समाचार

खिचरा महोत्सवमा शिव र अन्नुले झुमाए दर्शक

दीपेश चौधरी थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले आयोजना गरेको आठौँ खिचरा महोत्सव चर्चित गायक शिव परियार, महेश काफ्ले र अन्नु चौधरीलगायतले सांगितिक प्रस्तुति दिए। सांस्कृतिक कार्यक्रमको अन्त्यतिर मञ्चमा उक्लिएका गायक शिव परियारले अबेरसम्म प्रस्तुति दिए। सूर्य ढल्किनै लाग्दा मञ्च उक्लिएका गायक परियारले करिब डेढ घण्टासम्म दर्शक झुमाए।

दीपेश चौधरी

अष्ट्रेलियामा बसोबास गर्ने थारूहरूले माघी महोत्सव मनाएका छन्। थारू समाज सिड्नी अष्ट्रेलियाले आइतबार विटलाम पार्कमा माघी महोत्सव आययोजना गरेको हो। प्रवासमा थारू पहिचान र सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पब्लिक अफिसर अरुण आर्यन चौधरीको भनाइ छ।

थारुवान संबाददाता

पर्साको बीरगञ्जमा माघी महोत्सव मनाइएको छ। माघी कार्यक्रममा अभिनेता वीर चौधरी र समु चौधरीको बेजोड प्रस्तुति दिएका छन्। गणेश चौधरीको लाइभ प्रस्तुतिमा उनीहरूले नृत्य गरेका हुन्। हेर्नुस् केही तस्बिरहरू।

थारुवान संबाददाता

आठौँ खिचरा महोत्सवको सांस्कृतिक कार्यक्रमअन्तर्गत आज चर्चित गायक शिव परियार र गायिका अनु चौधरीसँगै विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरू सांगितक प्रस्तुति दिनेछन्। पुस २८ देखि सुरू भएको महोत्सवमा हरेक दिन विविध सांस्कृतिक कार्यक्रम आयोजना हुँदै आएको छ।

थारुवान संबाददाता

तीन वर्षअघि थारू नयाँ वर्ष माघीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारूहरूसँग वाचा गरे- टीकापुर घटनामा केही साथीहरू छुटेका छन्। रेशम चौधरीलगायत छुट्न बाँकी छ, हेर्नुहोला केही समयभित्र छुटाइन्छ।

मदन चौधरी

मदन चौधरी नेपालमा थारूहरूको बसोबास पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म छ। देशकै चौथो ठूलो जनसंख्या भएको थारू समुदायमा भाषा, संस्कृति र चाडपर्वमा ठूलो विविधता छ। झापामा बोलिने भाषा सुनसरी आइपुग्दा फरक हुन्छ। प्रत्येक तीन जिल्लाको फरकमा थारू भाषामा विविधता पाइन्छ।

मदन चौधरी

माघी पर्वको महान अवसरमा वीरेन्द्रनगर ९ तिलपुरमा लखागिन थारु उत्थान मञ्च, सुर्खेतको मूल आयोजना र राष्ट्रिय थारु कलाकार मञ्च, अर्गानिक सामुदायिक होमस्टे तिलपुरको सहआयोजनामा पौष र ३० गते दुई दिनसम्म माघीको महत्वबारे प्रशिक्षण, मघौटा नाच प्रतियोगिता एवम् ढुमरु गीतको सांगितिक रात्री सांस्कृृतिक नाचगान गरी माघ महोत्व कार्यक्रम सम्पन्न गरेको...

थारुवान संबाददाता

अष्ट्रेलियामा खिचिएको मन माघी गीत सार्वजनिक भएको छ। अरुण आर्यन चौधरीको निर्देशनमा बनेको भिडियोलाई सिड्नीको ओपेरा हाउस आसपास खिचिएको छ। अष्ट्रेलियामा आज हुन गइरहेको माघी कार्यक्रमको प्रचारप्रसारका लागि यो गीत तयार पारिएको निर्देशक चौधरीले बताए।

थारुवान संबाददाता

आठौं संस्करणको खिचरा महोत्सवको समुदघाटन समारोहमा थारु कल्याणकारिणी सभा चितवनका सभापति ललितकुमार चौधरीले थारु समुदायका तर्फबाट उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेमार्फत् प्रधानमन्त्रीलाई ७ बुँदे स्मरण पत्र बुझाएका छन्।

थारुवान संबाददाता

सभामुख चयनका लागि बिहीबार भएको मतदानमा बहुमत जुटाउन नसकेको सुदूरपश्चिमको सत्ता गठबन्धन शनिबार राति भएको पुनः मतदानमा पनि बहुमत जुटाउन असफल भएर सभामुख चयन गर्न असफल भएको छ ।

अर्जुन शाह/इकान्तिपुरबाट