समाचार
रञ्जिता र लालवीरको अग्रता कायमै, झिनो मतले पछि परे ठाकुर र अरुण
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले मतान्तर बढाउँदै लगेकी छन्। कैलाली क्षेत्र नं १ मा उनले पछिल्लो मतपरिणामअनुसार १४ हजार ९१४ मत पाएकी छन्। कांग्रेसका रामजनम चौधरी ८ हजार ८५२ मतसहित दोस्रो स्थानमा छन्।
थारुवान संबाददातासुनसरी क्षेत्र नम्बर ३ मा एमालेले अग्रता लिएको छ। क्षेत्र ३ मा नेकपा एमालेकी भगवती चौधरीले रास्वपाका कमलबाबु मैनालीलाई पछि पारेकी छन्। चौधरीले १६४६ मत ल्याउँदा मैनालीले १२६६ मत ल्याएका छन्। कांग्रेसका विजयकुमार गच्छदार रास्वपाका मैनालीभन्दा पछाडि परेका छन्। उनले १०३२ मत ल्याएका छन्।
थारुवान संबाददाताकैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा सदस्यमा खाता खोलेको छ। उक्त क्षेत्रबाट उक्त पार्टीका गंगाराम चौधरी २३ हजार १२० मतसहित विजयी भएका हुन्। नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी १७ हजार ७४९ मतसहित निकटतम् प्रतिद्वन्द्वीमा सीमित भएका छन्। उनी सत्ता गठबन्धनका उम्मेदवार हुन्।
थारुवान संबाददाताप्रमुख राजनीतिक दलका थारू नेताहरू प्रतिनिधिसभातर्फको मतगणनामा पछि परेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेका थारू नेताहरू मतगणनामा पछि परेका हुन्। कांग्रेसका विजय कुमार गच्छदार सुनसरी ३, पदमनारायण चौधरी सिरहा १, उमाकान्त चौधरी बारा १, सुरेन्द्र चौधरी पर्सा ३ र रामजनम चौधरी कैलाली १ मा पछि परेका छन्।
थारुवान संबाददातानागरिक उन्मुक्ति पार्टीले कैलालीको ३ वटा र बर्दियाको दुई वटा क्षेत्रमा अग्रता लिएको छ। कैलाली क्षेत्र नं ३ मा नागरिक उन्मुक्तिका गंगाराम चौधरी विजय नजिक पुगेका छन्। उनी २० हजार २३४ मतहसति अग्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी माओवादीका कृष्णकुमार चौधरीले १४ हजार ९४६ मत पाउँदा एमालेका गौरीशंकर चौधरीले ८ हजार...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश