9
थाकसले गर्यो तीन महत्वपूर्ण निर्णय, उपमहामन्त्रीलाई जिम्मेवारीबाट हटाइयो
थारु कल्याणकारिणी सभा केन्द्रीय कार्यसमितिको बैठकले उपमहामन्त्रीलाई पदमुक्त गरेको छ। महामन्त्री अमिरी चौधरी दुर्घटनामा परी सिकिस्त अवस्थामा रहेकाले दिइएको उक्त जिम्मेवारी बहन नगरेको भन्दै उपमहान्त्री इन्दिरा चौधरीलाई पदमुक्त गरेको सभाले विज्ञप्ती जारी गर्दै उल्लेख गरको छ। उनको सट्टामा बाँकेबाट प्रतिनिधित्व गर्ने नेमनारायण सिंह थारुलाई मनोनयन गरिएको विज्ञप्तीमा उल्लेख छ।
थारूवानकेही समय अघि जिल्लाको डुरुवामा एक चौधरी बृद्ध बिरामी परे। गाउँका स्थानीयले पुरानै ‘रित’ बमोजिम धामी झाँक्री डाक्न भने। मृतकका छोराले मानेनन्। गाउँलेले अस्पतालमा लैजान भने। उनले त्यो पनि मानेनन्। इसाई धर्मका अनुयायी उनले सख्त बाबुलाई प्रभुको शरण (चर्च) मा पुर्याए। केही दिनपछि उपचार नपाएर उनको चर्चमै मृत्यु भयो।
थारूवानकृष्णराज चौधरी/काठमाडौं। मधेसी जनधिकार फोरम (लोकतान्त्रिक) का केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री दानबहादुर कुर्मी चौधरीले पार्टीबाट राजिनामा दिएर नयाँशक्ति पार्टीमा प्रवेश गरेपछि विजयकुमार गच्छदारको पार्टीमा पहिरो जान थालेको छ। आइतबार गृह जिल्ला कपिलवस्तुमा पत्रकार सम्मेलन गर्दै केन्द्रीय उपाध्यक्ष चौधरीले पद तथा पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएसँगै सोमबार बाबुराम भट्टराई संयोजक रहेको...
थारूवानकृष्णराज सर्वहारी। थारुभाषा नेपालको चौथो ठूलो भाषा हो। २०२८ सालमा आधुनिक कविता, गीत, कथा, लेख समेटिएको ‘गोचाली’ पत्रिकाको उदय भयो। यसले साहित्यमार्फत् पञ्चायत व्यवस्थाविरुद्ध आन्दोलनको हुँकार गर्यो। यो नै थारुभाषाको पहिलो पत्रिका थियो। यद्यपि, गोचाली प्रकाशन हुनुअघि नै २००७ सालमा बढ्वा थारुको ‘बढक्क जोर्नी’ पुस्तक प्रकाशित भएको देखिन्छ। त्यस्तै,...
थारूवानदिल बहादुर चौधरी। थरुहट आन्दोलन (पहिचानको आन्दोलन) भइरहेको अहिले ठीक १० वर्ष पुग्दैछ। आज भन्दा ठीक एक दशक अगाडि ०६३ साल चैत १२ गते सेती समाचार दैनिक र चैत २५ गते थारु भाषाको पत्रिका पहुरा दैनिकमा ‘दासताबिरुद्धको महासंंग्राम’ शीर्षकमा यो पंक्तिकारको लेख छापिएको थियो। त्यो महासंग्राम अर्थात महाभारत युद्ध...
थारूवानभारतको उत्तर प्रदेशस्थित लखिमपुर खोरीमा नेपाल र भारतका आदिवासीहरुको मुद्दामा अन्तर्क्रिया सम्पन्न भएको छ। भारतीय थारु समाजका अध्यक्ष विजयबहादुर चौधरीको संयोजकत्वमा आयोजना भएको कार्यक्रममा नेपालकातर्फबाट रेशम चौधरी, कृष्ण गुरुङ, ओम गुरुङ सहभागी थिए। भारतका तर्फबाट उमाशंकर मिश्र, पशुपति दयाल मिङ, झारखण्डकी आदिवासी नेतृ रानी शिखालगायतको उपस्थिति थियो।
थारूवानथारु विद्यार्थी समाजको उपत्यका समितिको विवाद मिलेको छ। राजधानीमा बसेको केन्द्रीय समितिको बैठकले विवाद मिलाएको हो। उपत्यका अधिवेशनमा प्रतिनिधि विवाद भएपछि विमल चौधरी नेतृत्वले अधिवेशन बहिष्कार गरेको थियो। विवादका बावजुद संजय चौधरी उपत्यका समितिका अध्यक्षमा सर्वसम्मत भएका थिए। यता विमले टिमले सोही दिन समानन्तर कमिटी गठन गरेको थियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश