समाचार
सुदूरपश्चिममा एमाले सरकार ढलेपछि रञ्जिताले भनिन्- टीकापुर घटनामा सरकार अझै अनुदार भएन
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले राज्य अझै टीकापुर घटनाप्रति अनुदार भएको बताएकी छन्। सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि उनले सरकारमाथि यस्तो आरोप लगाएकी हुन्। उनले आफूहरू विचारमा कटिबद्ध रहेको र सबैले प्रयोग गर्ने साधन नबन्ने स्पष्ट पारेकी छन्।
थारुवान संबाददातासर्वोच्च अदालतले थारू आरक्षणको मागसम्बन्धी मुद्दामा ९ महिनाभित्र संघीय निजामति सेवा ऐन तथा अन्य ऐन, नियम, विनियमसमेतका कानुनी व्यवस्था गर्न परमादेश जारी गरेको छ। थारू कल्याणकारिणी सभाका तर्फबाट महामन्त्री प्रेमीलाल चौधरीले दायर गरेका ४० बढी मुद्दाको संयुक्त सुनुवाई गर्दै सरकारका नाममा परमादेश जारी गरेको हो।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाका राजबन्दीहरूको रिहाइ नभएसम्म सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन नसक्ने बताएको छ। मुख्यमन्त्री राजेन्द्र सिंह रावलले माघ २५ गते विश्वासको मत लिने तयारी गरेको र नागरिक उन्मुक्तिको पनि सहमति रहेको भन्ने तथ्य झुठो रहेको पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले बताइन्।
थारुवान संबाददातासर्वोच्च अदालतले टीकापुर घटनासम्बन्धी मुद्दामा प्रत्यर्थी झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार प्रत्यर्थी झिकाउन आदेश दिएको हो। यससँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत रहेका रेशम चौधरीसहितले विपक्षी बनाएकाहरू सर्वोच्च अदालतमा उपस्थित हुनुपर्ने भएको छ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश