प्रवासमा थारू

अष्ट्रेलियाका थारूहरूले मनाए माघी (फोटो फिचर)

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव मनाएका छन्। थारू समाज सिड्नी अष्ट्रेलियाले आइतबार विटलाम पार्कमा माघी महोत्सव आययोजना गरेको हो। प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पब्लिक अफिसर अरुण आर्यन चौधरीको भनाइ छ।

थारुवान संबाददाता

अष्ट्रेलियामा खिचिएको मन माघी गीत सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको भिडियोलाई सिड्नीको ओपेरा हाउस आसपास खिचिएको छ। अष्ट्रेलियामा आज हुन गइरहेको माघी कार्यक्रमको प्रचारप्रसारका लागि यो गीत तयार पारिएको निर्देशक चौधरीले बताए।

थारुवान संबाददाता

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो। यसअघि दुईपटक माघी आयोजना गरिसकेको थारू समाज सिड्नी अष्ट्रेलियाले तेस्रोपटक माघी महोत्सव

थारुवान संबाददाता

दुबईमा आयोजना हुने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने महोत्सवको तयारी पूरा भएको कार्यक्रम संयोजक लालबहादुर चौधरीले बताए। महोत्सवमा नेपालबाट थाकसका महामन्त्री प्रेमीलाल चौधरी र गायिका समीक्षा चौधरी सहभागी हुँदैछन्।

थारुवान संबाददाता

थारू कल्याणकारी सभा (थाकस) दक्षिण कोरियाले सालनालको तेस्रो दिन अर्थात् जनवरी २३ मा माघी पर्व मनाउने भएको छ। थारूहरूको महान चाड माघी कोरियामा रहेका थारू समुदायले प्रत्येक वर्ष मनाउँदै आएको भए पनि कोरोना महामारीका कारण तीन वर्षदेखि भएको थिए।

थारुवान संबाददाता

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव आयोजना गर्ने भएको छ। थारू समाज सिड्नी अष्ट्रेलियाले जनवरी १५ (माघ १) गते माघी महोत्सव गर्ने भएको हो।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले यस वर्ष माघी कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित रहेको माघी कार्यक्रम यस वर्ष आयोजना गर्ने भएको हो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस) मलेसियाको सभापतिमा मनिराम थारु चयन भएका छन्। क्वालालमपुरमा आयोजित अधिवेशनले नयाँ नेतृत्व चयन भएको हो। जसको उपसभापति पुरुषतर्फ पुरशुराम थारू (एलेक्स), प्रजेश थारू, उपसभापति महिलातर्फ राधा मगर थारू,

थारुवान संबाददाता