समाचार

मधेसमा चिनियाँ नागरिकको प्रवेशलाई कडाई गर्न माग

पछिल्लो समय नेपालमा चिनियाँ नागरिकहरू विभिन्न अपराधमा संलग्न हुँदै आएका छन्। अवैधरूपमा बसोबास गरी चिनियाँ नागरिकहरू ठूल्ठूला काण्डहरूमा समेत मुछिदै आएका छन्। जसको ज्वलन्त उदाहरण हो, सुन तस्करी प्रकरण। सुन तस्करी मुद्दामा करिब १० जना चिनियाँलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठमा गरेको भारत भ्रमणकाक्रममा दुई देशबीच दीर्घकालीन विद्युत व्यापार सम्झौता भयो। जसलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत भारत र नेपालबीच दीर्घकालीन ‘पावर ट्रेड एग्रिमेन्ट’ भएको जानकारी गराएका थिए।

थारूवान

डा. महिप राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको नेतृत्वमा फिलिपिन्सले विवादित दक्षिण चीन सागरमा आफ्नो सामुद्रिक प्रतिरक्षालाई बलियो बनाउने लक्ष्य राख्दै पहिलो पनडुब्बी सहितको ठूलो सैन्य स्तरवृद्धिलाई अनुमोदन गरेको छ, फेब्रुअरी ०१ मा साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित रिपोर्ट अनुसार।

थारूवान

टेक्सास थारु समाजले थप दुई उपाध्यक्षसहित कार्यकारिणी सदस्य बिस्तार गरेको छ। ह्यास्टेलमा भएको एक भेलाले उपाध्यक्षद्व्य गोपि महतो, योग चौधरी, सचीवमा दीपक दिप चौधरी त्यसैगरी कार्यकारिणी सदस्यमा शान्ती चौधरी, इन्द्रेणी चौधरी, बिक्रम चौधरी, सन्दीप चौधरी, जीवन चौधरी र सबिन चौधरी मनोनीत गरेको हो।

थारूवान

पश्चिम नवलपरासीमा सरावल गाउँपालिकाले थारु र मधेस सांस्कृतिक पार्क बनाउने भएको छ। सरावलमा पालिकामा थारु र मधेसी सामुदायको बाहुल्यता छ। उनीहरु सांस्कृतिक र पहिचानलाई जगेर्ना हुने गरी पार्क निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरीले बताए।

थारूवान

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र ग्यासको मूल्य वृद्धि गरेको हो। भारतबाट वृद्धि भएर मूल्यसूची आएपछि निगमले पेट्रोलमा ४, डिजेल र मट्टितेलमा २ र ग्यासमा १५ रुपैयाँ मूल्य वृद्धि गरेको हो।

थारूवान

डा. महिप चीनको महत्वाकांक्षी पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) मार्फत विकासोन्मुख देशहरूमा १.३ ट्रिलियन डलर पम्प गरेपछि, पुल र सडक निर्माणबाट यो ठूलो ऋणको बोझ व्यवस्थापनमा ध्यान केन्द्रित भएको छ।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल थारू संघमा ९८ जना केन्द्रीय सदस्य मनोनीत गरेका छन्। थारू संघको केन्द्रीय तदर्थ समितिमा सभापति देउवाले आइतबार ९८ जनालाई मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

थारूवान

रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो।

थारूवान

नेपालस्थित भारतीय राजदूतावासले भारतको ७५औं गणतन्त्र दिवस मनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे।

थारूवान