समाचार

बारा १ मा खानेपानी मन्त्री उमाकान्त चौधरी भारी मतान्तरले पराजित

बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट शेरबहादुर देउवा नेतृत्वको सरकारका खानेपानीमन्त्री उमाकान्त चौधरी पराजित भएका छन्। एमालेका अच्युतप्रसाद मैनालीले बहालवाला मन्त्रीलाई पराजित गरेका हुन्।

नागेन्द्र चौधरी

सहरी विकास मन्त्री मेटमणि चौधरी विजयी भएका छन्। दाङ क्षेत्र नं १ मा उनले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार मेटमणिले २६ हजार ५६३ मत ल्याएका छन् भने शान्ताले २१ हजार ४७९ मत ल्याएकी छन्। मेटमणिले ५ हजार ८४ मतान्तरले पराजित गरेका हुन्।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं २ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीका उम्मेदवार अरुण चौधरीले १४३५ मतान्तरसहित अग्रता लिएका हुन्। ३५ हजार मत गन्दा चौधरीले ११ हजार १४२ मत ल्याएका छन् भने एमाले उम्मेदवार झपटबहादुर रावल ९ हजार ७०७ मतसहित दोस्रो स्थानमा छन्।

थारुवान संबाददाता

दाङ क्षेत्र नम्बर १ क बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजीत थारु निर्वाचित भएका छन्। सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका थारुले नेकपा एमालेका उम्मेदवार गंगाराम भट्टराईलाई पराजित गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टीकापुरबासीको आवाज बन्ने बताएकी छन्। कैलाली क्षेत्र नं १ बाट भारी मतान्तरले विजयी भएकी उनले आफ्नो जितलाई पति रेशम चौधरी र टीकापुर राजबन्दीहरुप्रति समर्पण गरिन्।

थारुवान संबाददाता

प्रदेशसभा सदस्य बर्दिया क्षेत्र नम्बर २ (२) मा नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का मानबहादुर थारुलाई ९ हजार १४३ मतान्तरले हराउँदै चौधरी विजयी भएका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। कैलाली क्षेत्र नं १ मा कांग्रेसका पूर्वमन्त्री रामजनम चौधरीलाई भारी मतान्तरले पराजित गर्दै रञ्जिताले रेशम चौधरीको विरासत जोगाएकी छन्। रञ्जिताले १२ हजार बढी मतान्तरले रामजनमलाई पराजित गरेकी हुन्।

थारुवान संबाददाता

नेकपा एमालेका नेता राजकुमार लेखी विजयी भएका छन्। सप्तरी क्षेत्र नं १(१)बाट उनी विजयी भएका हुन्। उनले १४ हजार २९१ मत ल्याएर विजयी भएका हुन्। २०७४ को निर्वाचनमा उनी सोही क्षेत्रबाट पराजित भएका थिए।

थारुवान संबाददाता

सर्लाही क्षेत्र नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रामप्रकाश चौधरी विजयी भएका छन्। उनले स्वतन्त्र उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरेका हुन्। चौधरीले २४ हजार ८३८ मत ल्याउँदा खड्काले १८ हजार ४०४ मत ल्याए।

थारुवान संबाददाता

कैलाली क्षेत्र नं १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको जित सुनिश्चित भएको छ। पछिल्लो मत परिणामअनुसार रञ्जिताले २६ हजार १५५ मत पाएका छन्। दोस्रोमा कांग्रेसका पूर्वमन्त्रीसमेत रहेका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएर तेस्रो स्थानमा छन्।

थारुवान संबाददाता