समाचार
दाङ ३(२) मा डिल्ली चौधरी निर्वाचित
दाङ निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (२) बाट कांग्रेस डिल्लीबहादुर चौधरी निर्वाचित भएका छन्। गठबन्धनबाट उम्मेदवार रहेको चौधरी १९ हजार ८५० मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार घनश्याम पाण्डेयले १४ हजार ४ सय ५० मत पाएका छन्।
थारुवान संबाददातानेपाली कांग्रेसका नेता सुरेन्द्र चौधरी यसपटक पनि पराजित भएका छन्। पर्सा क्षेत्र नं ३ मा उनी एमालेका राजकुमार गुप्तासँग १५१ मतको झिनो अन्तरले पराजित भएका हुन्। बुधबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार गुप्ताले २४ हजार २६० मत ल्याएका छन् भने चौधरीले २४ हजार १०१ मत पाएका छन् ।
थारुवान संबाददाताबारा क्षेत्र नं. ४(१) को प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार देवनारायण चौधरी निर्वाचित भएका छन्। चौधरी तीन हजार ६२० मतको मतान्तरले निर्वाचित भएका हुन्। चौधरीले १३ हजार ६०९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका क्षेत्रबहादुर श्रेष्ठले नौ हजार ९८९ मत पाएका छन्।
नागेन्द्र चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश