समाचार
संसदमा रेशम चौधरीका बुबाले भने- टिकापुर घटना अगाडि मलाई मार्ने योजना रहेछ
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीका बुबा एवं नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले कैलाली घटना अगाडि आफूलाई मार्ने योजना बनाएको तर आफूले भाग्यले बाँचेको बताए ।
थारुवान संबाददातावन्यजन्तु चितुवाको आक्रमणमा परी उद्धारकर्मीसहित ३ जना घाइते भएका छन्। बर्दियाको मधुवन नगरपालिका वडा नम्वर २ स्थित बंगालीपुरमा बाख्रा चराउन गएका ७० वर्षीय फूलराम थारुलाई चितुवाले एक्कासी झम्टेपछि उद्धार गर्न पुगेका डिभिजनल वन कार्यालय बर्दियाका कर्मचारी ४० वर्षीय धर्मराज चौधरी समेत घाइते भएका छन्।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले लालआयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेको छ । ‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक-पटक भनिरहेका छौं । पटक-पटक प्रधानमन्त्रीबाट यो धारणा व्यक्त भएको छैन्,’ बुधबार प्रतिनिधिसभामा विशेष मिय लिएर नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम थारूले भने ।
थारुवान संबाददाताराष्ट्रपतिबाट आममाफी पाएपछि कैलाली-२ मा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । सभामुख देवराज घिमिरेले बुधबारको प्रतिनिधि सभा बैठकमा राष्ट्रपतिबाट सजाय माफी भएको र त्यसम्बन्धी पत्र गृहमन्त्रालयबाट प्राप्त भएको जानकारी गराएका छन् ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश