समाचार

गगन थापा र विश्वप्रकाश शर्माविरुद्ध उभिए कांग्रेसकै थारू नेताहरू, आन्दोलनको घोषणा

सरकारले ल्याएको अध्यादेशलाई लिएर सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन्। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्।

थारुवान संबाददाता

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले टीकापुर घटनाको एकोहरो योजनाकार रेशम चौधरी हुन् भन्ने भाष्य निर्माण गरिएको आरोप लगाएकी छन्। घटनाको दिन चौधरी टीकापुरमा नरहेको बताउँदै सो घटना राज्यसत्तामा भएकाहरूको चकालीपूर्ण रूपमा घटाइएको दाबी समेत गरेकी छन्। लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई...

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीले प्रदेश समानुपातिक सांसदको सूची सच्याएर निर्वाचन आयोगमा पेस गरेको छ। नागरिक उन्मुक्तिले मधेस प्रदेशमा रामचन्द्र चौधरीको नाम हटाएर उर्मिलादेवी सिंहको नाम पठाएको छ भने लुम्बिनीमा नोरी कुमारी चौधरीको ठाउँमा नरमाया ढकालको नाम पठाएको छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलगायत टीकापुर राजबन्दीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेशलाई लिएर कांग्रेसका महामन्त्रीद्वयले आपत्ति जनाएका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत् आपत्ति जनाएका हुन्।

थारुवान संबाददाता

सरकारले अध्यादेश ल्याएसँगै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीका समर्थकहरू डिल्ली बजारस्थित कारागार पुगेका छन्। उनी छुट्ने आशासहित उनका सयौं समर्थकहरू डिल्लीबजार कारागार पुगेका छन्।

थारुवान संबाददाता

टीकापुर घटनाका राजबन्दीहरूको रिहाइका लागि सरकारले अध्यादेश ल्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याएको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए। मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ११६ मा उपदफा ९ थप्दै विद्रोहीहरूलाई आममाफी दिने प्रावधान राख्न लागिएको बताइएको छ।

थारुवान संबाददाता

प्रतिनिधिसभाको समानुपातिकतर्फ थारू समुदायबाट ६ जनाको नाम सिफारिस भएको छ। शनिबार नेकपा एमाले, कांग्रेस, माओवादी र रास्वपाबाट थारू नेता समानुपातिक सांसदमा सिफारिस भएका हुन्।

थारुवान संबाददाता

नेकपा एमालेले समानुपातिक सांसदको टुंगो लगाएको छ। जसअनुसार प्रतिनिधिसभातर्फ थारू कोटामा दुई जना र प्रदेशसभामा चार जना परेका छन्। बैठकले प्रतिनिधिसभातर्फ दाङकी आश्मा कुमारी चौधरी र शान्ति चौधरी रहेकी छन्।

थारुवान संबाददाता

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ १४ सांसद सिफारिस गरेको छ। माओवादीले विभिन्न क्लस्टरबाट १४ जनाको नाम शनिबार निर्वाचन आयोगमा पेस गरेको हो। जसअनुसार खसआर्य पुरुषमा हितराज पाण्डे, महिलातर्फ विमला सुवेदी, ज्ञानु बस्नेत सुवेदी र नारायणी शर्मा सिफारिस भएका छन्।

थारुवान संबाददाता

नेपाली कांग्रेसले ३२ जना समानुपातिक सांसदको नाम टुंगो लगाएको छ। जसमा थारू कोटाबाट कल्पना चौधरी र बिनाकुमारी थनेत परेका छन्। दाङका योगेन्द्र चौधरी भने सूचीमा अटाएनन्। कल्पना गच्छदारको बुहारीसमेत हुन्।

थारुवान संबाददाता