समाचार

नागरिक उन्मुक्तिले माग्यो उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय

आठ दलीय गठबन्धनसँग नागरिक उन्मुक्ति पार्टीले उपप्रधानमन्त्रीसहित एक राज्यमन्त्री माग गरेको छ। राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले पत्नी रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्।

थारुवान संबाददाता

युद्धहरू रोक्न “वैश्विक शासन असफल भएको”मा जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार जी-२० देशका विदेश मन्त्रीहरूलाई उनीहरू “गहिरो विश्वव्यापी विभाजन” र छलफलहरू “अहिलेको भूराजनीतिक तनावबाट प्रभावित” भइरहेका बेला बैठक भइरहेको बताए।

शुभजीत रोय/इन्डियन एक्सप्रेसबाट

बिहीबार जी-२० विदेश मन्त्रीको बैठकको अन्त्यमा जारी गरिने संयुक्तरूपमा अनुमोदित कागजातमा गतिरोध तोड्न छलफल गर्न जी-२० वार्ताकारहरूले बुधबार अबेर राति दोस्रो बैठक गरे।

थारुवान संबाददाता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूराजनीतिक तनाव अन्त्यका लागि जी ट्वेन्टी सदस्य राष्ट्र एकताबद्ध हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री मोदीले बिहीबार दिल्लीमा आयोजित जी ट्वेन्टी सदस्य राष्ट्रका विदेश मन्त्रीहरूको बैठकमा विद्यमान भूराजनीतिक तनाव समाधान गर्न सदस्य मुलुकहरूलाई एकताबद्ध हुन अपिल गरेका हुन्।

थारुवान संबाददाता

चिनियाँ विदेशमन्त्री छिन काङले रुससँगको समन्वय कायम राख्ने बताएका छन्। नयाँ दिल्लीमा भएको जी-२० राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा उनले चीनले रुससँग सबै तहमा सञ्चार र समन्वय कायम राख्ने बताएका हुन्।

थारुवान संबाददाता

दुईजना नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। चिनको फुजियन जियामेन घर भई ललितपुर महानगरपालिका-२२ सोह्रखुट्टे बस्ने वर्ष ४९ का याङ लिमिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर लतिलपुरले जनाएको छ।

थारुवान संबाददाता

विश्वको सबैभन्दा लामो नदी क्रूज एमभी गंगा भिलासले ५० दिनको यात्रा टुंग्याएको छ। फेब्रुअरी २८ मा उक्त क्रूज असमको डिब्रुगढमा यात्रा टुंग्याएको हो। भारतमा बनेको उक्त क्रूज जहाजलाई प्रधानमन्त्री नरेन्द्र मोदीले गत १३ जनवरीमा झण्डा देखाएर वाराणसीबाट प्रस्थान गराएका थिए।

थारुवान संबाददाता

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि दुई जनाको उम्मेदवारी परेको छ। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आठ दलको नेतृत्व गर्दै उम्मेदवारी दिए। उनका प्रतिद्वन्द्वीमा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति पदमा उम्मेदवारी दिएका छन्।

थारुवान संबाददाता

संसद्मा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा विजयी गराउने निर्णय गरेका छन्। बालुवाटारमा शुक्रबार साँझ बसेको बैठकले नेपाली कांग्रेसले छान्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने सहमति भएको हो।

थारुवान संबाददाता

राष्ट्रपति निर्वाचनका लागि प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको छ। मतदाता नामावलीमा नाम समावेश गर्न र विवरण सच्याउनका लागि परेको निवेदनका आधारमा चौधरीको नाम मतदाता नामावलीमा समावेश गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थारुवान संबाददाता