समाचार

रेशम चौधरी भोलि रिहाइ हुँदै

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको सजाय माफी दिन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज बिहान बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफीको लागि सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्

थारुवान संबाददाता

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको केही दिन अगाडि नेपाली सेनाले चीनको नर्थ इन्डस्ट्रिज ग्रुप कर्पोरेशन लिमिटेड (नोरिन्को) बाट रु ६ अर्ब रुपैयाँको २६ वटा बख्तरबंद वाहक (एपीसी) खरिद गर्ने योजना बनाएको रिपोर्ट आएको छ । एपीसीहरू विभिन्न शान्ति मिसनहरूमा तैनाथ नेपाली शान्ति सैनिकहरूले प्रयोग गर्ने छन्। कथित रूपमा, सम्झौतामा...

थारुवान संबाददाता

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सार्वजनिक रुपमा झुट बोलेका छन् । सेनापति शर्माले चीनबाट हतियार ल्याउने समाचार गलत भएको भन्दै झुट बोलेका हुन् ।

थारुवान संबाददाता

सरकारलाई पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने वा नदिने भन्ने निर्णय गर्न बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद चौधरीको सजाय माफी निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै अब सरकारलाई त्यसबारे निर्णय गर्न बाटो खुलेको हो ।

थारुवान संबाददाता

जीतपुरसिमरा उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्य रामपति देवी थरुनीको शुक्रबार निधन भएको छ। पेटमा अचानक समस्या भएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा करिब ५५ वर्षीया चौधरीको निधन भएको हो।

थारुवान संबाददाता

सरकारले रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्नेे तयारी थालेको छ। २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो।

थारुवान संबाददाता

नेकपा एमालेका प्रदेश सांसद राजकुमार लेखीले मधेस प्रदेश सरकारले संघीयता विपरीत गतिविधि गरिरहेको आरोप लगाएका छन्। प्रदेश संसदको बुधबारको बैठकमा उनले जनताको प्रतिनिधिमूलक संस्था संसदमा सरकारको उपस्थित नदेखिनु संघीयताको भावाना र मर्म विपरीत हुने बताए।

थारुवान संबाददाता

मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पूजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरीले उत्पादनमुखी खेतीका लागि ५० प्रतिशतसम्म अनुदान दिनुपर्ने माग गरेका छन्। उनले आगामी बजेटमा किसानका लागि उत्पादनमुखी कामका लागि अनुदान दिनुपर्ने बताए।

थारुवान संबाददाता

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन्। नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए।

थारुवान संबाददाता