प्रवासमा थारू

अमेरिकीबासी त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’‍

थारू एन्ड फ्रेन्ड्स एसोसियशन (टीएफए)ले संस्थापकमध्येका एक त्रिभुवन चौधरीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित गरेको छ। अमेरिकाको सिकागोमा आयोजना भएको संस्थाको १५औं वार्षिक साधारणसभामा चौधरीलाई सम्मानित गरिएको निवर्तमान अध्यक्ष सुशील चौधरीले जानकारी दिए।

थारुवान संबाददाता

अमेरिकीबासी थारूहरूको साझा संस्था थारू फ्रेन्ड्स एन्ड एसोसियशन (टीएफए)ले नयाँ कार्यसमिति चयन गरेको छ। सिकागोमा भएको सधाराणसभाबाट अध्यक्षमा सुरेन्द्र चौधरी निर्वाचित भएका छन्।

थारुवान संबाददाता

अमेरिकाको टेक्सासमा बस्ने थारूहरुले जितिया पर्व मनाएका छन्। थारू महिलाहरुको महान् पर्व जितियाको अवसरमा टेक्सास्थित थारूहरुले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरी मनाएका हुन्।

थारुवान संबाददाता

पछिल्लो समय प्रवासमा बस्ने थारुहरुले पनि थारू पर्वहरु मनाउँदै आएका छन्। थारू भाषा, सँस्कृति र पहिचानको जगर्ने गर्ने उद्देश्यले प्रवासका थारुहरुले पनि सामूहिकरुपमा चाडपर्व मनाउन थालेका हुन्।

थारुवान संबाददाता

गायक केशवराज महतोले मिस्टर इन्डिजिनियस २०२२ को उपाधि जितेका छन्। नेपाल आदिवासी जनजाति महासंघ, युएईद्वारा आयोजित समारोहमा उनले मिस्टर इन्डिजिनियसको उपाधि जितेका हुन्। थारु कल्याणकारिणी सभा युएईमा सक्रिय भूमिका निर्वाह गर्दै आएका महतोले

थारुवान संबाददाता

युरोपेली देश बेल्जियम फुटबलका लागि आकर्षणको केन्द्र मानिन्छ। त्यहाँ फुटबल खेल्ने जमातको कहिल्यै कमी हुँदैन। त्यही भीडमा नेपाली मूलका सदीप थनेतले कलिलै उमेरमा ख्याति कमाएका छन्। ‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै सदीपले उमेर समूहको खेलमा अब्बल प्रदर्शन गरेका छन्।

थारुवान संबाददाता

नवलपरासी मध्यविन्दु-२ कोल्हुवाका खेम नारायण महतो भिजिट भिसामा युएई गएका थिए। सन् २०१७ मा उनले उनले अवैधरुपमा एक जना नेपालीको कम्पनीमा काम गर्न थाले। त्यहाँको आजाद भिसा लिएर बस्ने उनको मनसाय पनि थियो।

थारुवान संबाददाता

नेकपा एमालेकी सचेतक शान्ता चौधरीले राजनीतिमा लागेका थारुहरुलाई संरक्षण गर्नुपर्ने बताएकी छन्। अमेरिका भ्रमणमा रहेकी चौधरीले सिकागोल्यान्ड थारु सोसाइटीले आयोजना गरेको कार्यक्रममा बोल्दै जोकोही थारुहरु राजनीतिमा आउन नसक्ने भएकाले थारु नेताहरुको संरक्षण गर्नुपर्ने बताइन्।

थारुवान संबाददाता

अमेरिकास्थित थारु फ्रेन्ड्स एन्ड एसोशियसन(टीएफए)ले छात्रवृत्ति पाउने १५ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। टीएफएले २०२१-०२२ का लागि ८९ आवेदनमध्ये १५ जनालाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको हो।

थारुवान संबाददाता

अमेरिकामा बस्ने थारुहरुले न्युयोर्कमा बस्ने नेपालीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेर माघी मनाएका छन्। थारु समुदायको महान पर्व माघी र थारु सम्वत २६४५ को अवसरमा अमेरिकाको न्युयोर्क राज्यको रिजिङ सहरमा बस्ने नेपाली तथा त्यहाँ बस्ने समुदायलाई स्वास्थ्य सामग्री वितरण गरिएको हो।

थारुवान संबाददाता