देश

भारतीय दूतावासले मनायो ७४औं सेना दिवस

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रमको आयोजना गरी भारतको ७४औं सेना दिवस मनाएको छ। मंगलबार राजदूतावसको रक्षा प्रभागले एक समारोहका बीच सेना दिवस मनाएको हो।

थारुवान संबाददाता

टेलिफोन कल बाइपास गरेको तथा अनलाइन जुवाको धन्धा चलाएको आरोपमा चिनियाँ नागरिकसहित ३७ जना नयाँ बानेश्वरबाट पक्राउ परेका छन्। सोमबार राति नयाँ बानेश्वरबाट उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ।

थारुवान संबाददाता

क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ। अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ। युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो।

थारुवान संबाददाता

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो।

थारुवान संबाददाता

नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले आफ्नो पार्टी एमसीसीको पक्षमा मतदान गर्ने बताएका छन्। उनले एसीसी प्रस्ताव टेबल भयो भन्दै पास हुने कुरा पनि नभएको स्पष्ट पारे। उनले एमसीसी फेल गराउन अन्तिम समयसम्म प्रयास गर्ने बताए।

थारुवान संबाददाता

सरकारले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता प्रस्ताव संसदमा पेश गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता प्रस्ताव टेबल गरेका हुन्।

थारुवान संबाददाता

अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए।

थारुवान संबाददाता

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम गरिएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ कायम गरिएको छ।

थारुवान संबाददाता

सत्ता गठबन्धन एमसीसीकै कारण फुटको संघारमा पुगेको छ। संसदमा एमसीसी टेबल गर्ने विषयमा सत्ता गठबन्धन दलबीच असमझदारी भएपछि गठबन्धन टुटको संघारमा पुगेको हो। भोलि (बिहीबार) बस्ने सत्ता गठबन्धनको बैठकले सो निर्क्योल गर्ने बताइएको छ।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रले संसद एमसीसी टेबुल भए सरकारमा नरहने बताएको छ। संसदीय दलको बैठकले सर्वदलीय सहमति जुटाएरमात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए।

थारुवान संबाददाता
1 58 59 60 61 62 78