समाचार

बारामा खानेपानी मन्त्री पछि पर्दा एमालेका तीन थारू नेताहरूले अग्रता बढाउँदै

बारामा प्रतिनिधिसभातर्फका थारु उम्मेदवार उमाकान्त चौधरी करिब ४ हजार मतले पछि परेका छन्। खानेपानी मन्त्रीसमेत रहेका उनी एमालेका अच्युतप्रसाद मैनालीसँग पछि परेका हुन्। मैनालीले १८ हजार ४ सय मत ल्याउँदा चौधरीले १४ हजार ८३० मत ल्याएका छन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले मतान्तर बढाउँदै लगेकी छन्। कैलाली क्षेत्र नं १ मा उनले पछिल्लो मतपरिणामअनुसार १४ हजार ९१४ मत पाएकी छन्। कांग्रेसका रामजनम चौधरी ८ हजार ८५२ मतसहित दोस्रो स्थानमा छन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले ३६०९ मतसहित अग्रता लिएका छन्। दोस्रोमा माओवादीका भगत बडुवालले २३४६ मत पाएका छन् भने तेस्रोमा झपटबहादुर रावलले २०६९ मत पाएका छन्।

थारुवान संबाददाता

सुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ। क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन्। चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन्। कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन्। उनले १०३२ मत ल्याएका छन्।

थारुवान संबाददाता

पर्सामा नेपाली कांग्रेसले लगातार दोस्रो जित हात पारेको छ। पर्सा क्षेत्र नम्बर ४ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार शंकर चौधरी निर्वाचित भएका हुन्। मगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जय प्रकाश थारुलाई

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन्। बाम लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार गौतमलाई ७ सय ६१ मतले पछि पार्दै थारु अग्रस्थानमा छन्।

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवार लालविर चौधरी अग्रस्थानमा छन्। चौधरीले २१ हजार ५६४ मतसहित अग्रता लिएका छन्। माओवादीका सुरेश पन्थले १५ हजार ३०३ मत प्राप्त गरेका छन्। बर्दिया प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गणना गरिएको ५६ हजार ७८७ मत गणना भइसकेको छ।

थारुवान संबाददाता

नवलपरासी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभा र प्रदेशसभातर्फको समानुपातिकमा राप्रपाले अग्रता लिएको छ । दुवै क्षेत्रमा दोस्रोमा नागरिक उन्मुक्ति पार्टी छ । तेस्रोमा नेपाली कांग्रेस रहेको छ । प्रदेशसभातर्फ राप्रपाको ३ हजार ७१२ मत छ ।

थारुवान संबाददाता

कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।

थारुवान संबाददाता

प्रमुख राजनीतिक दलका थारू नेताहरू प्रतिनिधिसभातर्फको मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका थारू नेताहरू मतगणनामा पछि परेका हुन्। कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३, पदमनारायण चौधरी सिरहा १, उमाकान्त चौधरी बारा १, सुरेन्द्र चौधरी पर्सा ३ र रामजनम चौधरी कैलाली १ मा पछि परेका छन्।

थारुवान संबाददाता