समाचार

समर्थन गरेर पनि सरकारमा किन गएन नागरिक उन्मुक्ति?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सोमबार ८ सदस्सीय मन्त्रिपरिषद् विस्तार भयो। सत्तारुढ दलबाट एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमतका मन्त्रीहरूले शपथ लिए। तर सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ती पार्टीले भने मन्त्रालय पाए पनि मन्त्री पठाएन।

थारुवान संबाददाता

प्रदेश नं १ का प्रदेशसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका सभाध्यक्ष एवं ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले ९२ जना सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए। प्रदेशसभामा निर्मल लिम्बु, खगेनसिं हाङ्गाम, इन्द्रबहादुर आङ्बो, खिनु लङ्वा लिम्बु र कमलप्रसाद जवेगुले लिम्बु भाषामा र सुनिता गच्छदारले थारू भाषामा...

थारुवान संबाददाता

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नवगठित मन्त्रिपरिषद् पहिलो चरणमा आठ सदस्यीय बनेको छ। प्रधानमन्त्री दाहालले हाल १८ मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका हुन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ७६ को उपधारा ९ बमोजिम

थारुवान संबाददाता

रेशम चौधरीको रिहाइ शर्त राखेको नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ। नेकपा माओ‌वादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गरेको छ। शुक्रबार र शनिबार चलेको केन्द्रीय कमिटी बैठकले पनि रेशम चौधरीको रिहाइ गर्ने गठबन्धनमा आबद्ध हुने निर्णय गरेको थियो।

थारुवान संबाददाता

थारु कल्याणकारिणी सभा (थाकस) चितवन जिल्ला कार्यसमितिको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र थारुहरुको सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट पहिचान, पहँुच र प्रतिनिधित्वको लागि थाकस चितवनका थारु समुदायले निरन्तर संघर्ष गरिरहने निचोड निकालिएको छ ।

कारी महतो

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेतामा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी चयन भएकी छन्। उक्त दलको काठमाडौंमा पुस ८ र ९ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष श्रेष्ठलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

थारुवान संबाददाता

सहरी विकास मन्त्री मेटमणि चौधरीले थारु समुदायलाई सिमान्तकृत हौं भनेर दंग नपर्न सुझाएका छन्। पुल्चोक क्याम्पसमा शनिबार आयोजित थारु विद्यार्थी सभाको वार्षिक सभामा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले यस्तो धारणा राखेका हुन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण मतहले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) परियोजनाबारे चिनियाँ पक्षसँग सघन छलफल हुनुपर्ने बताएका छन्। नेपालले महँगो ऋणमा अनुदान लिन नसक्ने भन्दै बीआरआई सम्झौतामा थप छलफल हुनुपर्ने उनको भनाइ छ।

थारुवान संबाददाता

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिकरूपमै पार्टी प्रवेश गरेका हुन्।

थारुवान संबाददाता

स्वतन्त्र सांसद किरणकुमार साहले संस्कृत भाषामा शपथ लिएका छन्। साहको शपथपछि आयोजित चियापानमा एमालेका सांसद रघुजी पन्तले भारतीय लोकसभामा सुषमा स्वराजले संस्कृत भाषामा शपथ लिएको उदाहरण सुनाउँदै थिए।

थारुवान संबाददाता