समाचार

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो। नयाँ मूल्य भोलि विहान १ बजेदेखि लागू हुनेछ। यससँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १७८ रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १६१ रुपैयाँ पुगेको छ।

थारूवान

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले पनि दाबी पेस गरेका छन्। उनले नेकपा एमाले र माओवादी केन्द्रको समर्थनमा आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्। एक जना स्वतन्त्र सांसदले पनि उनलाई समर्थन गरेका छन्। यसअघि नागरिक उन्मुक्ति पार्टीकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस...

थारूवान

प्रिय केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठज्यु, विगत केही महिनादेखि हाम्रो गौरवशाली पार्टीमा नयाँ गठबन्धन सरकारलाई लिएर विवाद भइरहेको यहाँलाई अवगत नै छ। विवादलाई लिएर सुदूरपश्चिम प्रदेशका माननीय इन्द्रा गिरी, घनश्याम चौधरीलाई कारबाही गरिसक्नुभएको कुरा स्मरण नै होला। आफ्ना कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त गर्नेगरी गरिएको कारबाहीको समर्थन म कसरी गर्न...

थारूवान

एसीसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ। ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको खेलमा जितका लागि दुई सय ११ रनको लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७८ रनमा समेटियो। उसका लागि कप्तान मुहम्मद तनभिरले अर्धशतकीय...

थारूवान

मोरङका थारू समुदायले नयाँ वर्ष ‘सिरुवा पर्व’ आज हर्षोल्लासपूर्वक मनाएका छन्। यहाँका थारू समुदायले सिरुवा पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्ष मनाएका हुन्। थारू कल्याणकारी सभा मोरङद्वारा मोरङको बुढीगङ्गा-७ धराहरा टोलमा आज ‘सिरुवा मनावम, संस्कृति जोगावम’ नाराका साथ ‘लया बछर’ (नयाँ वर्ष)...

थारूवान

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल र भारतबीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन्। स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र भारतीय दूतावास काठमाडौंद्वारा नयाँ वर्षको अवसरमा आज जनकपुरधाममा आयोजित ‘द्वितीय जनकपुरधाम सांस्कृतिक महोत्सव’को उद्‍घाटन गर्दै उनले नेपाल-भारतबीचको सम्बन्ध हिमालभन्दा पनि उचो र समुद्रभन्दा पनि गहिरो रहेको बताए। नेपाल-भारतबीचको सम्बन्ध दुई देशको सरकारभन्दा...

थारूवान

यही अप्रिलमा रमजानको महिनामा पाकिस्तानमा एक हताश व्यक्तिले पञ्जाब प्रान्तको मुजफ्फरगढको अलीपुर जिल्लाको सदर पुलिस स्टेशनको परिसरमा रहेको मुड वाला क्षेत्रमा घाँस काट्ने क्लीभरले आफ्नी श्रीमती र सात छोराछोरीको हत्या गरेर प्रहरीसामु आत्मसमर्पण गरे। स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार यो भयानक घटना गरिबी र बेरोजगारीले प्रेरित भएको मानिन्छ जुन देशको जनसंख्या,...

थारूवान

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई...

थारूवान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले मागेको विश्वासको मतमाथि बोल्दै शुक्रबार उनले प्रदेश प्रमुखकै कारण संघीयता जोखिममा परेको आरोप लगाएका हुन्। प्रदेश प्रमुखले संविधानमुखी नभई पार्टीको अनुकूल, आफू अनुकूल निर्णय गर्दा संघीयता नै संकटमा परेको चौधरीको आरोप...

थारूवान