समाचार

देशभरि उत्साहपूर्ण मतदान हुँदै

मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ। बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो। मतदानका लागि मतदाताहरू बिहान सबेरैदेखि मतदान केन्द्रमा पुगेका छन्।

थारुवान संबाददाता

बिहीबार मध्यरातबाट स्थिर समय (मौन अवधि) सुरु भएको छ। मंसिर ४ को निर्वाचनका लागि त्यो समयमा चुनाव प्रचार-प्रसार गर्न र मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाईंदैन। निर्वाचन आचार संहिता–२०७९ अनुसार चुनाव हुनुभन्दा ४८ घण्टा अगाडिबाट स्थिर समय लागु हुन्छ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले ढकिया चुनाव चिन्हमा अत्यधिक भोट हाल्न आह्वान गरेका छन्। मौन अवधि सुरु हुनुअघि उनले डिल्लीबजार जेलबाट नागरिक उन्मुक्ति पार्टीलाई विजयी गराउन अपील गरेका हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार राधा चौधरीले प्रमुख राजनीतिक दलका उम्मेदवारलाई बारा क्षेत्र नं १ (१) मा चुनौती दिएका छन्। चार स्वतन्त्र उम्मेदवारसहित ११ जना उम्मेदवार रहेको उक्त क्षेत्रमा उनी एक्लै महिला उम्मेदवार छिन्।

थारुवान संबाददाता

काठमाडौंका थारूहरूमाझ लोकप्रिय नाम हो, गीता चौधरी। काठमाडौंमा हुने विभिन्न सामाजिक काममा अग्रनि भूमिका निर्वाह गर्दै आएकी गीता चौधरी पेसाले अधिवक्ता हुन्। विद्यार्थी जीवनमै राजनीतिमा सक्रिय भएकी उनी, एमाले सम्बद्ध विद्यार्थी संगठनमा आबद्ध थिए।

थारुवान संबाददाता

केही समयअघिसम्म पत्रकारिता क्षेत्रमा आबद्ध रहेका बर्दियाका ठाकुर सिंह थारु नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया १ मा प्रतिनिधिसभाका उम्मेदवार बनेका छन्। कान्तिपुर दैनिकको आकर्षक जागिर छाडेर उनी एकाएक चुनावमा किन होमिए? देशकै ठूलो पार्टी नेकपा एमालेको जिल्ला कमिटी सदस्य परित्याग गरेर उनी किन रेशम चौधरीको पार्टीबाट उम्मेदवार बने?

थारुवान संबाददाता

सप्तरी-४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले-जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले-जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ।

थारुवान संबाददाता

मंसिर ४ गते हुन लागेको निर्वाचनमा सुनसरी क्षेत्र नं.३ मा काँग्रेसका नेता बिजयकुमार गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा छन्। गच्छदारसँग चुनावी प्रतिस्पर्धामा सक्रिय रहँदा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तिखो कटाक्ष गर्दै बिजयलाई चुनाव जिताएर पठाएपनि कुनै अर्थ नहुने बताए।

थारुवान संबाददाता

सञ्चारकर्मी लक्ष्मी चौधरी यतिबेला सञ्चारकर्म छाडेर सुनसरीमा चुनाव प्रचारमा व्यस्त छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उनलाई प्रदेश १ को सुनसरी ३ को ख बाट समानुपातिक तर्फ उम्मेदबार बनाएपछि उनी आजभोलि सुनसरीका गाउँटोलमा हातमा पर्चा बाेकेर मतदातासँग मत मागिरहेकी अवस्थामा भेटिन्छन् ।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं कैलाली क्षेत्र नं १ की प्रतिनिधिसभा उम्मेदवार रञ्जित श्रेष्ठ चौधरीमाथि ढुंगामुढा भएको छ। आइतबार राति पार्टी टीकापुरस्थित पार्टी केन्द्रीय कार्यालयमा सुतिरहेको अवस्थामा अध्यक्ष चौधरीमाथि ढुंगामुढा भएको हो।

थारुवान संबाददाता