समाचार

शैक्षिक क्षेत्र उकास्ने अभियानमा लागे राजकुमार लेखी

नेकपा एमालेका नेता राजकुमार लेखीले मधेस प्रदेशको साक्षरता न्युन भएकोप्रति चिन्ता व्यक्त गरेका छन्। सप्तरी क्षेत्र नं १(१)बाट विजयी भएका उनले आफ्नै क्षेत्रबाट शैक्षिक क्षेत्र उकास्ने अभियानमा लगेका छन्। शनिबार उनले सरोकारवालाहरूसँग अन्तर्क्रियासमेत गरे।

थारुवान संबाददाता

नेकपा एमालेले यसपटक मधेस प्रदेशमा राम्रो कम्ब्याक गरेको छ। मधेसमा १५ सिट जितेको एमाले समानुपातिक मतमा भने दोस्रो स्थानमा छ। समानुपातिक मत जोडेर पनि यो पार्टी मधेसमा पहिलो बन्ने देखिएको छ।

थारुवान संबाददाता

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ यसपटक थारू समुदायबाट ९ जना विजयी भएका छन् भने प्रदेशसभातर्फ १६ जना थारूहरू विजयी भएका छन्। अघिल्लो निर्वाचनमा प्रतिनिधिसभामा १० जना र प्रदेशसभामा १७ जना थारू नेताहरू विजयी भएका थिए।

थारुवान संबाददाता

सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ। मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो।

थारुवान संबाददाता

थारू समुदायलाई कोटा नछुट्याई खुलाएको विज्ञापनअनुसार पदपूर्ति प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई बाटो खुलेको छ। त्यसलाई यथास्थितिमा राख्न कात्तिक २० गते जारी अन्तरिम आदेश सर्वोच्च अदालतले रद्द गरिदिएको छ।

मदन चौधरी

सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छन्। उनले ४० हजार ७८८ मत पाइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए। यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन्।

थारुवान संबाददाता

निर्वाचनको मतपरिणामअनुसार लुम्बिनी प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ। उसले १८ सिट जित्दा नेपाली कांग्रेस १७ सिटसहित दोस्रो स्थानमा छ। माओवादी केन्द्र ५ सिट जितेर तेस्रो स्थानमा आउँदा बाँकी जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी

थारुवान संबाददाता

सर्वोच्च अदालतले थारु समुदायका व्यक्तिहरूका लागि निजामती तथा सरकारी सेवाका प्रत्येक विज्ञापनमा ६.६ प्रतिशत आरक्षण छुट्याउन यसअघि दिएको अन्तरिम आदेश रद्द गरेको छ। यसअघि सर्वोच्च अदालतले सरकारी सेवामा पदपूर्ति गर्दा ६.६ प्रतिशत सिट थारु समुदायका व्यक्तिहरूका लागि छुट्याएर राख्न भन्दै अन्तरिम आदेश जारी गरेको थियो।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशमा चौथो ठूलो पार्टी बनेको छ। रेशम चौधरी संरक्षक रहेको यो पार्टीले कैलालीमा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ५ सदस्य जितेको छ। समानुपातिक मतअनुसार उसले प्रदेशमा थप कम्तिमा दुई सिट प्राप्त गर्नेछ।

थारुवान संबाददाता

थारू कल्याणकारिणी सभा युएईले आयोजना गर्ने माघी महोत्सवमा थारू कल्याणकारिणी सभाका महामन्त्री प्रेमीलाल चौधरी दुबई जाने भएका छन्। संस्थाको वार्षिक साधारणसभासमेत रहेकाले थाकस युएईले माउसंस्थाबाट महामन्त्री चौधरीलाई अतिथिको रुपमा निमन्त्रणा गरेको कार्यक्रम संयोजक लालबहादुर चौधरीले जानकारी दिए।

थारुवान संबाददाता