले घोषणा गरेको निर्वाचनको भ्रममा नपर्न सबैसँग आग्रह गरेका छन्। पार्टीको सिरहा प्रथम अधिवेशनलाई सोमबार सिरहा सदरमुकाममा सम्बोधन गर्दै यादवले यो निर्वाचन हुन नसक्ने बताए। ‘मुलुकमा चुनाव होइन, महाभारत हुन्छ’ उनले भने, ‘यसका निम्ति तयारी हुन सबैलाई जरुरी छ।’

थारूवान

मधेसी मोर्चा आबद्ध दलले तराईमा दुई प्रदेश हुनुपर्ने मागसहित नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि संशोधन दर्ता गराएका छन्। मोर्चाले झापादेखि चितवनसम्मका जिल्ला प्रदेश नम्बर २ र नवलपरासीदेखि कञ्चनपुरसम्मका जिल्ला प्रदेश नम्बर ५ मा रहनुपर्ने भन्दै प्रदेश सीमांकन हेरफेरको प्रस्ताव गरेको हो।

थारूवान

नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा हुन लागेको स्थानीय तहको चुनावमा सबै पक्षको सहभागितामा जोड दिएका छन् । यद्यपि भारतले चुनावको विरोध नगर्ने उनले बताए । शुक्रबार रिपोर्टर्स क्लब नेपालले गरेको कार्यक्रममा राजदुत रायले भने, ‘चुनावले प्रजातन्त्रलाई स्थायित्व दिने र बलियो बनाउँछ । त्यसैले नेपालमा हुन लागेको चुनावको विपक्षमा...

थारूवान

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद डा. सांसद गोपाल दहितले पूर्वी थरुहट र पश्चिम थरुहट सुनिश्चित नभएसम्म संविधान संशोधनको सार्थकता नहुने बताएका छन्। पार्टीको दोस्रो उपत्यका अधिवेशनमा बोल्दै दहितले कैलाली कञ्चनपुरसहित चितनवसम्म एउटा र बारा, पर्सादेखि पूर्व झापासम्म अर्को थरुहट प्रदेश हुनुपर्ने माग राखे।

थारूवान

राप्रपाको काठमाडौंमा भएको महाधिवेशनबाट तीन जना थारु नेता केन्द्रीय सदस्यमा विजयी भएका छन्। मंगलबार भएको चुनावबाट फत्तेसिंह थारु, गिरधारी चौधरी र रामदुलारी चौधरी विजयी भएका हुन्।

थारूवान

थारु पत्रकार संघ नेपालको  सुनसरीका शाखाका पदाधिकारीहरु नेपाल पत्रकार महासंघको १०‍औं अधिवेशनबाट प्रादेशिक र केन्द्रीय पार्सदमा विजयी भएका छन्। शाखाका अध्यक्ष कुलदीप चौधरी, निशान चौधरी, सुकदेव चौधरी, गवन चौधरी प्रादेशिक पार्सदमा विजयी भएका छन्। त्यस्तै सुनिल चौधरी जिल्ला सदस्य र ममता चौधरी केन्द्रीय पार्सदमा विजयी भएका हुन्। 

थारूवान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने महिला तथा पुरुष खेलाडीलाई उत्कृष्ट वर्ष खेलाडी–२०७२ बाट सम्मान गर्ने भएको छ । दश वर्षदेखि खेलाडीको हौसला अभिवृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्देश्यले यही फागुन १७ गते तिनलाई सम्मान गरिने सङ्घका महासचिव दीपक श्रेष्ठद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनको मिति घोषणा, संविधान कार्यान्वयन र संविधान संशोधनलगायतका विषयमा मधेस केन्द्रीत दलका नेतासँग शनिबार छलफल गर्ने भएका छन्।

थारूवान

थरुहट तराई पार्टी नेपालका थप दुई केन्द्रीय सदस्य नयाँ शक्तिमा प्रवेश गरेका छन्। कैलालीका सुरज कठरिया र सन्तोष कठरियाले संयुक्तरुपमा पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीलाई राजीनामा पत्र बुझाएका छन्। उनीहरुले थारुवानसँग कुरा गर्दै आफूहरुले राजीनामा बुझाएको स्वीकारेका छन्।

थारूवान

कैलाली- लौटन चौधरीको संयोजकत्वमा ३१ सदस्यीय नयाँ शक्ति पार्टी नेपालको आँगिक संगठन थारु राष्ट्रिय परिषद गठन भएको छ। कैलालीको मसुरियामा भएको पहिलो भेलाले जिल्ला समिति गठन गरेको हो। समितिमा बजारी चौधरी, चन्द्र चौधरीलगायत छन्।

थारूवान
1 22 23 24 25 26 36