7

थरुहट कैलालीमा कांग्रेसको चुनाबी अभियान, देउवाले भने- ‘थारुलाई थिचोमिचो पारियो’

कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसलाई छाडेर देश नबन्ने बताउँदै देश निर्माणमा सबै जातजाति र भाषाभाषीलाई एकजुट हुन आग्रह गरेका छन् । कैलालीको अत्तरियाबाट कांग्रेसले आइतबार सुरु गरेको देशव्यापी चुनावी आमसभालाई सम्बोधन गर्दै देउवाले प्रतिपक्षी दल एमाले हिमाल, पहाड र मधेसमा झगडा चर्काउने षड्यन्त्रमा लागेको आरोप लगाए ।

थारूवान

स्थानीय निर्वाचन नजिकिदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा प्रवेशको लहर नै चलेको छ । यसैक्रममा त्रियुगा नगरपालिका–१ जोगिदहमा पार्टी प्रवेश कार्यक्रममा थारु समुदायका २९ जना संघीय समाजवादी फोरम नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।

थारूवान

स्थानीय तहको चुनावप्रति थारु मतदाता उत्साहित भएका छन् । थरुहट तथा मधेस केन्द्रीत पार्टीका नेताहरुले संविधान संशोधन गरेर सबै पक्षलाई चुनावमा आउने वातावरण सृजना गर्नुपर्ने माग गरिरहँदा थारुबस्तीका मतदाताले चुनावप्रति उत्साहित भएका हुन् । विभिन्न दलका चुनावी गतिविधिहरु बस्तीमा सुरु भएसँगै त्यहाँका मतदाता थप उत्साहित भएका छन् ।

थारूवान

नयाँ शक्ति पार्टी नेपालकी सांसद गंगा चौधरीले दाङको देउखुरीस्थित भालुवाङ बजारलाई व्यवस्थित बनाउन माग गरेकी छन् । संसदको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद चौधरीले भालुवाङ बजारलाई व्यवस्थित बनाउनु पर्ने समय आएको बताइन् ।

थारूवान

१९ वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा सुनसरीका चार नगरपालिकाबाट उम्मेदवार बन्नका लागि दलभित्रै तीव्र प्रतिस्पर्धा सुरु भएको छ। कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकलगायत दलबाट मेयर र उपमेयरमा उम्मेदवार हुने आकांक्षीको सूची लामै भएपछि तीव्र प्रतिस्पर्धा सुरु भएको हो।

थारूवान

कारी महतो/रत्ननगर। माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य विश्वभक्त दुलाल ‘आहुति’ले स्थानीय चुनाव जुनसुकै पार्टीले जिते पनि नेपाली जनताको जीत हुने बताएका छन्। ‘नेपालको इतिहासमा मात्र नभएर विश्वको कुनै देशमा यति धेरै अधिकार भएको स्थानीय तह छैन, माओवादीसँगै हिँडेर सयौं थारु समुदायको बलिदानीको परिणाम हो यो,’ उनले भने।

थारूवान

मधेसी मोर्चामा आबद्ध पाँच दलले एकीकण प्रयास अघि बढाएका छन्। संसद्मा ५ सिट भएको सद्भावना पार्टी, तीन–तीन सिट भएका राष्ट्रिय मधेस सद्भावना पार्टी र तराईमधेस सद्भावना पार्टी तथा एक–एक सिट भएका नेपाल सद्भावना पार्टी र फोरम गणतान्त्रिकबीच एकीकरण प्रयास थालिएको ती दलका नेताले बताएका छन्।

थारूवान

चैत १९ र २० गते धनगढीमा थारू साहित्यिक मेला हुँदैछ। थारू साहित्यकार कृष्णराज सर्वहारी मेलाका मूल संयोजक हुन्। उनीसँग गरिएको संवादः

थारूवान

स्थानीय निर्वाचनको विरोध गर्दै आएको थारु कल्याणकारिणी सभा (थाकस)को केन्द्रीय सभा बैठकले सत्याग्रह, भद्र अवज्ञा र असहयोगको कार्यक्रम गर्ने भएको छ। राजधानीमा आयोजित दुई दिने बैठकले वैशाख ५ देखि ३१ गतेसम्मको दबाबमूलक कार्यक्रम सार्वजनि गरेको हो। सभाका अध्यक्ष धनीराम चौधरीले सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको एकसाथ विज्ञप्ती जारी गर्दै...

थारूवान

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू नेपाली कांग्रेसमा पुनः प्रवेश गर्न लागेको हल्ला निराधार भएको प्रष्ट पारेका छन् । फोरम लोकतान्त्रिक मोरङले बिराटनगरमा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने, ‘मेरो कांग्रेसमा प्रवेश गर्ने कुनै सोच अहिले छैन । बजारमा फैलिएको हल्ला अफवाह मात्र हो।’

थारूवान
1 20 21 22 23 24 35