समाचार

थाकस युएईले माघी कार्यक्रम गर्दै, नेपालबाट थारू कलाकार बोलाउने

थारू कल्याणकारिणी सभा युएईले यस वर्ष माघी कार्यक्रम आयोजना गर्ने भएको छ। कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित रहेको माघी कार्यक्रम यस वर्ष आयोजना गर्ने भएको हो।

थारुवान संबाददाता

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ८ सय मिटर दौडमा महिलातर्फ एपीएफकी फुलमती रानाले स्वर्ण पदक जितेका छन्। यो उनको दोस्रो स्वर्ण पदक हो। फुलमतीले यसअघि १५०० मिटर लौडमा पनि स्वर्णपदक जितेकी थिइन्।

थारुवान संबाददाता

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ज्याभलिन थ्रोमा पुरुषतर्फ त्रिभुवन आर्मीका रोहित चौधरीले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार रोहितले ६४.२५ मिटर थ्रो गर्दै स्वर्ण पदक जितेका हुन्। ज्याभिलन थ्रोमा खुर्सिद अहमदको नाममा ७०.३९ मिटरको कीर्तिमान छ।

थारुवान संबाददाता

नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको ४ सय मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण पदक जितेका छन्। पोखरा रंगशालामा बुधबार राम प्रसादले निर्धारित दुरी ५३.५३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेका हुन्।

थारुवान संबाददाता

नवौं राष्ट्रिय खेलकुदमा आर्मीकी धाविका जयरानी थारुले चौथो स्वर्ण पदक जितेकी छन्। उनले बिहीबार एथलेटिक्सको ४ गुणा १०० मिटर रिलेमा स्वर्ण जितेकी हुन्। पोखरा रंगशालामा महिला रिलेमा जयरानीसहित रमिता थारू, सरस्वती चौधरी र निर्मला थापासम्मलित

थारुवान संबाददाता

बर्दिया निर्वाचन क्षेत्र न. १ को संघीय तथा प्रदेश सभा निर्वाचनको महोल तात्तिदै गएको छ। खासगरी नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरु गाउँगाउँमा राजनीतिक अभियान सुरु गरेपछि राजनीतिक महोल तात्तिएको हो।

थारुवान संबाददाता

नेपाल एपीएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन्।

थारुवान संबाददाता

त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छन्। पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन्।

थारुवान संबाददाता

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीले श्रेष्ठले केही मान्छेहरुकै कारण राजनीति गर्नुपरेको बताएकी छन्। रेशम चौधरीलाई पटक-पटक प्रहार गरेकै कारण राजनीति गर्न बाध्य पारिएको र नागरिक उन्मुक्ति पार्टीको जन्म भएको उनले उल्लेख गरेकी छन्।

थारुवान संबाददाता

दाङ क्षेत्र नं १ अर्थात् देउखुरी थारू बाहुल क्षेत्रको रुपमा चिनिन्छ। स्थानीय निर्वाचनकै तथ्यांक हेर्ने हो भने पनि यस क्षेत्रका जन प्रतिनिधिहरू अधिकांश थारू समुदायका छन्। आसन्न निर्वाचनको प्रतिनिधिसभातर्फ थारू समुदायबाटै नेताहरू एकअर्काका प्रतिस्पर्धी बनेका छन्।

थारुवान संबाददाता